Logo

महानगरले सबै नगरलाई सघाउछ ; विद्यासुन्दर शाक्य



कार्तिक २५। काठमाडौं । जिल्लाभरीका सबै नगरपालिकालाई काठमाडौं महानगरपालिकाले सघाउछ भनेर भन्दा पत्यार नलाग्ला तर अब यो सत्य हुन् पुगेको छ। जिल्लाभरीका १० वटै नगरपालिका लाइ महानगरपालिकाले सघाउने भएको छ। जिल्लाको वातावरण र सौन्दर्यलाई निखार्ने तर्फ मध्यनजर गर्दै महानगरपालिकाले पार्क बनाउन जिल्लाका १० वटै नगरपालिकालाई सघाउन लागेको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताउनु भयो।
महानगरको विशेष सहयोगमा निर्माण हुन् लागेको पार्कहरुलाई १/१ करोडको सहयोग भएको छ। महानगरले आफ्नै अंश बुझेको र सघाउनु कर्तव्य भएको मेयर विद्यासुन्दरको भनाइ छ।

निर्माणाधिन पार्कको अवलोकन गर्न कीर्तिपुर नगरपालिका पुग्नु भएका मेयर विधासुन्दरले ,” वास्तवमा महानगरपालिका र वरिपरिका सबै नगरपालिकाहरु एउटै काठमाडौंका अंगहरु हुन् त्यसैले विकास प्रयासमा सबै बीच साझेदारी आवस्यक हुन्छ ” भन्नु भयो।

(फोटो फिचर सहित )

एतिहासिक बाघभैरव मन्दिरमा प्रवेश गर्नु हुदै मेयर विद्यासुन्दर शाक्य साथमा अन्य कर्मचारीहरु।
एतिहासिक बाघभैरव मन्दिरमा प्रवेश गर्नु हुदै मेयर विद्यासुन्दर शाक्य साथमा अन्य कर्मचारीहरु।
बाघभैरव मन्दिर पुग्नु पहिले पर्ने निर्माणाधिन पार्कको अवलोकन गर्नु हुदै।
निर्माणाधिन पार्क अवलोकन गर्ने क्रममा मेयर शाक्य सहितको टोलि।
एतिहासिक बाघभैरव मन्दिर परिसरमा मेयर शाक्य सहितको टोलि।
प्रतिक्रिया दिनुहोस्