Logo

फागुनदेखि भरिने छ रानी पोखरीमा पानी



माघको मध्ये वा फागुनको पहिलो सातासम्म रानीपोखरीका भित्ताहरुमा र भूँइमा पानी अडने गरी परम्परागत कालीमाटी ओछ्याउने कार्य सम्पन्न हुने छ । त्यसपछि हाल्न थालिने छ, रानी पोखरीमा पानी । मेलम्चीको एउटा लाइन, वरपरको वर्षे पानीको व्यवस्थित संकलन आदिमार्फत रानीपोखरीलाई भूकम्पअघि भन्दा पनि सुन्दर र ताजा पानीयुक्त बनाइँदैछ । गन्थ्रकुट शैलीमा निर्माण हुँदै गरेको बीचको बालगोपालेश्वर मन्दीरको पनि पुननिर्माण पनि आगामी वैशाखसम्म सम्पन्न भइसक्नेछ ।
त्यसपछि उद्घाटनको दिन त्यही काम गरिने छ जुन वर्ष साढे तीन सय वर्षअघि राजा प्रतापमल्लले रानीपोखरीलाई एउटा तिर्थको हैसियत दिनका लागि गरेका थिए । अर्थात् उपत्यका र नेपालका प्रमुख तीर्थस्थलहरुको जल ल्याएर त्यसमा मिसाउने कार्य । यसरी भूकम्पले तहस नहस पारेको मध्य शहरको एतिहासिक संरचनाले पुनर्जीवन पाउँदैछ


राजधानीकै अत्यन्त भिडभाड हुने ठाउँ हो रत्नपार्क । रत्नपार्कको उत्तरतर्फ रानिपोखरीमा अहिले भइरहेको कामले त्यहाँ पुग्न अधिकांशको ध्यान तानिरहेको छ । भुकम्पले विचको मन्दिर भत्किएको र पछि पानी पूरै सुकेको अवस्थाबाट सुरु भएको पुनर्निमाण बैशाख सम्ममा सम्पन्न गर्ने लक्ष्यसहित तिब्र रूपमा काम भईरहेको अवस्था छ । रानिपोखरी निर्माण समितिले बर्खा लाग्नुअघि नै पानीको स्रोतसमेत पत्ता लगाउने गरी पोखरीको काम अघि बढाएको छ । पोखरीमा परीक्षण गर्दा प्राकृतिक स्रोतबाट पानी आउने सम्भावना लगभग सकिएको निर्माण उपभोक्ता समितिले जानकारी दिएको छ । पोखरीको चार कुना र बीचमा समेत गरी ८ ठाउँमा परीक्षण गरिएको समितिको सचिव रोशनकाजी तुलाधरले जानकारी दिनुभयो । राजा प्रताप मल्लले रानिलाई उपहार स्वरूप निर्माण गरेका थिए । रानीको नाममा निर्माण गरिएको हुनाले पोखरीको नाम रानिपोखरिको नाममा नामाकरण गरियो । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्पले उक्त पोखरी भत्कन पुगेको थियोे  ।  पोखरीमा राजा प्रताप मल्लले विभिन्न स्थानबाट पानी संकलन गरि पोखरिको निर्माण गरे पनि हाल पुर्नस् निर्माण गरिएको पोखरिमा भन्ने विभिन्न उपकरणको प्रयोग गरि करिब २०० फिट जमुन मुनिको सतहको पानी  विभिन्न स्थानबाट ल्याएर निर्माण सम्पन्न गरिने रानिपोखरी निर्माण समितिका सचिव रोशन काजी तुलाधरले घामछायाँलाई जानकारी दिनुभयो ।

रानीपोखरीमा पानी कसरी भर्ने ? कुनै बेला अत्यन्त पेचिलो बनेको यो समस्याको समाधान खोज्न पोखरीको ८ ठाउँमा परीक्षण गर्दा ४ ठाउँमा पानी रसाएको थियो । पानी रसाएको ठाउँबाट पनि पानी आउने सम्भावना देखिन पुगेको समेत जानकारी दिनुभयो । पोखरीमा पानी भर्न चार वटा विकल्पसहित काम सुरु भएको थियो । पहिलो विकल्प प्राकृतिक स्रोतबाट पानी भर्ने । त्यसबाट नपुगे बाहिरी स्रोतबाट राख्ने योजना प्राधिकरणले बनाएको थियो । बाहिरी स्रोतमा रानीपोखरी वरिपरी वर्षामा बग्ने पानीलाई शुद्धीकरण गरेर पोखरीमा राख्ने, मेलम्चीको पानी राख्ने वा डिप बोरिङ गरेर पानी भर्नेजस्ता विकल्प प्रयोग गरिने प्राधिकरणले जनाएको छ । पोखरी ८ वटा इनारबाट प्राकृतिक रूपमा पोखरी ‘रिचार्ज’ गर्ने व्यवस्था थियो ।

कसरी ल्याईने तयारी गरिदैछ पोखरीमा पानी

निर्माण समितीका सचिव  तुलाधरका  अनुसार पोखरीको सतहभन्दा तल बग्ने पानीलाई कालो माटोले थुनिन्छ । माटोले थुनेको छेउमा इनार खनिन्छ । कालो माटोले थुनेपछि पानी माथितिर जान्छ । अनि पोखरी भरिन्छ । कालो माटो थलथले हुन्छ । थलथले माटो पानी परेपछि ढाडिन्छ । ढाडिएपछि पानी कतै जाँदैन । रोक्छ । ‘पानी भएन भने पटपटी फुट्छ, सचिव तुलाधर भन्नुहुन्छ  ‘पानी हाल्यो भने फुल्छ । यही बुझेर ढुंगेधारा, पोखरी, इनार बनाउँदा कालोमाटो प्रयोग गरिएको हो ।’ रानीपाखरीको डिलमा कालोमाटो राखिएको छ । त्यो पानी अड्याउन राखिएको हो । तुलाधरका अनुसार पोखरी प्राचीन वास्तुशास्त्रअनुसार निर्माण गरिएको छ । पोखरीमा पानी आउने इशान ९उत्तरपूर्व ० र पानी बाहिर जान आग्नेय ९दक्षिणपूर्व० दिशामा इनार हुनुपर्ने उनको अनुमान छ । ‘अहिले महानगरीय प्रहरी महाशाखा भवन भएको ठाउँमा रानीपोखरीको इनार थियो,’ उहाँ भन्नुहुन्छ  ‘त्यहाँ तातो पानी आएको देखिन्थ्यो ।’ पानी वितरण गर्ने प्राचीन प्रविधिमा इनारबाट इनारमै लैजाने व्यवस्था मिलाइएको हुन्छ ।

प्रताप मल्लले जस्तै तान्त्रिक विधिको प्रयोग

प्रताप मल्लले आफ्नो तान्त्रिक विश्वास्अनुसार रानीपाखरीमा संरचना बनाएका छन् । ऐतिहासिक अनुसार त्यति बेला भूतप्रेतमा विश्वास गरिन्थ्यो । प्रतापको छोरालाई भूतले मारेको विश्वास गरियो । छोरा खाने भूतलाई हात्तीले कुल्चेर मार्‍यो । त्यही विश्वासले रानीपोखरी छेउमा हात्तीले भूतलाई कुल्चेको प्रतिमा राखिएको छ । पोखरीको पानी पनि तान्त्रिक मन्त्र जपेर देश र विदेशका विभिन्न धार्मिक स्थलबाट ल्याएर भरिएको थियो । ‘यो तान्त्रिक विधि पनि पूरा गर्नुपर्छ,’भन्ने मान्यता रहेको थियो  ।

कहाँको जल प्रयोग गरिएको थियोे

दिगो स्रोत त छँदै छ, त्योभन्दा पहिला गर्नै पर्ने केही धार्मिक र सांंस्कृतिक विधि छन् । ती विधि असम्भव छैनन् तर अप्ठयारा छन् । रानीपोखरीसँग संस्कृति जोडिएको छ । त्यो संस्कृति कायम राख्नु अर्को चुनौती हो । यहाँ विभिन्न ५१ तीर्थ स्थलका पानी ल्याएर पोखरी बनाइएको हो ।


वनारसको वैद्यनाथ, गण्डकी, नीलकण्ठ, कौशिकी, विष्णुमती, वाग्मती, बागेश्वरी, सकुनतीर्थ, मुस्ताङको मुक्तिनाथ, सुनसरीको बराहक्षेत्र, रसुवाको गोसाइँकुण्ड नुवाकोटको त्रिशूलीलगायत तीर्थस्थलबाट जल ल्याएर रानीपोखरी निर्माण गरिएको थियो । प्राधिकरणले यी सबै प्रक्रिया पूरा गर्ने जनाएको छ । ‘हामी यो प्रक्रिया पनि पूरा गर्छौं,’ पोखरी निर्माण समितिका कार्यकारी सचिव  तुलाधर भन्नुहुन्छ  ‘रानीपोखरीको प्राचीनता जस्ताको तस्तै रहने गरी निर्माण गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्