Logo

बोलीदिने कोही आउँछ की ?



बाबू जाडो बढेको छ । म जस्ता बुढिहरू जाडोले धेरै पिरोलिएको छन् ।

हिउँदै झरीले एक्कासी ह्वात्तै बढाएको जाडोमा वृद्धाश्रमका जेष्ठ नागरिकहरुको हाल खबर बुझन मातातिर्थस्थित वृद्धाश्रममा पुग्दा एक जना वृद्धा यसो भन्दै रुँदै हुनुहुन्थ्यो । जिर्ण शरीर र अनेकौंको रोगको पीडा । त्यसमाथि बढेको जाडोले कष्ट मात्रै ल्याउँदैन जन्म घर ताप्लेजुङ देखि मातातिर्थस्थित वृद्धाश्रमसम्म आइपुग्दाको सम्झना र आँसु पनि ल्याउँछ ।

घामछायाँ  सवाददाताको गाला सुम्सुम्याउदै भन्नुहुन्छ १५ बर्षको उमेर बिवाहा गरिदिए आमाबाबाले त्यसपछि अनेकौं हण्डर र ठक्कर खाएर सन्तानबाट विछोडिनु पर्यो । त्यसपछि त्यहाँ आएकै २२ बर्ष भयो घरमा जवान छोराछोरीहरू थिए तर अहिले एउटै कुरा मात्र बाँकी छ, के गर्नु अभागि भएसी यस्तै रहेछ भन्दै रूनुभयो ।
नेपालमा बृद्धाश्रमहरु बनेका छन् तर तिनलाई आश्रममा बस्ने बाध्यता नपर्ने अवस्था सृजना गर्नेतर्फ कुनै नीति बनेको छैन । सरकारले अन्य सामाजिक कल्याणको कार्यक्रमका लागि छुट्टयाएको भए बृद्धबृद्धाको को हितमा केन्द्रित भएको पाइदैन । यसको परिणाम स्वरुप नेपालका धेरै ठाउँका वृद्धाश्रम गहभरी आँसु लिएर विरहको गीत सुनाउने आमा र बाबुहरू धेरै छन्

आफूले बुताले भ्याएसम्मको दुःख गरेर हुर्काएका सन्तानहरु कहाँ पुगे कुन्नी अहिले बुढेस कालको लौरो सन्तान होइन सामाजिक संस्थाहरु बन्न पुगेका छन् । आफूले जन्माएका छोराछोरी पालन पोषण गर्नु हुर्काउनु, पढाउनु र इच्छाहरु हरसम्भव पूरा गरिदिनु बाबुआमाको अनिवार्य कर्तव्य हो । समाज र परम्पराले जोडतोडका साथ भन्छ । तर,

आफूलाई जन्माउने बाबुआमालाई हेरचाह गर्नुे पर्ने कि नपर्ने ? विधि र परम्पराले त्यति कडाईका साथ बाध्य पार्दैन र धेरै सन्तानका लागि यो इन्छाधिन विषय बन्छ । यसैको परिणाम हो, हिउँदे झरीले पानी सँगै बृद्धाश्रम आश्रित्को आखाँबाट पीडाको आसुँ पनि वर्षाउँछ ।

कतिले यही जाडकै कारण कतिले ज्यानै पनि गुमाईरहेका छन् ।

आफ्नो छोराछोरी र परिवारको चट्टारो, दुःख सहि कति त आफ्नै छोराछोरी बाट पनि तिरस्कृत भएर आश्रम आउने गरेका हुन्छन । कति आश्रम आउछन् भनी कति त रोडमै आफ्नो बुढेसकालको अन्तिम सास फेरिरहेको हुन्छन् । मुटुभरी आफ्नो पीडा भरेर बाच्न बाध्य भएका छन् ।

मान्छेहरुका बिच, एक्ला-एक्लै 

परोपकारी सँस्कृति र सभ्यताभएको देशमा सन्तान नभए र मात्र होइन सन्तानले वास्ता नगरेर वा भावना नबुझेरै पनि वृद्धाश्रममा बस्ने मानिसहरु आउँछन् भन्ने अवस्था आफैमा एउटा बिडम्बना हो । यसबारे राज्य, समाज र समाजको जल्दो बल्दो पुस्ताले गम्भिरता पुर्वक सोचेको पाइँदैन। युवा युवतीहरु आफ्ना पाखुराको बलले धरै थोक गर्न खोजिरहेको बेला । पाखुरा बसेका हरुले न्यूनतम् जीवन बाँच्न पनि कठिन छ । जुन सन्तानको उज्वल भविष्यको कामना गर्छन् त्यही सन्तानबाट अलग्गिएर एक्लो जीवन जीवन बाध्य भएको छन् । सन्तानको माया पाउने बेला सन्तानले नै माया मारेको अवस्था छ कतिको ।
कस्तो छ देशमा बृद्धको अवस्था रु

कुनै बेलाका सुन्दर मुहार चाउरिएर मुजा परेको छ । गज्जबसँग मकै भटमास चपाउने दाँतहरू मकै छाडाइएको खोयाकै अवस्था बनाएर झरेका छन् । यस्तो दिन नआउने कोही पनि हुँदैन तर ति मध्ये पनि कोहीलाई छोराछोरी र नाती नातिनाका साथ रमाइलो छ त कोहि घरबाट सडक र सडकबाट आश्रममा पिरोलिएर बाँच्नुको विकल्प छैन् ।
नेपालमा ३० प्रतिशत वयोवृद्ध उमेरका नागरिक जस मध्ये ४५ प्रतिशत सन्तानका साथमा रमाईरहेका छन् भने आश्रममा २५ प्रतिशतको हाराहारीमा छन् । कतिपय वृद्धवृद्धाहरु चिसोको कारणबाट सडकमा र आश्रममा गम्भिर स्वास्थ्य अवस्थामा समेत छन् ।
आश्रममा आश्रित् मध्ये धेरै वृद्धवृद्धाहरु आफ्नो सन्तान नाम लिने बितिकै रुन्छन् । कतिले भने सन्तानको नाम लिने वित्तिकै संयम गुमाउँछन् र नाम लिनेलाई नै झपार्न थाल्छन् ।

बोली दिने कोही आउँछ की ?

हरेक अभिभावकको एउटा सपना हुन्छ , अनि चाहना सन्तानले प्रगति गरि आफ्नो भविष्यको सहारा बनोस भन्ने , सन्तानले खुसी साथ आमाबाबाको सेवा गरि उनिहरूलाई खुसी देओस् । त्यस्तो सपना पूरा हुनुको साटो आफैं आश्रममा बसेका वृद्धवृद्धाहरुलाई कोही युवावयको व्यक्ति आएर बोलिदिँदा मात्र पनि आफ्नै सन्तान भेटे जस्तै गरी खुसी हुन्छन् । त्यसैले आश्रम् बाहिरका सडकमा सँधै उनीहरुको नजर हुन्छ, बोली दिने कोही आउँछ की ?

प्रतिक्रिया दिनुहोस्