Logo

मनैबाट खेल्दैनन् अचेल



काठमाडौ मानिसहरू केही बन्छु केही गर्छु भनी आउने गरेका हुन्छन् , त्यस्तै उदाहरणका एक पात्र हुन नेपाली रेसलिङ्ग खेलाडी ,शिक्षक ,चलचित्र  निर्माता र कलाकारको रूपमा उतिकै प्रख्यात नामको एक बादसाह हिक्मत थपलिया !! झापा जिल्लाको हाल कमल गाउँपालिकाको टोप गाच्छिमा माता टिकादेबी थपलिया र पिता देबेन्द्र थपलियाको कान्छो छोराको रूपमा जन्मेका उनी यतिबेला नेपाली खेलकुद जगतमा उतिकै चर्चाको पात्रो बनेका छन्  । सानो गाउबाट केही बन्छु भन्ने लक्ष्य लिएर उनी बि. स. २०४९ सालतिर काठमाडौ भित्रेका थिए । नेपाली खेलकुद जगतमा ८ औ सागको कराते प्रतियोगितामा आफ्नो खेल देखाउदै खेलकुद जगतमा पाईला चालेका थिए । उनले करातेको अपार सफलता पछि नेपाली खेलकुद जगतमा बि . स . २०५९ सालमा हिमालय टाईगर भरत विश्व रावल र उनी मिलेर जिल्लामा खेलकुद समिती दर्ता गरि हिमालय टाईगर अध्यक्ष र उनी उपाध्यक्ष भएर नेपाली रेस्लिङ खेललाई अन्तर्राष्ट्रिय खेलाडीहरु समक्ष पुर्याउन सफल भएका थिए  । उनी सानै बाट ठुलो बन्ने सपना लिएर काठमाडौ आएका थिए ।

खेलकुद जगतमा पाईला चलाउने क्रममा विभिन्न चलचित्र जगतमा द्वन्द्व निर्देशक हुँदै हाल निर्माता बन्न सफल भईसकेका छन् । उनिले हालसम्म आईपुग्दा कब्बडि , लुट जस्ता धेरै चलचित्रमा निर्माताको रूपमा रहेर काम गरेका थिए । काठमाडौ प्रवेश पछि विभिन्न बिद्यालयहरुमा खेलकुद प्रशिक्षण गराउदै आफ्नो पढाईलाई निरन्तर अगि बढाएका उनी यतिबेला आफैले विद्यार्थीहरूको निम्ति विभिन्न व्यक्ति सङग मिलेर बानेश्वर शान्तिनगरमा ग्लासियर इन्टरनेसनल कलेज स्थापना गर्न सफल भए । उनले यो स्थान सम्म आईपुग्दा केके संघर्ष गरे भनी घामछायाँका संवाददाता उमेश थपलिया सङ्ग गरिएको कुराकानी

तपाईं द स्कोरपियो बनेर नेपाल खेलकुद उभिँदाको यो बेला आफूले  यहाँसम्म आईपुग्न गर्नुभएको संघर्षको   कसरी सम्झनुहुन्छ ?

नेपालमा २०५९ सालमा हिमालयन टाईगर भरत विश्व रावल अध्यक्ष र म उपाध्यक्ष भएर यश रेस्लिङ खेललाई दर्ता गरेर सुरु गरेको म लगायत मेरो टिम थियो हिमालयन टाईगर र म । हामीले यस खेल सुरू गर्दा खेरी राष्ट्रिय सभागृहबाट गरेका थियौ । भृकुटीमण्डपमा हामीले पहिलो अन्तराष्ट्रीय खेल सुरू गर्यौ र नेपालमा अहिलेसम्म  झन्डै ५०,६० जना खेलाडीहरु समेत उत्पादन भईसकेका छन् । रेस्लिङको खेल खेलाउने अहिले नेपालमा ४ वटा संघ भईसकेका छन्  । सबैले खेलहरु सिकाउदै अहिले अन्तराष्ट्रीय खेलहरु जापान , अमेरिका ,स्पेनबा लगायत धेरै अन्तराष्ट्रीय खेलहरु हामीले खेलिसकेका छौ र म पनि यी सबै खेलमा सहभागी भएको हुनाले यसको उचाई भन्दा पनि जिम्मेवारी मैले ठानेको छु र त्यही नै जिम्मेवारी निभाईरहेको छु ।

कति समय अगाडि खेलको सुरुवात गर्नुभएको थियोे ?

दर्ता गरे लगतै हामीले महोत्सवको रूपमा देशको विभिन्न स्थानहरूमा यो खेल खेलेका थियौ । अन्तराष्ट्रीय खेलहरुमा पनि जान्छौ र जापान लगायतका देशहरुबाट पनि यहाँ आउछन । यसको उचाईलाई यस्तो खेललाई हामीले त्यतिबेला देखि अहिलेसम्म यथास्थिति राखिराखेका छौ र यो स्थितिसङ्गै हामिले पनि विभिन्न जिल्लामा शोहरु गर्दै आईराखेका छौ ।

यो क्षेत्रमा लाग्ने प्रेरणा कहाँबाट पाउनुभयो ?

यो भन्दा अगाडि म २०५९ सालभन्दा अगाडि म ५२,५३ सालतिर मैले आठौं साकको खेलमा कराते विधाबाट म सहभागी भए नेपालको तर्फबाट त्यसपछाडी म नेपालको जतिपनी चलचित्रहरूमा द्वन्द्वहरु हुन्छ द्वन्द्व फाइटहरुमा म पनि सहभागी हुन्थे , फाइट एक्सन पनि गर्थे त्यतिबेला मैले त्या फाइट एक्सन गर्दै म करातेको तालिम गर्थे र अरुलाई गराउदै गर्दा खेरी मलाई रेस्लिङको पनि फिल्मकै शिलशिलामा भैसेपार्टिमा हिमालयन टाईगरको घरमा पुगे त्यो घरमा पुगेपछि मैले हिमालयन टाईगरलाई देखेपछि मैले ठानेकी नेपालमा रेस्लिङ टिभिमा मात्र देखिरहेको छ । यसको कम्पोजहरु पनि फिल्ममा हाल्न सके भने नयाँ कृएसन हुन्छ भनी सोचेको थे , अनि यो नयाँ कृएसन हुन्छ भनी लागे , पछिल्लो समयमा यसलाई दर्ता गराउन सके पेसागत खेल हुन्छ भन्नी सोचाईले मैले उहासङ्ग मिलेर म आफुले यसको निर्माण गरेर नै सुरूवात गरेको हुनाले प्रेरणा भन्दा पनि मैले आफ्नो सोचलाई निरन्तरता गरेको हु ।

रेस्लिङलाई अन्तराष्ट्रीय जगतमा पुर्याउने समयसम्म के कति समस्याहरु आईपरेका थिए ?

यसका समस्याहरु धेरै छन् जस्तै अहिले पनि खेलकुद परिषदमा दर्ता छैन । हामीले एउटा जिल्लामा मात्र दर्ता गराएर सुरू गरिरहेका छौ , जस्तो अरू खेलकुदलाई जस्तो सहयोगको भावना यो रहन्न यसमा सहयोग छैन । खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबाट त्यति सहयोग आउदैन , त्यसपछाडी जतिपनी खेलाडीहरु जोड्नुपर्ने ठाउँमा उनिहरू जोडिदैनन यसलाई पेसागत भन्न रुचाउँछन् । जुन बेला हामीले सुरुवात गर्यौ त्यतिबेला हामिसङ्ग रिङ्ग थिएन , रिङ्ग नभएको बेलामा हामी आफैले रिङ्ग बनाउनुपर्थ्यो , हामि आफैले नै खर्च गरेर बनायौ । त्यही पनि अन्तराष्ट्रीय स्थरको रिङ्हरु हुदैन थ्यो । खेलाडिहरुको हड्डी मर्किन्थ्यो । स्तरीय रिङ्ग नभएकोले झन्डै २ बर्ष जति हामी धेरै खप्नुपर्यो । त्यसपछि धेरै  शो गरिसकेपछि त्यहि रकमले हामीले अलि स्तरीय रिङ्गहरु निर्माण गर्यौ । अनि हामी जिल्लाकै विभिन्न महोत्सवहरुमा जाने खेलहरु गर्ने भएकोले अलि स्तरीय रिङ्ग छ । अझै पनि अझै पनि अन्तराष्ट्रीय खेल खेल्ने खालको त छैन र त्यो खालको नभएपनी त्यस्तै खालको रिङ्गहरू निर्माण गर्ने क्रममा छौ । हाम्रो रिङ्गमा लाईटिङ्गहरु छैन , राती शो गर्नी खालको क्षमता छैन । त्यो साउण्ड सिस्टमहरु छैन त्यो भएकोले अझै पनि खाचै छ , तर पहिलाको जस्तो भुईमा लडेजस्तो चाहिँ भको छैन अहिले अलिअलि स्तरिय रिङ्ग बनिरहेका छन ।

जुन यो क्षेत्रमा बाल्यकालदेखि नै रुचाउने गर्नुहुन्थ्यो कि ठुलो भएसी रुचाउन थाअल्नु भयो ?

म २०४९ सालमा काठमाडौ आको हु मेरो दाईहरु काठमाडौ बस्नुहुन्थ्यो । बिचमा म पनि काठमाडौ पढ्न आउदाखेरी म केही लक्ष्य लिएर आकि विद्यार्थी यहि गर्छु भन्नी भएन । नेपालमा ४६ सालको आन्दोलन ५२ सालसम्म आईरहदा खेरी बिचमा हामी आफैले केही संघर्ष गर्नुपर्यो । म आफू आदर्श क्याम्पसमा बेलुका ४ बजेदेखि ७ बजेसम्म पढ्ने प्रक्रियामा यो क्षेत्रलाई मैले पढाई सङ्गै माथी जान्छ भन्नी नभएपनी खाली समयमा खेलकुदमा लाग्नुपर्छ कुलतमा लाग्नु हुन्न भनी सोची मैले मेरो खाली समय खेलकुद र चलचित्रलाई दिन थाले दिने क्रममा केही पुरस्कारहरु पाउन थाले र उर्जा पाउन थालेपछि हौसला बढ्यो र अंगाले मैले ।

एउटा रेस्लिङ खेलाडी तपाई हिक्मत थपलिया शिक्षा र चलचित्रमा चाहिँ कसरी पाईला चाल्नुभयो ?

यो शिक्षामा अलि अगाडि देखि नै आफुले पनि केही बिद्यालयमा पढाईरहेको अवस्था थियो । यो पढाउने क्रममा ४ बर्षजती एउटा बिद्यालयमा खेल प्रशिक्षकको रूपमा काम गरे गर्ने क्रममा हामीले आफ्नै बिद्यालय खोलेर केही गर्नुपर्छ भनी सोच्दै बिद्यालय स्थापना गर्यौ अनि चलचित्रमा पनि म आफै कलाकार द्वन्द हुदा हुँदै चलचित्र बनाउने मन पलायो त्यसपछि म निर्माता भएर कबड्डी कबड्डि , लुट जस्ता चलचित्रमा पनि म आफैले निर्माण गरे ।

कति समय अगाडि चलेका थे शिक्षाम तपाईंको पाईला

बि. स.  २०५४ सालमा मैले केही बिद्यालयमा सुरुवात राखे त्यसपछि निरन्तरता दिएको हुनाले यसमा पनि उतिकै माया बढ्न थाल्यो त्यसपछि यो शैक्षिकमा अहिलेसम्म छु । केही समय कर्मचारीको रूपमा थियौ भनी अहिले आफै कलेज स्थापना गरेर चलाउन सफल भयौ ।

चलचित्रमा के देख्नुभयो जसले गरेर यो चलचित्र जगतमा पनि प्रवेश गर्नुभयो ?

यो अलि अगाडि देखि नै हाम्रो खेलकुदमा लडाई वजन धान्न सक्ने हाम्रो एउटा समूह थियो । त्यही समुहलाई चाहिँ द्वन्द निर्देशकले लगेर फाईटमा हामिलाई हालुदिनु भयो । अनि हामिलाई के सहज भयो भने बिहान कराते तालिम गर्ने र दिउसो फिल्ममा जाने हुदाहुदै म यो चलचित्रमा लागे ।

तपाई यो क्षेत्रमा लाग्दा यसमा केही हुन्न किन लाग्छौ भन्ने  आए कि आएनन्  ?

त्यस्ता मान्छे हुन्थे र थिए पनि , कसैले हामिले लगाएको रकमलाई पनि अरू ठाउमा लगाईदिन्थे , अन्त्य लगाउ भन्नी साथीहरू पनि धेरै आउथे तर मैले आफैले पनि निर्णय गर्नी कुरा थियो अनि मैले चलचित्र नै रोजेर अगाडि बढे ।

खेलकुद , शिक्षा र चलचित्रमा के महत्व छ ?

खेलकुद , शिक्षा र चलचित्र एक आपसमा नभै नहुने बस्तु हो शिक्षा नभएर मानिस स्वस्थ नहुदा नि अपुरो हुन्छ र स्वस्थ मान्छेमा पनि मनोरञ्जन भएन भनी पनि अपुरो नै हुन्छ । यी चिजहरू सित जोडियो भनी उसले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा पुग्नु र आफ्नो गौरवलाई अगाडी बढाउनु यो कुरामा निकै मान राख्छ । मान्छेले पढेर लक्ष्यमा पुग्ने एउटा लक्ष्य राखे तापनी कला खेलकुद सास्कृतिकलाई अंगाली राख्यो भने यसले कहिलेपनी हार्नी छैन । जहिले पनि सफल नै सफल छ ।

तपाई काठमाडौ जिल्ला खेलकुद बिकास समितिको पुर्व अध्यक्ष पनि हुनुहुन्छ । अनि काठमाडौ जिल्ला खेलकुद बिकास समितिको योजना के छ ?

म काठमाडौ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष भईरहदा र चार बर्षे कार्यकाल हुदा खेरी जुन खेलकुदमा एउटा विकृती थियो । त्यो पनि काठमाडौ जिल्लामा झन्डै ११७ जना कर्मचारी जिल्लामा त्यही जागिर खाने कर्मचारीमा आर्मिले कति कमाउने कति खट्नुपर्ने हुन्छ तर खेलाडी भए पनि आफू र खेलको लागि २ घण्टा तालिम नगर्ने खेलाडी पनि भेटियो । त्यस्ता खेलाडीहरूलाई मैले २० ,२५ जना चाहिँ हाजिर गर्नी , तलब थाप्ने , घरमा बस्ने र कुलतमा लाग्ने यस्ता खेलाडी पनि भेटियो । यी खालको खेलाडी लाई आफ्नो कार्यालयमा ल्याएर उनिहरूलाई बाध्य बनाए कि सिमा बनाए हरेक बर्ष तपाईंले यति खेलाडी उत्पादन गर्नुभएन भने उनीहरुको जागिरलाई नै असर गर्नी काम गर्छु भने प्रेसर दिएपछि सबै कर्मचारी लागे जति पनि भौतिक पुर्वाधार चौर र क्लब स्थापना गराउनु र क्लबले चौरमा उठेको पैसा आफै खाने गरेको थे यस्तो प्रवृतिलाई रोक्ने पनि योजना बनाएर अगि बढेका थे ।

तपाईं पहिलाको खेलाडी र अहिलेकामा के भिन्नता पाउनु हुन्छ ?

विगतको र अहिलेका खेलाडिहरुमा फरक धेरै छन् । पहिलाका खेलाडी मनले खेल्थे भने अहिलेका शौखले खेल्छन् । अहिलेका खेलाडी भित्रैबाट खेलेको देखिन्न । उनिहरूलाई अझै खेलकुद माध्यमबाट अगि बढाउनु पर्छ , भर्खरै सम्पन्न भयो १३ औ साक  त्यसबाट केही न केही उर्जा आको छ । आठौं सागपछि १३ औ साकमा नेपालले गर्नुपर्यो । क्याम्पिङ राखियो मेडल पनि धेरै जितियो साग दोस्रो स्थान हासिल गर्यो । खेलाडीमा केही उर्जा र केही रकम पनि राज्यबाट पाएका छ्न् । यस्तै अवस्था लगातार भयो भनी खेलाडीहरुले आफ्नो गुजारा चलाउन सक्छ ।

खेलाडीलाई कसरी प्रोत्साहन दिने कार्य गरेको छ , काठमाडौ खेलकुद विकास समितिले ?

काठमाडौ जिल्ला खेलकुद समितिले हामिसङ्ग रहेका जतिपनी खेलाडी कर्मचारीहरु छन , विभिन्न खेलका जस्ता जति पनि खेलहरु छन् यी खेलका खेलाडीहरूलाई हाम्रो प्रशिक्षकहरूले चाहिँ उत्पादन गरिराखेका छन् । बजेटको हिसाबले जति खेलाडीको विकास हुनुपर्ने त्यो हुन सकेको छैन । उनीहरुको भविष्यमा यस खेलबाट मेरो के भन्ने चाहिँ अलि बुझाउन सकिरहेको छैन नपाएको चाहिँ होईन खेलाडीहरु जति पनि पाईन्छ तर यसको भविष्य के त भन्नी हाम्रो प्रशिक्षकहरूको कमि कमजोरीलाई हो ।

प्रतिक्रिया दिनुहोस्