२१ श्रावण २०७८, बिहीबार

राजमानलाई किन साथी चाहियो र ?



मङ्सिर ११ ,काठमाडौं ।

झन्डै ७४ वर्षको जीर्ण शरीर । न आमा न त बाबा । न पत्नी न त परिवार वा अरु आफन्त । २१ वर्षदेखि चुपचाप एक्लै मजदुरी गरेर खाइ रहेका राजमान लामा हिदा हिर्दै सडकमा ढले । दमको रोगले थलिएपछि पनि मजदुरी नछोढेका उनलाई शरीरले भने छोडि दियो । त्यसपछि त्यहाँ उनका लागि रुन कोहि थिएन् । न कोहि जुठो बार्ने थिए । बरु उनको पार्थिव शरीरलाई केहि समाजसेवीहरुले उठाएर लगे र अन्तिमसंस्कार गरिदिए ।

शंकरापुर २ नाङ्लेबारीमा जन्मिएर काठमाडौंस्थित गोकर्णेश्वर बेशीगाउँमा एक जनाको आश्रयमा बसेका लामाले यसरी संसार छोडे । बेशीगाउँवासीको मानमा अहिले प्रश्न उठेको छ । किन यसरी एउटा मान्छे परिवारबाट त्यगिर सडकमै लड्ने नियतीमा पुग्छ । गत मगंलकार बिहानै भेनस स्कूल नजिकको मोडमा अचानक बेहोस भई ढले छन् लामा । त्यही बाटो हिडेका केहि टोलबासीले यो देखे पछि त्यहाँ होहल्ला भयो र उनलाई आश्रय दिने व्यक्तिले समेत् यो देखे । त्यसपछि उनले प्रहरीलाई बोलाए र शवको पोष्टमार्टम र अन्तिमसंस्कारको काम स्थानीय समाजसेवीको सक्रियतामा अघि बढ्यो ।

यस कार्यमा वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा सदस्य नन्दलाल श्रेष्ठ लगायत स्थानीयहरु लागि परे । मुचुल्का उर्ठाई पोष्ट मार्टमको लागि टिचिङ अस्पतालमा पठाउने र पोष्टमार्टम पछि लामाको शवलाई स्थानीय जम्बुडाँडामा बौद्ध परम्परा अनुसार अन्तिमसंस्कार गरियो ।

समाजसेवी याङ योञ्जान लामा, ज्याम्लिङ बुद्ध फाउण्डेसन र नेपाल बौद्ध धर्म परिचय समाजका महासचिव समाजसेवी आचार्य थुप्तेन घिसिङ तामाङको सहयोगमा बौद्ध मार्गी परम्परा अनुसार अन्तिमसंस्कार गरिएको हो ।
बुढो भएपनि फर्निचरमा रङ लगाउने र ग्यास बोक्ने कामबाट पेट पाल्र्दै आएका लामा कोरोनाको प्रकोप सुरु भएपछि कयौं दिन भोको बसे ।

दमको रोगी यो अवस्थामा रहेको देखेर घरबेटि र समाजसेवी याङ योञ्जान लामाले सहयोग गर्दै आएका थिए ।
लामालाई चैत महिनादेखि खाद्यान्न, लत्ताकपडा, औषधि सहयोग समाजसेवी याङ योञ्जान लामाले गर्दै आएकी थिईन् । लामाको घर नजिकै बस्दै आएका एक भाइले लामाले अवस्था बारे योञ्जानलाई जानकारी गराए पछि सहयोग गर्दै आएका समाजसेवी याङले जानकारी दिनुभयो ।
नाङ्लेबारीमा जन्मिएका लामाले सानो उमेरमा हुर्दा आमाको माया गुमाएका थिए । आमाको निधन भएको केहि समय पछि बाबु पनि वैदेशिक रोजगारमा गएर र उतै हराए । अभिभावकको वात्सल्य यसरी सानै उमेरमा गुमाएका लामाको दिदीभाई कोहि पनि छैनन् ।

यसरी परिवारमा कोहि नभएपछि भौतारिदै विभिन्न ठाउँमा पुगे । अन्त्यमा काठमाडौंस्थित गोकर्णेश्वर बेशीगाउँमा मजदुरी गर्न थाले जाहाँ उनको जीवनको अतिम २१ वर्ष बित्यो ।
लामो समयदेखि काठमाडौंमा बस्दै आएका उहाँ राम्रो व्यक्ति र दुःख गर्ने तर परिवारमा कोहि नभए पछि हामी मिलेर उहाँको अन्तिमसंस्कार गरिएको याङले बताउनुभयो ।

अन्तिमसंस्कारको कम्रमा मृतकका गाउँटोलको आफताहरु आएतापनि आर्थिक अवस्था कमजोर भएकाले म आफैले बौद्ध मागी परम्परा अनुसार अन्तिमसंस्कार गरियो ।
यो जुनीमा दुःख पाएर बित्नुभयो र अर्को जुनिमा राम्रो होस् भनेर यसरी अन्तिमसंस्कार सम्पन्न भएको उहाँले बताउनुभयो ।