Logo

धरोहर निर्माणको तेस्रो खुट्किलो



दुई सत्र गरी झन्डै तीन सय मानिसको २४ घन्टे खटाईको परिणामस्वरुप नेपाली इतिहासको एउटा महत्वपूर्ण पाटोको रुपमा रहेको धरहराको पुनर्निर्माणले शनिबार तेस्रो तला छोएको छ । पाँच रोपनीबाट ४२ रोपनीको फैलावट, भुकम्प प्रतिरोधी संरचना र पुरानो धरहराको यथारुपमा संरक्षणमार्फत इतिहाससँग साक्षात्कार । बालकदेखि वयोवृद्धले लिफ्टमार्फत माथिल्लो तलामा पुगेर काठमाडौं उपत्यकालाई चराले जस्तै गरी नियाल्न सक्ने अद्भूत अवसर ।


टुँडिखेलसँगै राजधानी भित्रिएका नेपालीले रमाउन सक्ने अर्को गन्तव्यको रुपमा तयार हुँदैछ धरहरा । जसको अनुभूति विगतमा जस्तो परबाट हेरेर मात्र होइन टुप्पामै पुगेर गर्न सकिने छ ।
 गतिमा तेस्रो तला
सबैको छुटिको दिन शनिबार धरहरा निर्माणको जिम्मा पाएको जिआइइटिसी (रमन जेभी) कम्पनीका परियोजना व्यवस्थापन श्यामचन्द्र श्रेष्ठ सेतो हेलमेट पहिरिएर निर्माणाधिन धरहराको जगबाट तेस्रो तलाको ढलानको सुपरिवेक्षण गरिरहनुभएको थियो । उहाँलाई घामछायाँले धरहरा निर्माणको अवस्था र गतिको बारेमा सोधेको थियो ।
श्रेष्ठका अनुसार अहिले धरहराको दुई वटा तलाको निर्माण सकाएर तेस्रो तलाको निर्माणको क्रममा छ । कुलमा धरहरा निर्माणको ३३ प्रतिशत भौतिक काम सकिएको अवस्था छ । अहिले १५ दिनमा एक तलाको लक्ष्य बनाएर गरिएको कामले गति लिइरहेको छ ।

संग्रहालय र पुरानोको संरक्षण   

धरहरा परियोजनाले पुरानो स्वरुपमा धरहराको निर्माणसँगै थप तीत वटा काम एक साथ गर्दैछ । यसमा केही समय अघिसम्म हुलाक कार्यालय रहेको स्थानमा तीन तले भूमिगत पार्किङस्थल बन्दैछ । यसका लागि पाइलिङ लगायतको काम भइरहेको छ । यसअघि टक्सार भएको स्थानमा मुख्य संग्रहालय र त्यसको अगाडी खाजा घर बन्दैछ ।
यसपछिको सर्वाधिक जनचासोको काम पुरानो धरहरालाई भूकम्पको बेला जस्तो भत्किएको थियो त्यस्तै स्वरुपमा पुरै १२ एमएमको शिशाले छोपेर राख्ने हो । यसले आगामी पुस्तालाई विसं २०७२ सालको भूकम्पको प्रभावसँग साक्षात्कार गराइरहने छ । त्यसपछि राजधानीको अर्को धरोहरको रुपमा रहेको सुन्धारालाई मौलिकरुमा संरक्षण गर्दै त्यो धाराबाट पानी आउने र उपयुक्त निकासहुँदै जानेसम्मको व्यवस्था गर्ने दायित्व पनि निर्माण कम्पनीकै छ ।

प्रतिकुलता सँगै जुधेर
अहिले त चार मध्ये धरहरा र तीन तले भूमिगत पार्किङको निर्माणमै सम्पूर्ण जनशक्ति जुटिरहेको श्रेष्ठ बताउनुहुन्छ । यति काम सुरु गर्न पनि निर्माण हुँदै राजधानीका अन्यत्र भागमा पुर्याइएका खाने पानी, ढल, टेलिफोन र विद्युत्तका गरी हजारौं भूमिगत लाइनलाई पन्छाउनु थियो । अहोरात्र काम गर्दा पनि झन्डै छ महिना त्यसैका लागि मात्र लागेको उहाँ बताउनु हुन्छ ।
यि दुई वटाबाहेक संग्रहालय र खाजा घर आदिका लागि सरकारबाट औपचारिक रुपमा निर्माणस्थल हस्तान्तरण भइसकेको छैन । पुरानो धरहराको संरक्षणका लागि भने विभिन्न विषय विज्ञसँग सम्पर्क गर्दै योजना बनाउने क्रम चलिरहेको श्रेष्ठ बताउनु हुन्छ ।
नयाँ बन्ने धरहरा पनि भत्किनु अघिको धरहरा जस्तै उही र उस्तै रुपमा हुनेछ । उही आकार र स्वरुपका ढो्का, त्यस्तै खालका झल्यालहरु, प्रत्येक तलामा रहेका उस्तै रिंगजस्ता बुट्टाहरु र त्यसको शीरमा पुरानै धरहराको गजुर ।
‘फरक यति मात्र हो, यो धरहरा आधुनिक निर्माण सामग्री सहित र भूकम्प प्रतिरोधी हुनेछ’, उहाँ बताउनु हुन्छ । एृेतिहासिक धरोहरको रुपमा रहेको धरहरा १९९० सालको भूकम्पपछि चुना, सुर्की र इँटाबाट बनाइएको थियो जुन अहिलेको स्थितिमा घनाशहर बीचको भीमकाय संरचनाको रुपमा रहेको थियो । भूकम्प प्रतिरोधी नहुँदा ढल्दासमेत जनधनको क्षतिहुने अवस्था थियोभने अब कंक्रिट र रडको प्रयोग गरी भुकम्प प्रतिरोधी बनाइएको छ ।

नयाँ बन्ने धरहरा पनि भत्किनु अघिको धरहरा जस्तै उही र उस्तै रुपमा हुनेछ । उही आकार र स्वरुपका ढो्का, त्यस्तै खालका झल्यालहरु, प्रत्येक तलामा रहेका उस्तै रिंगजस्ता बुट्टाहरु र त्यसको शीरमा पुरानै धरहराको गजुर

उत्साहको बलमा चुनौति पन्छाउँदै

निर्माण व्यवस्थापक श्यामचन्द्र श्रेष्ठ

सबै भन्दा महत्वपूर्ण कुरा त जुनसुकै उमेर र शारीरिक अवस्थाका व्यक्तिले पनि ‘धरहराबाट काठमाडौं हुेर्ने रहर सहजै पुरा गर्न सक्ने छन् । किनकी पुरानो धरहरामा रहेको भ¥यांग सहित स्वचालित लिफ्ट व्यवस्था पनि बन्दै गरेको धरहरामा हुने छ ।
बन्ने धरहरा २२ तले अर्थात् पुरानो धरहराको तुलनामा अग्लो हुने छ त्यहाँबाट एकै पटकमा ५० जनाले काठमाडौंको दृश्य हेर्न सक्नेछन््् । सोही तलामा रहने स्क्रिनमा पुरानो धरहराको इतिहास र नयाँ बनेको धरहराको स्वरुपबारेको जानकारी पाउने छन् ।
यी विशेषताहरुसँगै धरहरा निर्माण जटिलताहरु सँगसमेत जुधिरहेको छ । किनकी उभिएको जमिनको छ मिटर देखि पानीको तह सुरु हुने हुनाले जग र झन्डै १२ मिटर तल भूमिगत पार्किङ निर्माणमा जमिनमुनीको पानी तह लगाउन ठूलै संघर्ष गर्नु परेको अवस्था छ । त्यसबाहेक चार वटै निर्माण स्थल औपचारिक रुपमा हस्तान्तरण नभइसकेका कारण अर्को जटिलता थपिएको छ ।

मुख्य पर्यटन गन्तव्यको पंक्तिमा
जटिलता रहे पनि धरोहर निर्माणको गौरव त्यसको तुलना कयौं गुणा बढी भएको श्रेष्ठ बताउनुहुन्छ । यसअघि करिब पाँच रोपनी क्षेत्रफलमा मात्र सिमित धरहरा सुन्धारा क्षेत्र अब ४२.२ रोपनीको खुला तथा हरियाली र फोहरासहितको रमणीय स्थलमा परिणत हुँदैछ । बिहान, दिउँसो र बेलुका राजधानीबासी र काम विशेषले राजधानी आएकाहरुको डुल्ने स्थलमा समेत परिणत हुँदैछ धरहरा । ‘यती मात्र होइन राजधानीमा आएका स्वदेशी र विदेशी पर्यटकको एउटा अनिवार्य गन्तव्यसमेत धरहरा हुनेछ’, श्रेष्ठ भन्नु हुन्छ ।

अहिलेकै गतिमा काम हुँदा अबको करिब ११ महिना अर्थात् सन् २०२० को सेप्टेम्बर सम्ममा धरहराको गजुर हाल्ने सम्मको काम समापन भइसक्ने श्रेष्ठ बताउनु हुन्छ । यससँगै तलबाट फिनिसिङ गर्दै लगेर संग्रहालय, सुन्धारा लगायतका काम पनि अघि बढाइने जानकारी पनि उहाँले दिनुभयो । पुरानो धरहरा संरक्षणका लागि पुरातत्व विभागका विज्ञसँग पनि परामर्श गरिएको उहाँलृे बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्