Logo

मल्लकाल देखि बन्द चोकहरू; अब खुल्दै छन्




बसन्तपुर दरबार भित्रको नासल चोक । जहाँ पृथ्वीनारायण शाह पछिका दर्जनौ राजाहरुलाई गद्दिआरोहण गराइयो । अझ पुर्व राजा ज्ञानेन्द्रको गद्दिआरोहण दुई पटक भयो । उनीहरुको राज्याभिषेक त्यहीँ भयो । देशकै इतिहासमा सर्वाधिक महत्वपूर्ण घटनाहरुको एक्लो साक्षि हो नासल चोक ।
नजिकैको अर्को त्रिशुल चोक जुन मल्ल र शाह वंशीय शासकहरुको पूजा र उपासनाको थलो रह्यो । त्यस्तै ऐतिहासिक चोकहरु जुन नेपालको इतिहासका अध्ययताहरुलाई मात्र होइन, वर्तमानका नीति निर्माताहरुका लागि पनि राम्रो सन्दर्भ सामग्री हुनसक्छ ।

यस्ता चोकहरुको अवलोकन गर्ने अवसर अबको करिब एक वर्षपछि नेपाली र विदेशीले बसन्तपुर दरबार भित्रका आधादर्जन यस्ता चोकहरु देख्न पाउने छन्, जसले उनीहरुलाई नेपाली राजनीतिक इतिहासलाई अहिलेसम्म कै सर्वाधिक नजिकबाट बुझेने मौका दिने छ ।
मल्लकाल र शाहकालको पुर्वार्धभर मुलुककै शक्ति केन्द्रका रूपमा रहेको बसन्तपुरमा यस्ता चोकहरु पनि छन्, धार्मिक प्रावधानका कारण खुल्ने छैनन्। यसबाहेक मल्ल राजाहरुले स्नान गर्ने देखि अरु प्रयोजनका लागि निर्माण गरेका चोकहरु पनि रहेका छन् ।

२०७२ सालको भूकम्प पछि अहिले पुनर्निमाण भइरहेको बसन्तपुर दरबार क्षेत्रमा झण्डै २० रोपनी खण्ड यिनै चोकहरुको छ यि चोकहरु स्वदेशी र विदेशी पर्यटकलाई व्यस्त गराउने सामग्रीहरुले भरिपूर्ण हुने छन् । बसन्तपुर दरबार क्षेत्र संग्रहालयका प्रवक्ता जयराम कार्कीका अनुसार यसमाथि नजिकको नौतले तरबारको तल्लो तलाभरी राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रसँग सबन्धित वस्तुहरु र चित्र संकलन गरेर संग्रहालय बनाउने योजना रहेको छ ।

के छ बसन्तपुर दरबारमा त्यस्तो

हरेक बर्ष मनाईने नेपालकै इतिहासमा महत्वपूर्ण मानिने इन्द्र जात्रा पनि यसै बसन्तपुर दरबारमा मनाईने गरिन्छ । राजा प्रताप मल्लले सुरु गरेका इन्द्र जात्रा नेपालमा मात्र नभएर विदेशमा पनि उतिकै परिचित रहेकोले गर्दा नि पर्यटकहरु आउने गरेका छन । त्यति मात्र नभएर मल्लकालको शासनकालदेखी नै स्थापित रहदै आएको बसन्तपुर दरबारको संग्रालयले गर्दा नि पर्यटकहरू यस क्षेत्रले आफुहरुलाई आकर्षित गरेको बताउने गरेका छन । प्रताप मल्ल कालको शासन कालपछी शाह वंशिय राजाहरूले पनि यश दरबार अन्तर्गत नै रहि केही समय शासन गरेका थिए । ऐतिहासिक अभिलेकअनुसार १७२९ सालमा राजा प्रताप मल्लले हनुमानको मुर्ति स्थापना गरेपछि रहन गएको भनिएको हनुमानढोका दरवार क्षेत्रमा ऐतिहासिक भवन र मन्दिर, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिव–पार्वतीको मन्दिर, ठूला घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डपलगायत धार्मिक र ऐतिहासिक स्मारकहरु रहेका छन् । उक्त मन्दिर लगायतका धराहर रहेको कारणले गर्दा पनि यश ठाउँमा पर्यटकहरु घुम्न आउने गरेको बसन्तपुर सङग्राहलयका सुचना अधिकृत जयनारायण कार्किले जानकारी दिनुभयो ।

कस्तो अवस्थामा छ वसन्तपुर

सुन्दर र मनै आकर्षित पार्ने नेपालकै लोकप्रिय र पुरानो बसन्तपुर दरबार अहिले भुकम्पको असर भोगी आफ्नो रूप रेखामा आउने कार्य चलिरहेको छ । दरबारवरि परि काठका टेका लगाईएको र भित्र रहेको तलाउ पनि पानी नरहेको उजाड अवस्थामा देख्न सकिन्छ । संग्रालयको पनि भित्र भित्तामा कागज टासेर सजाईएको छ । संग्रालयमा रहेकोे सजावट पनि स्टोर गरि व्यवस्थापन गरिएको हुनाले पनि कहाँ के सजावट कसरी थियोे भन्ने थाहा पाउन कठिन हुन्छ ।

के भन्छन् त संग्रालयका कार्य समिति

संग्रालय हेर्न आउने पर्यटकको संङ्ख्या पनि पहिलाको तुलनामा दिनप्रतिदिन बढिरहेका छन । दरबार हेर्न ओहोरदोहोर गर्ने मानिसको संख्या घटेपनी पर्यटकको संख्या भनी घटेको छैन । संग्रालयका जे जति सामाग्री छन तिनिहरुको स्टोर गरि व्यवस्थित ढंगले व्यवस्थापन गरिएको छ ।
दरबारमा निर्माणपछि संग्रालयका सामग्री पहिलाको अवस्थामा राखिन्छ । दरबार भित्र संग्रालय अहिले र पहिलेकोमा भिन्नता पनि नरहने दाबी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्