Logo

थपिए ४ हजार बढी संक्रमित



काठमाडौं । असोज ३० । नेपालमा कोरोनाको संक्रमण एकैदिनमा
४ हजार ३ सय ९२ जनामा पोजेटिभ देखिएको छ ।
गत २४ घण्टामा १६ हजार ५ सय ३१ जनाको परिक्षण गर्दा यो संक्रमण देखिएको हो। यसरी देशभर हालसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख २६ हार १ सय ३७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हाल देश भर सक्रीय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५ सय २२ रहेको छ ।

यो सङ्गै नेपालमा अहिले सम्म ८८ हजार ४० जना संक्रमण बाट मुक्त भएको मन्त्रालयका प्रवक्ता डांं गौतमले जानकारी दिनुभयो ।
हाल सम्म ३१५ जना आइसियुमा छन र ती मध्ये ७७ जना भेन्टिलेटरमा छन । गत २४ घण्टामा २१ जनाको मृत्यु भए पछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ७ सय १५ पुगेको छ ।

Share this:

प्रतिक्रिया दिनुहोस्