३ कार्तिक २०७८, बुधबार

राधिका थापा बनिन् जंगल युद्धकला तालिम गर्ने पहिलो महिला



पहिलो पटक महिला सैनिकले प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गरेकी छिन् ।

प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कात्तिक १८ देखि माघ ६ गतेसम्म सञ्चालन भएको तालिममा सोही शिक्षालयकी महिला सैनिक सिपाही राधिका थापाले ऐतिहासिक सफलता हासिल गरेकी हुन् ।

नेपाली सेनाको विज्ञप्तिमा उल्लेख छ, ‘प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गरी साहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेकी छन् ।ु

उनी पहिलो पटक सहभागी भई सफलतापूर्वक सो तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक बन्न सफल भएको नेपाली सेनाले जनाएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची की उनी २०६९ असार १५ मा नेपाली सेनाको सैन्य दर्जामा भर्ना भएकी थिइन् ।