१७ मंसिर २०७८, शुक्रबार

फागुन ४ देखि ७ रोचक, महत्पूर्ण र नाटकीय चार दिन



योगविक्रम राणाले निश्चित गरेअनुरुप २००७ फागुन ४ गते बिहिबार राजा त्रिभुवन भारतबाट नेपाल फर्कने निधो गरिएको थियो। नेपाली कांग्रेसका नेताहरू र मुक्ति सेनाका कमान्डरहरूले पनि सोही दिन काठमाडौं फर्किने निधो गरेका थिए ।

राजा र नेताहरु मध्ये को पहिले फर्किए भन्नेबारे इतिहासकारले फरक फरक कुरा लेखेका छन् । विपी कोइरालाले आत्मवृत्तान्तमा भनेका छन्, ‘त्यसपछि हामी दिल्लीबाट पटना आयौं। पटनाबाट दुईवटा जहाज गरेर काठमाडौं पुग्यौं’ राजा पुग्नुभन्दा आधा घन्टा पहिले हामी काठमाडौंको गौचरमा पुग्यौं । एयरपोर्टमा जनताको अत्यन्त ठूलो भिड भयो। यत्रो भिड त काठमाडौंमा कहिल्यै भएन होला । यसको आधा घन्टापछि राजाको प्लेन आयो । हामी पनि त्यही एयर पोर्टमा पर्खिरहहयौं । मोहन शमशेरलगायतका सबै राणाहरू राजालाई स्वागत गर्न भनेर एयर पुगेका थिए। त्यहीँ मोहन शमशेर र मेरो देखादेख भयो।’

 


यर्थाथमा फागुन ४ गते ३ बजेतिर राजा त्रिभुवन नेपाल फर्किएका थिए भने एक डेढ घन्टापछि कांग्रेसका नेताहरू आएका थिए। त्यतिखेर हवाइ मैदानमा राजालाई स्वागत गर्ने मोहन शमशेर, बबर शमशेर र गणेशमान सिंहको उपस्थिति देखिनु र त्यहाँ मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र सुवर्णशमशेरको उपस्थिति नदेखिनुले प्रष्ट गर्दछ। यसरी २००७ साल कात्तिक २१ गते दरबार छोडी नेपालस्थित भारतीय दुतावासमा शरण लिइ सन् १९५० को नोभेम्बर ११ विक्रम संवत २००७ साल कात्तिक २६ गते भारत प्रस्थान गरेको ९७ औं दिन अर्थात विसं २००७ फागुन ४ का दिन राजा त्रिभुवन आप्mनों परिवार र मुक्ति सेनाका सैनिकसहित नेपाल फर्किए।

काठमाडौं हवाई मै दानमा ओलिँदा राजा त्रिभुवनको हातमा बेरिएको एउटा कागज थियो। उनलाई सबैभन्दा पहिले अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले दर्शन भेट गरी स्वागत गरे। त्यसपछि भारतीय राजदुत चन्द्रेश्वरप्रसाद नारायण सिंह र गणेशमान सिंहले स्वागत गरे । राजा त्रिभुवनले गणेशमान सिंहलाई चिनेका थिएनन्। त्यसले त्यहाँ भारतीय राजदुतले उनको परिचय राजा त्रिभुवनलाई गराएका थिए। राजा त्रिभुवन हवाई मैदानबाट आफ्नो दरबार आउने क्रममा जनताले भव्य स्वागत गरेका थिए । सोही दिन राजा त्रिभुवन हवाई मैदानमा ओलिएको केही समयपछि अर्को दुई वटा हवाई जहाजबाट नेपाली कांग्रेसका नेताहरू र मुक्ति सेनाका कमान्डर पूर्णसिंह ठाकुर र जीवी याक्थुम्बालगायत अन्य मुक्ति सेनाका सैनिकहरू पनि त्यही हवाइजहाज मैदानमा ओर्लिए। उनीहरूको पनि ठूलो स्वागत भयो ।

त्यसबेलासम्म नेपाली कांग्रेसका नेताहरूमा विश्वेश्वरप्रसाद कोइराला नेपाली जनताबीच ज्यादै नै प्रशिद्ध भइसकेका थिए । हवाई मैदानमा उपस्थित बहुसंख्यक जनता त्यहा विश्वेशरप्रसाद कोइरालाले लगायतका नेता हर्न आएका थ्एि। उनीहरूले विमान ओर्लिने वित्तिकै ‘वीर विश्वेश्र जिन्दावाद’को नारा लगायका थिए । त्यसम्बन्धमा गणेशमान सि.हले लेखेका छन् । ‘एकै छिनमा जहाजको ढोका खुल्यो । र विपि कोइरालाला हात हल्लाउँदे देखा परे । भिड थप उत्साहित भएर लगाउन थाल्यो। विपिपछि मातृका बाबु सुवर्ण जी क्रमशः निस्किनु भयो। त्यसपछि मक्त सेनाका कमान्डरहरू पूर्ण सिंह र जिबि याक्थुम्बा जहाजबाट उत्रिए’ भीड जोशका साथ नारा लगाई रहेको थियो । मैले विपि कोइराला, सुर्वण जी , मातृकाबाबु सबैलाई माला लगाईदिएँ र साथीहरूको परिचय गराएँ । भीड अनियन्त्रित रुपमा बढिरहेको थियो । त्यस्तो अवस्थामा त्यही ठाउँमा विलम्ब गरिरहनु उचित हुँदैन भनी नेताजीहरूको लागि तयार पारेको मोटरमा उँहाहरूलाई राखेर काठमाडौंतर्फ लाग्यौं ।

यसरी राजा त्रिभुवन र नेपाली काग्रेंसका नेताहरू फर्केको सो दिनदेखि राणाहरूलाई गरिने सलाम (स्वस्ति) को साटो नमस्कार र जय नेपाल भन्न थाले । सोही दिन बेलुकी नारायणहिटी राजदरबारबाट निस्कने प्रत्येक उच्चकर्मचारी तथा भारदारहरूलाई नीर विक्रम प्यासी, बद्रीनाथ जस्ता नवयुवकहरूले जय नेपाल नभनाई ढोकाबाट अगाडी बढ्ननै दिएनन् । एउटा नयाँ उमङ्ग र उत्तेजनाले त्यस दिन नेपाल भरिएको थियो । बास्तवमा भन्ने हो नेपाली जनतालाई सोही दिन नै प्रजातन्त्र प्राप्त भईसकेको भान भएको थियो ।
विश्वेश्वर प्रसाद कोइराला र सुवर्ण शमशेरले सिंहदरबारमा गई अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरसँग शिष्टाचार भेट गरे यस भेटमा पनि उनले गणेशमान सिंहलाई मन्त्री मण्डलमा सामेल नगर्न फेरि अनुरोध गरे तर त्यसलाई नेपाली कांग्रेसका नेताहरूले पूर्ण रुपमा अस्वीकार गरे।

त्यतिखेर गठन हुने मन्त्री मण्डलमा प्रधानमन्त्री पछि कसको मर्यादाक्रम रहन्छ भन्ने विषयले राणा पक्षमा अन्योल बनाइरहेको थियो। त्यस किसिमको मर्यादाक्रमले रक्षा मन्त्रीको अभिभारा लिन लागेका बबरसम्शेर ज्यादै चिन्तित थिए। यर्थाथमा प्रधानमन्त्रीपछि गृहमन्त्रीको मर्यादाक्रम पर्छ । बबरशमशेर आफ्नो मर्यादा गृहमन्त्रीको पछि नभएर प्रधानमन्त्रीको पछी हुनुपर्ने कुरामा अड्डी लिन थाले भने गठन हुने मन्त्रीमण्डलका गृहमन्त्र विपिले पनि आप्ःनो मर्यादाक्रम यथावत नै रहनुपर्नेमा अडान लिए । यो समस्या राजा त्रिभुवन समक्ष पुग्यो। उनले विपी, मोहनशमशेर विजयशमशेरलाई भेटी आपसी सरसल्लाह गरी समस्या समाधान गर्न अनुरोध गरे।

बबरशमशेरले विपिसमक्ष आफू सपथ ग्रहणपछि मन्त्रीमण्डलको एउटा बैठकमा मात्र भाग लिने र त्यसपछि मन्त्रीमण्डलको कुनै पनि बैठकमा भाग नलिने कुरा बताई यि दुई ठाउँमा आफूलाई प्रधानमन्त्री पछिकै ठाउँमा रहन दिन अनुरोध गरे । विपिले पनि यि दुईठाउँमा मात्र दुईपटक सो स्थान दिने र त्यसपछि आफू नै सो स्थानमा रहने कुरा व्यक्त गरी बबरसमशेरको अनुरोधलाई स्वीकार गरे। बबरशमशेरले आप्ःनो बचन पूरा गरे। मन्त्रीमण्डल पहिलो बैठकमा भाग लिए र त्यसपछि अरु बैठकमा कहिले पनि उपस्थित भएनन्।
फागुन ६ २००७ शनिबारका दिन राणा प्रधानमन्त्री तथा श्री ३ महाराज मोहनशमशेरले आफ्नो पुर्खा जंगबहादुरले तत्कालिन महाराजधिराज श्री ५ सुरेन्द्र वीरविक्रम शाहबाट प्राप्त अधिकार उल्लेख गरिएको पंजापत्र नारायणहीटी दरबार लगी फिर्ता गरे। सोही दिन सिंहदरबारमा नेपाल सरकारको सचिवालय रहने घोषणा पनि भयो।

सोही दिन बेलुकी काठमाडौंस्थित गलकोटे राजा थिरबम मल्लका पिताको दरबारमा नेपाली कांग्रेसका अध्यक्षले एक बैठक बोलाए। सो बैठक बोलाउनुको मुख्य उद्देश्य देशको विभिन्न कुना काप्चाबाट काठमाडौं आएका नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग नयाँ गठन हुने मन्त्री मण्डलका बारेमा राय सल्लाह लिनु थियो। तर यि सबै कुरा दिल्ली सम्झौता मार्फत नै निर्णय भइसकेकोले बैठकको औचित्य थिएन् । दिल्ली सम्झौताविरुद्ध यस बैठकले कुनै निर्णय नै गर्न सक्ने थिएन। यो वास्तविकता बैठक बोलाउनेदेखि लिएर उपस्थित हुनेसम्म सबैलाई थाहा थियो । तै पनि बैठकमा मनमा लागेका कुरा त्यहाँ व्यक्त गरे जसमा मुख्यत: दिल्ली सम्झौतामा सही गर्नु नहुने र भद्रकाली मिश्रलाई नेपाली कांग्रेसले मन्त्रीमण्डलमा समावेश गर्न नहुने कुरा नै मुख्य रुपमा उठेको थियो। तर यि विचारहरूबारे नेताहरूले कुनै प्रष्ट धारणा भने व्यक्त गर्न भने सकेनन्।

यि सम्पूर्ण कुराले गर्दा कांग्रेस कार्यकर्ता व्यापक रुपमा असन्तुष्ट हुन पुगेका थिए। एउटा अन्यौलको स्थिति थियो त्यसैबीच बबरशमशेर र विविको निर्धारित मर्यादाक्रमले उनीहरू झन् बढी असन्तुष्ट र दिक्दार बनाएको थियो। त्यसैले उनीहरूले त्यसको विरोध गरे। राणा पक्षले पनि निर्धारित मर्यादा क्रममा तलमाथि नहोस् भन्न त्यही रुपमा आफ्ना तर्कहरू गरिरहेका थिए। यस्तो स्थितिमा मर्यादाक्रमको विवाद सहमति समाधान गरेको भएता पनि सपथ लिने समयमा के हुने हो भन्ने विषयमा विपि चिन्तित थिए। त्यसैले अघिल्लो दिन नै विजयशमशेरलाई एउटा चिठि लेखी सपथ लिने समयमा दरबारमा केही हुनसक्ने र त्यसको समाधान उनले मात्र गर्न सक्ने हुँदा सो दिन र समयमा उनलाई दरबारमा उपस्थित भई दिन अनुरोध गरेका थिए।

सन् १९५१ को फेबु्रअरी १८ (विसं २००७ को फागुन सात) गते आइतबारका दिन राजा त्रिभुवनले पुर्व निश्चित निर्णयअनुसार नेपालमा राणा शाशनको अन्त्यभएको घोषणाका साथ साथै राणा र नेपाली कांग्रेसको तर्फबाट संलग्न १० जना सदस्य रहेको मन्त्री मण्डलसमेत घोषणा गरे। राजा त्रिभुवनले सोही दिन गरेको घोषणामा नेपालमा गणतन्त्रात्मक विधिअनुसार शासन संचालनगर्ने आप्ःनो बिचार भएको कुरा पनि प्रष्ट गरेका थिए। राजा त्रिभुवनले नेपालको राष्टिय सेनाको कमान्डर इन चिफको पदमा केशर शमशेरलाई नियुक्ति गरे । त्यतिखेर सर्वदलीय राष्ट्रिय सरकार गठन गर्नुपर्छ। मुक्ति सेनाका कमान्डरहरू मध्येबाट नै कसैलाई नेपाली राष्ट्रिय सेनाको कमान्डर इनचिफ बनाई मुक्ति सेनालाई स्वतन्त्र राख्नु पर्छ भन्ने बिचार धेरैको थियो। तर त्यो बिचारले दिल्ली सम्झौतापछि देखि नै नेताहरूको बाध्यता र कमजोरीले गर्दा मान्यत पाउन छोडी सकेको थियो । त्यसैले राणा र नेपाली कांग्रेसको संयुक्त मन्त्री मण्डलमा गठन लगत्तै आलोचना सुरु भयो। टंकप्रसाद आचार्य र खड्गमान सिंह बस्नेत त अवश्य पनि मन्त्री हुन्छन् भन्ने सम्पूर्ण नेपालीको आशा निराशामा परिवर्तन भयो ।
संयुक्त मन्त्रीमण्डलले सपथ ग्रहणपछि नारायणहिटी दरबारबाट बाहिरिँदा पहिले निस्केको राणा पक्षको पाँच जना मन्त्रीहरूको मन्त्रीको मोटरमा नेपालकै झण्डा र अंग रक्षक पनि राष्टिय सेनाका अफिसरहरू नै थिए । भने नेपाली कांग्रेस पक्षका पाँच जना मन्त्रीहरूको मोटरमा नेपाली कांग्रेसको चार तारे झण्डा र अंगरक्षक पनि मुक्ति सेनाका जवानहरू नै थिए। त्यो बिडम्बनालाई देखेर त्यसै दिन देखि नै पृथक रहेका ति पृथक पृथक सिद्धान्त र उद्देश्य लिएका व्यक्तिहरूको त्यो संयुक्त मन्त्रीमण्डलले कसरी काम गर्छ होला भनेर सोच्न थाले । जुन कुरा गलत पनि थिएन ।

राजेश गौतमद्वारा लिखित नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रस शीर्षकको पुस्तकको सम्पादित अंश