Logo

काठको कष्ठ झेलेर ठडिँदैछ काष्ठमण्डप



“काठकै लागि हेटौंडा जाँदैछु “। चार वर्षअघिको भूकम्पले ढलेका देशका धरोहर मध्ये सर्वाधिक महत्वको काष्ठमण्डप सबै भन्दा बढी महत्व राख्ने काठमण्डपको पुननिर्माणबारे बुझन् घामछायाँले सम्पर्क गर्दा काष्ठमण्डप पुनर्निमाण समितिका सचिव गौतम डंगोल काठ खोज्न उपत्यका बाहिर दौडिँदै हुनुहुन्थ्यो ।
देशको राजधानी काठमाडौं नामको स्रोत् । काष्ठकलाको सर्वाधिक ठूलो सम्पदा । काठमाडौं परापुर्वकालदेखि एसियाली क्षेत्रकै मुख्य रणनीतिक र व्यापारिक गन्तव्यभएको प्रमाण र सातौं शताब्दीको एउटा अभूतपुर्व वास्तुकला युक्त निर्माण ।


यस्ता अनेकौं कुरा हुन सक्छन् मरु सतः वा काष्ठमण्डपलाइृ चिनाउने । भूकम्प पछाडी काष्ठमण्डप उठदै जानुको अर्थ भूकम्पको कहरबाट देशले पार पाउँदै गयो भन्ने लाग्छ ।
स्थानीय जनताको लगाव र सम्पदाप्रेमीहरुको सचेत प्रयत्नका बलमा लामो समयको अल्झो पार गरेर बन्न लागेको काष्ठमण्डपले पाइला पाइलामा काठको अभाव सामना गरिरहेको छ । त्यतिबेला एउटै रुखको काठबाट बनेको भनिएको काष्ठ मण्डपका लागि अहिले देशका विभिन्न भागमा काठ खोज्नु परिरहेको छ ।
उसै त हतपति नपाइने काठ । त्यमाथि अहिले प्रदे्श सरकारलगायत विभिन्न निकायसँग अनुमति लिएर बल्ल बल्ल पाइने अवस्थाले गर्दा काष्ठमण्ड पुननिर्माणमा घरीघरी अवरोध भएको छ । सचिव र्डगोलका अनुसार मन्त्री परिषद्ले काष्ठमण्डप
काठको प्राप्ति मन्त्री परिषदले गरे पनि लामो प्रक्रिया पार गरेर निर्माण स्थलसम्म निकै ढिलो गरी पुग्ने गरेको छ ।
अर्को तर्फ काष्ठमण्डपलाई चाहिने काठ सामान्य हुँदैनन्न् ३७ फिट सम्म लाम्बाई र १५र१५ इन्च सम्मको मोटाइ भएका काठ हामीलाई चाहिन्छ जुन जहाँसुकै पाइँदैन ।
हनुमानढोका दरबारको उत्तर–पश्चिममा महानगरीय प्रहरी परिसरको भवन पनि भुइँचालोले जीर्ण भएपछि प्रहरी कार्यालय सरेर टेकु पुग्यो । खाली प्रहरी कार्यालयको आँगनमा काष्ठमण्डपका पुराना काठ थुपारिएका छन् । त्यस प्रहरी परिसरमा काठको बुट्टा भर्ने बनाउने कार्यहरु धमाधम भईरहेको छ । त्यस्तै दरबारको दक्षिण ( पश्चिम भागमा अवस्थित छ काष्ठमण्डप मन्दिर नयाँ पुराना काठहरुबाट सजाउने कार्य भईरहेको छ । काठमाडौ जिल्लाको प्रतिकको रूपमा मानिने बसन्तपुरमा अवस्थित काष्ठमण्डप मन्दिर अबको एक बर्षमा निर्माणकार्य सम्पन्न भई आफ्नै रूपमा आउने भएको छ । ऎतिहासिक अभिलेख अनुसार काष्ठमण्डप ११२९ मा राजा प्रताप मल्लले स्थापना गरेका थिए । काष्ठमण्डप बि। स। २०७२ बैशाख १२ को बिनाशकारी भुकम्पले विनाश गरे पनि काष्ठमण्डपमा ७ औ शताब्दी अगाडि केही काठहरू प्रयोग गरिएको छ। काष्ठमण्डप ७ औ शताब्दी अगाडि नै निर्मित भएको विश्व प्रख्यात मन्दिर पनि हो । विगतको तुलनामा हाल काष्ठमण्डप हेर्न आवतजावत गर्ने पर्यटकको सङ्ख्या पनि दिनप्रतिदिन बढिरहेको छ । काष्ठमण्डपमा ७ औ शताब्दीमा नबिग्रने कुन प्रजातिको काठ प्रयोग गरिएको भन्ने अझै थाहा पाउन कठिन भईरहेको छ ।

 

के छ त काष्ठमण्डपको बिशेषता ?

काष्ठमण्डप एउटै रूखको काठबाट बनेको विश्वास गरिन्छ । भुइँचालोपछि बेलायतको दुराहम विश्वविद्यालय र पुरातत्त्व विभागले गरेको अध्ययनअनुसार काष्ठमण्डप सातौं शताब्दीमा बनेको हो ।
यही सत्तलको नामबाट उपत्यकाको नामै काठमाडौं रहन गएको हो । नराम्रो काठ, मुढा, जरा एक ठाउँमा पन्छाइयो । पन्छाएकोलाई नेवारी भाषामा ‘सिंखो’ भनिन्छ । त्यही पन्छाएको काठबाट विहार बनाइएको रहेछ । त्यो विहारको नाम ‘सिंखोमू’ महाविहार राखियो । ‘त्यही भएर काष्ठमण्डप र विहारको सम्बन्ध पनि नङ र मासुको जस्तो सम्बन्ध रहेको काष्ठमण्डप विकास समितिका सचिव गौतम दंगोलले घामछायालाई जानकारी दिनु भयो । काष्ठमण्डप माटोको जडानले बनेको हो । अहिले पनि त्यही जडानमै बनाउन लागिएको डंगोलले जानकारी दिए । समितिले माटो झिक्ने ठाउँ पनि खोजिसकेको छ । ‘कीर्तिपुर, इचंगुनारायण, सीतापाइलालगायत ठाउँमा माटो खोजियो, काष्ठमण्डपमा प्रयोग भएको जस्तो माटो भने ताहाचलमा भेटियो ।’

कसरी बनाइदै छ ?


काष्ठमण्डपमा माटोको जडान गरि बनाईएको मन्दिर हो । यहाँ कस्तो माटो प्रयोगभएको रहेछ भनेर प्रयोगशालामा परीक्षण गरेको पाइयो । ‘माटो,बालुवा र मसिनो बालुवाको मिश्रणले बनेको पाइयो, गौतम भँँन्नुहुन्छ, ‘माटोबाट छिंडी, चोटो र बुइँगल समेत बनेको चारतले घर बलियो हुन्छ । सिमेन्टको भन्दा पनि बलियो हुन्छ माटोको घर । राज्यले नीति राम्रो नबनाएर मात्रै हो हाम्रो प्राचीन निर्माण सामग्री बलियो छैन भनिएको । परीक्षण गर्ने हो भने चार तलासम्मका लागि हाम्रा प्राचीन निर्माण सामग्री बलिया छन् । काष्ठमण्डपमा इँटा प्रयोग भएको थियो, त्यही स्वरूपको राख्ने योजना समितिले बनाएको छ । काष्ठमण्डपमा सादा इट्टा प्रयोग गरिएको थियो । त्यहाँ ठूलो र सानो गरी दुईथरीका इँटा प्रयोग भएका छन् । यहाँ प्रयोग भएकै जस्तो उपत्यकामा विभिन्न प्राचीन इट्टाभट्टाहरुमा बनाउने कार्य भईरहेको छ । ‘२२र१५ र ५ सेमिको इँटा प्रयोग भएका रहेछन्,गौतमका अनुसार ‘यही साइजका बनाउन दिएका छौं । काठहरू पनि तराईको बारा वर्दिवास जस्ता क्षेत्रबाट आईरहेका थिए । त्यहा पनि अहिले भनेजस्तो काठ नपाईने अवस्था भएको हुनाले अब काठ पश्चिमी भागबाट ल्याउने तयारी भईरहेको छ ।

कस्तो छ त काष्ठमण्डप

काष्ठमण्डपको रूप छैन, रङ छैन र आकार प्रकार छैन । रङरोगन छैन । ढोका छ, तर बन्द हुँदैन । ढोका भए पनि खापा हालिएको छैन । खापा नहाल्नुको अर्थ यहाँ जो पनि छिरुन् भन्ने हो । यहाँ कुनै जातिलाई बन्देज छैन । कुनै धर्मलाई बन्देज छैन । कोही बेला जातीय छुवाछूत चर्को थियो । त्यस्तो बेलामा पनि काष्ठमण्डपमा केही थिएन । ‘जातीय भेदभाव छैन, काष्ठमण्डप बिकास समितिका अनुसार ‘धनी, गरिबको विभेद छैन । पूर्णरूपमा स्वतन्त्रता थियो काष्ठमण्डपमा । यो वज्रयानी दर्शन रूपमा रहेकोे छ ।

काष्ठमण्डपमा केही पनि छैनको अर्थ यसको लम्बाइ, चौडाइ, उचाइ सबै बराबर छ भन्ने पनि हो । यसको लम्बाइ, चौडाइ र उचाइ ३६ हात छ । जगका इँटा पनि ३६ सोलकै छन् । यो सत्तल बनाउँदा ३६ अंकलाई प्राथमिकता दिइएको छ । ‘यो पनि वज्रयानी दर्शन हो,’ उनका अनुसार , ‘३६ लाई महत्त्व दिनु पनि वज्रयानी सिद्धान्त हो ।’

नेपाली वर्णमालामा ३६ वटा अक्षर हुन्छन् । हरेक अक्षरको एउटा आदर्श छ वज्रयानी दर्शनमा  क देखि ज्ञ सम्मकै अर्थ छन् । त्यसमध्ये य, र, ल, व को अर्थ प्रयोग भएको थियो काष्ठमण्डपमा । य को अर्थ हावा हो । र को अर्थ आगो, ल को अर्थ माटो ९पृथ्वी०, व को अर्थ पानी वा तरलता हो । हावा नचली आगो बल्दैन । आगो नबली भाँडा तात्दैन । भाँडो नतानी पानी उम्लिँदैन । ‘हावामाथि आगो, आगोमाथि भाँडो, भाँडोमाथि पानी, पानीमाथि हावा, यसरी सूत्रिकृत भएको छ काष्ठमण्डपको स्वरुप।

 

प्रतिक्रिया दिनुहोस्