६ असार २०७८, आईतवार

एकै मानव दूर देशका….



 

‘कार्यशिल जिन्दगी यो बगिरहने नदी हो…..’ कक्षा ६ को किताब बोकेर भर्खर खोल्सीसरह बग्दै थियो सीमा पोखरेलको जिन्दगी । अरुण तमोेर जस्तै सुसाउँदै जनताका गीतहरु धरान भरी बग्न थालेपछि सीमालाई लाग्यो, जनताका गीत गाउनेहरु ठूला नदी जस्ता रहेछन् । सामान्य जीविविषाभित्रर खोल्सी जस्तै गरामै हराउनु भन्दा त्यतिखेरको अवस्थामा जोखिम मोलेर बनाइएका मञ्चहरुमा उभिएर जनताको गीत गाउँदै नदी जस्तै बग्नुपर्छ । त्यसै अनुरुप सीमाको दैनिकी मञ्जुल, रामेश, जेबी टुहुरे, चेतनारायण राई र लोचन भट्टराईहरुको विद्रोही भंगालोमा समाहित भयो । कक्षामा भन्दाबढी हाजिरी मञ्चहरुमा हुन थाल्यो र किताबका हरफ भन्दाबढी गीतका ताल सुर पढिन थालिए । धरानसहित पुर्वका थुपै मञ्चहरुमाSeema
भूमिगत नेताहरुले नेपथ्यबाट निर्देश गर्ने ति मञ्चमा उभिने सीमाको सुरुलो कण्ठबाट तत्कालिन सस्थापनको जगै हल्लाउन तीखा सन्देश निस्किन थाले । तीनै मध्येको “एउटा माइति दूर देश…. ” ले धेरै चेलीहरुलाई जनताका गीतको पृष्ठभूमीमा रहेका नेताहरुको गोलो तिर तान्यो र ति नै मध्येका कतिपय आज राजनीतिक मञ्चहरुमा आशन ग्रहण गरिहेकाछन् ।
२०४२ साल।  देेश कुना कुनामा, राजनीतिक मञ्चमा गीतहरु गुञ्जिरहेकै थिए ।  सीमाको जीवनवृत्ति एसएलसी उत्तीर्ण  गर्दै उकालो लाग्यो । काठमाडौं  बसाइ  र महाराजगन्जमा  नर्सिङ पढाई सुरु भयो । संगै सुरु भयो, नेपाली संगीतका मानक सर्जक नारायण गोपालको सानिध्य । लय र तालहरु अझ तिखारिए ।
नाइटिंगेल पथ
यो क्रम रहेकै बेला २०४५ साल तिर सैनिक अस्तालमा सीमाको नर्सिङ जीवनवृत्ति सुरु भयो । दुनियाँ चिन्न थाले देखि नै समानताको गीत गाएर हिँडने सीमालाई त्यहाँ तल्लो र माथिल्लो दर्जाका सिपाहीलाई दिइने सेवामा गरिएको विभेद चित्त बुझेन र सेवा छोडिदिनु भयो । त्यसको केही समयपछि उहाँ कान्ति बाल अस्पताल पुग्नुभयो, जहाँ समग्र देशको चिकित्सा सेवा स्तर र समस्या छर्लंग देखिन्थ्यिो । अहिले सम्झँदा देशमा शिशमृत्यु दर अहिलेको तुलनामा डरलाग्दो अवस्थामा रहेको मात्र नभई समग्र स्वास्थ्य सेवा विकसित देशको तुलनामा दशकौं पछाडी रहेको भान हुन्छ सीमालाई । यही क्रममा सन् १९९५ तिर सीमाको जीवनवृत्तिले अर्को मोड लियो । स्वदेशमै सेवा गरिरहेकै बेला अर्का स्वास्थ्यकर्मी सङग लगनगाठो कसिएपछि  उहाँको जीवनवृत्त्तिले अर्को मोड लियो ।  अमेरिकामा नर्सिङ सेवा । त्यहाँ स्वास्थ्यकर्मी बन्नका लागि आवश्यक कडा परीक्षा दिएपछि सम्भवतः त्यहाँको नर्सिङ सेवाको परीक्षा उत्तीर्ण गर्ने पहिलो स्टाफ नर्सको रुपमा उहाँको सेवा सुरु भयो ।
विश्मयकारी विभेद
अमेरिकामा पाइलो हाल्ने वित्तिकै त्यहाँको र स्वदेशको स्वास्थ्य सेवाको स्तरबीच जमिन र आकाश जत्तिकै फरक रहेको अनुभूति सीमालाई भयो । कान्तिमा इन्जेक्शनको सिरिन्जसमेत नर्मलीकरण गरेर जीर्ण नहुन्जेल प्रयोग गर्ने अभ्यास गरिरहेकी सीमा अमेरिका पुग्दा त्यहाँको तरिका विचित्रको थियो । अधिकांश चिकित्सा सामग्रीको एक पटक मात्र प्रयोग, ठूला र महंगा यन्त्रसमेत नयाँ संस्करण आएपछि कन्टेनरमा । ‘हुँदा हुँदा राम्रै काम गरिरहेको बच्चाहरुको भेन्टिलेटरसमेत कन्टेनरमा हाल्न लागे, मैले आफ्नो देशको स्वास्थ्य सेवाको अवस्था बताएर त्यसलाई रोकेँ र ल्याएर कान्तिबाल अस्पताललाई दिएँ, त्यो यहाँ निकै वर्ष चल्यो’, उहाँको अनुभव छ । त्यसपछि सीमाले टेप, मास्क सस्ता साना साना सामान देखि ठूला सामान र कीताब जस्ता त्यहाँ फ्याँकिन नलागिएका तर प्रयोगमा आउने हरेक चिकित्सा सामग्री बटुलेर नेपालका अस्पतालमा पठाउन थाल्नुभयो । त्यो अवस्थाले सीमालाई हुने देश र नहुने देशबीच रहेको विभेद खाडल कति गहिरो छ भन्ने देखायो । भन्दा ठूलो विभेदको खाडल त जवाफदेहिताको र उत्तरदायित्वको देखिन्थ्यो । पाइलै पिच्छे अध्ययन र परीक्षा, बिरामीको उपचार र स्याहारमा मा मात्र कोइन सल्लाह र सुझाव दिँदासमेत कुनै पनि कसर छोडन नपाइने। ‘एकै पटक दर्जनौं क्यामेराले आफ्नो काम हरिरहे जस्तै बिउराउनै नपाइर्ने लापरवाही त सपनामा पनि सोच्न नसकिने’, उहाँको अुनभूति छ । यसरी उच्चस्तरको सेवा, महंगो तर स्वास्थ्य विमाका कारण बिरामीले ‘पैसा पुगेन’ भन्नै नपर्ने अवस्था । बारम्बार अनुसन्धान र त्यसको आधारमा नयाँ नयाँ औषधि र उपकरण । सीमाले अमेरिकामा त्यस्तो देखेको २५ वर्षसम्म पनि नेपालमा यसो हुन सकेको छ्रैन ।Seema
उता अमेरिकी स्वास्थ्य सेवा भने दिन प्रतिदिन अत्याधुनिक
बन्दै सबै काम कम्प्युटर एपमय भएका छन् । कागजविहिन सेवा भएको छ । नयाँ नयाँ उपकरण आएको आयै छन् । सीमा र उहाँका सहकर्मीले पढेको पढ्यै नेपालमा हुँदा बारम्बार शिशु मृत्यु र तिनका अभिभावकको विलाप देख्नुपर्ने र आफुसँमेत रुँदै ड्युटिबाट फर्कनु पर्ने अवस्था भोगेकी सीमाले त्यहाँ त्यस्तो अवस्था लगभग सुन्य रहेको पाउनुभयो । त्यस्तो प्रणाली भित्र छिरेर स्वास्थ्यकर्म गरिरहँदा सीमाले त्यहाँको प्रतिष्ठित नर्सिङ पुरस्कार दुई पटक पाउनु भएको छ ।
कोभिडको कहर
यस्तो उच्चस्तरको स्वास्थ्य सेवा भएको अमेरिका पनि कोभिड १९को महामारीले छोएपछि एक पटक नराम्रो सँग हल्लिएको थियो । झन्डै चार महिना मास्कदेखि हरेक चिजको अभावबाट त्यहाँका स्वास्थ्य संस्था गुज्रनु पर्यो। अमेरिकीहरुले कहिल्यै नभोगेको अप्ठ्यारो त्यति बेला भोगे अपर्झट आएको आँधिबेहेरीले हतप्रभ बनाएको मान्छे जस्तो भएको थियो अमेरिकाको हालत ।
त्यस्तो बेलामा सीमालाई भने हिजो गीतमा गाए जस्तो ‘आँधि बताससँग जुधेर जीन्दगीलाई धानको बाला जत्तिकै झुलाइ राख्ने’, शक्ति मिल्यो । त्यतिबेला प्रतिकुल अवस्था झेल्दै मञ्चमा उभिँदा र पछि आध्यात्मिक चिन्तन गर्दाको अनुभवले साथ दियो ।
त्यहीबेला उहाँको नेपाल आउने साइत आइपुग्यो ।सहकर्मी र आफन्तलाई प्रकोपको बेला नेपाल आउने कुरा अतिशय पूर्ण लाग्यो । उनीहरुको सुझाव विपरित पाइए जतिका मेडिकल सामान बोकेर जनेपाल आएकी सीमाले चार महिनासम्म आफ्नी आमाले विराटनगरमा चलाउनु भएको बालगृह लगायत थुपै संस्थाहरुलाई सहयोग पुर्याउनुभयो । न्मुलुकको चिकित्सा सेवा साढे दुई दशकअघिको भन्दा निकै फेरिएको थियो । तर जवाफदेहिता सहितको उपचार र स्वास्थ्य बिमाको प्रभावकारी उपस्थिति भने मुलुकको स्वास्थ्य सेवाबाट अझै टाढा रहेको अनुभूति उहाँले गर्नुभयो । छुटी सकिएर अमेरिका फर्किँदा त्यहाँका स्वास्थ्य संस्था कोभिड महामारीको व्यवस्थापनमा अभ्यस्त भइसकेका थिए । डोनाल्ड ट्रम्पका शासनजन्य केही समस्याबाहेक नया रोगसँग लड्न सिंगो अमेरिका लागि परेको थियो।

यसैको फलस्वरुप अहिले अमेरिकामा कोभिड १९ विरुद्ध खोप दिइन थालिएको छ । प्रथम चरणमा फ्रन्टलाइनका स्वास्थ्यकर्मीलाई दिइएको यो खोप सीमाले पनि पाउनुभएको छ ।
अमेरिकामा स्वास्थ्य सेवा गर्दा गर्दै सकेसम्म मानव सेवा गर्न समय निकालिरहनु भएकी सीमा मातृभूमिभित्र कहाँ कस्तो आवश्यकता छ भन्ने कुरा हेरिरहनु भएको छ ।
समाजसेवामा तल्लिन रहँदा सीमालाई कतै कतैबाट प्रश्न सोधिन्छ, ‘ यत्तिको मानवसेवाको भावना भएको मान्छे, आफ्नै देशमा बसेर किन सेवा नदिएको ?’ । त्यसको जवाफ सीमाले काम गर्ने ठाउँमा रहेको इन्द्रेणी समाजले दिइरहेको छ । अमेरिकी भूमि भित्रकै भए पनि त्यहाँ चल्तीको शब्दमा भनिने खैरे समाज छैन । बरु भारतीय, अफ्रिकी, दक्षिण अमेरिकी क्षेत्र लगायतका विविध रंग मानव छन् । सीमाको मानवसेवा त जता बसे पनि जारी छ, ‘माइतिबाट दूर एउटा देश’मा बसेरै पनि ।