Logo

”बेटी पढाएर मात्र बेटी बचाउन सकिदैन”-शैलेन्द्र त्रिपाठी



 

 

 

 

 

 

हामि कुरा गर्छौ, बेटी बचाऊ र बेटी पढाउ बिशेष अभियानको, जुन प्रदेश नम्बर २ मा चलिरहेको छ। मुख्यमन्त्रि विशेष अभियान अन्तर्गत यो अभियान संचालन  भैरहेछ। यो अभियान चलाउनुको अर्थ हो, हामि यस्तो समुदायमा बस्दछौ जहाँ अन्य प्रदेशहरुको तुलनामा हाम्रा बेटीहरु सुरक्षित छैनन् । यसो हो भने हामि
कसरि परिकल्पना गर्न सक्छौं स्वस्थ्य, सुन्दर र समृद्ध समुदाय निर्माणको र
बेटी हाम्रो घर आँगनको सुन्दरता मात्र होइनन परिवार र समुदाय निर्माणको लागि जरुरत
पनि हुन् । ‘’समुदायमा हाम्री चेलीहरु मारिनु हुदैन, पुजिनु पर्दछ “ पितृसतात्मक सोंचले
ग्रसित हाम्रो पुरुष प्रधान समाजमा अधिकांश मात्रामा हाम्री चेलिबेटिहरुलाई त मात्र सन्तान
उत्पादन गर्ने मेसिन वा उपकरणको रुपमा मात्र प्रयोग गर्ने गरेको पाइन्छ। यति मात्र कहा हो
र रु बेटीको जीवन चक्रलाई यसरि विश्लेषण गर्न सकिन्छ ।

गर्भावस्था;- जब बेटी आफ्नी आमाको गर्भमा हुन्छिन, तब एउटा पुरुष ९बुवा०को
आदेशलाइ सहजै स्वीकार गर्दै उसको आफ्नै आमाले ९महिलाले० नै ती निर्दोष बेटिलाई
गर्भमै मार्न तयार हुन्छिन । स्मरण रहोस, गर्भमा रहेकी ती अबोध र निर्दोष बालिका
९महिला० कसैको बहिनि, दिदि, फुपू, भाउजु, आमा हुने थिइन् तिनलाइ संसारमा आउनै
नदिई गर्भ मै भ्रुण हत्याको शिकार गराइन्छ।

बाल्यावास्था ;- यदि भाग्यबस ती अबोध र निर्दोष बालिका आमाको गर्भबाट सुरक्षित
बचेर जन्म लिन्छिन भने बाल्यावस्थामा ती बालिका सर्बप्रथम आफ्नै आमाबुवाबाट
उपेक्षित र भेदभावको शिकार हुनुपर्दछ । छोरालाई बोर्डिंग स्कुल र छोरीलाई सरकारी
स्कुल वा छोरीलाई सकभर पढाउनै नचाहने मानसिकताले ग्रसित हाम्रो समाज , आफ्नै
अभिभावाकबाट आफ्नो सन्तानसंगको विभेदपूर्ण नीतिमा शिक्षा मात्र नभई स्वास्थ्य,
खानपान, लालनपालन लगायतको मामलामा पनि प्रसस्त उदाहरणहरु देख्न सकिन्छ ्र
अर्थात अभिभावक र समाजबाट बाल्कालमै हाम्री बेटी उपेक्षा, भेदभाव, दुर्व्यवहार,
हिँसा र शोषणको शिकार हुन् पुग्दछिन ।

किशोरावस्था ;- जब हाम्री बेटी किशोरावस्थामा पुग्छिन , त्यसबेला हाम्रो सोचाइ र
हेराइ ती बेटीप्रति नाकारात्मक हुनजान्छ , ती किशोरी उपेक्षा, भेदभाव, दुर्व्यवहार,
हिँसा र शोषणको शिकार मात्र नभई बलात्कारको शिकार पनि हुनुपर्दछ , यति मात्र
कहाँ हो र रु हामि यस्तो समाजमा बस्दछौ जहाँ बेटिलाई २० वर्ष नपुग्दै बालबिबाहको
शिकार हुनु पर्दछ , त्यसमा पनि दहेज उत्पीडन लगायत अन्य घरेलु हिंसाको चपेटामा
पर्नु त बाध्यता हुन् जान्छ् ती बेटिलाई।

बृद्धावास्था;- यति संघर्ष गरेपछी जीवनको अन्तिम अवस्था अर्थात बृद्धावास्थामा ती
बेटीले आफ्नो सन्तानको सुख र सहारा लिनुपर्ने समयमा बृद्धाश्रमको सहारा लिनुपर्ने
हुन्छ । अथवा, बोक्सीप्रथाको आरोपमा बिभिन्न लान्छना वा क्रुर यातनाको शिकार भै
पुरुष प्रधान समाजबाट अपमानित जीवन बिताउनु बाध्यता हुन् जान्छ ती बेटीको ,
यति मात्र होइन , हामि कुरा गरौ महिला आरक्षण र प्रतिनिधित्वको , यहाँ बिभिन्न संघ संगठन
र राजनैतिक दलले समितिमा महिला प्रतिनिधित्व राखेका त छन् तर प्राय; महिलालाइ प्रतिनिधित्व गराउदैनन ।

यहा राज्यले नीति त लयायो कि स्थानीय तहमा प्रमुख वा उपप्रमुख मध्ये कोहि एकजना महिला अनिवार्य हुनूपर्र्दछ , बनीयतबस प्रमुखमा त् होइन उप प्रमुखमामहिलाप्रतिनिधित्व देखियो। जुन साकारात्मक परिवर्तन नै हो। कुनै संघ संगठन,
प्रतिष्ठान वा दल् लगायत कुनै सभा, गोष्ठी, अन्तरक्रिया, सम्मेलन वा निर्णय प्रक्रियामा अर्थपूर्ण
सहभागिताको रुपमा महिलालाई प्रतिनिधित्व गराइन्छ ती मध्ये अधिकांश त नाम र कोरम
(प्रक्रिया) मात्रको लागि महिला सहभागिता देखिन्छ। यहा त महिलाहरुलाइ प्रतिनिधित्व गराई
बहुमत पुगाउने र तालि बजाएर सहमति लिने काम मात्र भैरहेको देखिन्छ। वास्तवमा
महिलाहरुलाइ पनि निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउनको लागि सर्बप्रथम
महिलाहरुलाई सक्षम र क्षमता बिकास गराउदै नीति र नियतले व्यवहारमा उतार्नु पर्छ। अतः
महिला शसक्तिकरण अबको आवश्यकता बनेको छ।
अन्ततः बेटी बचाउनको लागि बेटिलाई पढाएर मात्र हुदैन। बेटीप्रतिको उपेक्षा, शोषण, हिँसा,
दुर्व्यवहार र भेदभाव हटाएर बेटिलाई बेटा सरहको व्यवहार गरेर देखाउनु पर्दछ समाजले र
देशले अनि मात्र बेटी बचाउन सकिन्छ। त्यसैले, आजै देखि आऔं र सबै मिलि कसम खाऔ।
छोरीलाइ पनि छोरा सरह सम्मान र अधिकार दिउ।
– शैलेन्द्र त्रीपाठी
समाजसेवी
– पर्सा

प्रतिक्रिया दिनुहोस्