Logo

सुरुङको पल्लो छेउ देखिँदैछ आभा



काठमाडौं : सोलुखुम्बुस्थित खुम्बु गाउँमा विगत पाँच वर्षदेखि अल्पाइन नामक होटल चलाएर बसेका वाङछे शेर्पाको अर्को आयस्रोत रहेको ट्रेकिंग गाईड पनि सुस्ताएको छ । दुबै नभएपछि उनको दैनिकी खेतिपातीमा वित्छ । “यही पनि नभएको भए यतिबेला के पो गर्ने होला ?” सोच्दा कहाली लाग्दो अवस्था छ अहिले । तर पनि कुनै न कुनै विन्दुमा अहिलो कठिन अवस्था ओह्रालो लाग्ने विश्वासका वाङछे जस्तै अरु खुम्बु बासीलाई छ । पर्यटन क्षेत्रमा राम्रै कमाइ हुन्थ्यो । तर यो अहिले सून्यमा झरेका बेला अहिले पुर्खादेखि नै खनिखोस्री गरेको जमिनमा सबै गाउँले लागेका छन् ।

solu
वाङछे जस्तै खुम्बुमै विगत् आठ वर्षदेखि ट्रेकिंगमा आबद्ध रहेका आङ छिरिङ शेर्पा पनि अहिले कृषि र घराइसी काम मै व्यस्त हुनुहुन्छ । सँधै जसो घर बाहिर रहेका उहाँलाई अहिले घर बस्दा रमाइलो पनि भएको छ । अहिलेको अवस्था जे छ त्यसमै खुसी भइ बसेको छु, उहाँ भन्नुहुन्छ । कोरोनाको माहामारीलाई हामीले केही गर्न सक्दैनौ, त्यसैले पर्खिने मात्र भएको धारणा पनि उहाँको छ । मन भुलाउन साथीभाइसगँ घुमघाम र अन्वेषणसमेत् गर्ने सोज राखेको उहाँले बताउनुभयो ।
तीस वर्षदेखि सोलुखुम्बुकै नाम्चे बजारमा पानोरमा लौज सन्चालन गर्दै आउनु भएका मिङमा ग्याल्जेन शेर्पाका महामारीकै कारण आय आर्जनमा निकै गिरावट आएपछि पहिले कै बचतबाट गुजारा चलाउदै गरेको बताउँनुहुन्छ । पर्यटक भित्रिए अक्टुबर १७ बाट केहि राम्रो होला कि भन्ने आशा पनि उहाँको छ । “हरेक वर्ष खुम्बु क्षेत्रमा आउने पचासहजार भन्दा बढी संख्याका पर्यटकहरुले दिने रोजगारी र व्यापार यसपाली सुन्य छ, कसरी टिक्नु उहाँको भनाई छ ।

खुम्बु क्षेत्रमा कोभिड–१९ का बिरामी अन्यत्र जस्तो धेरै देखिएका छैनन त्यसैले आन्तरिक पर्यटकहरु फाटफुट रुपमा घुम्न थालेका पनि छन् । तर पनि व्यवसायीको अपेक्षा भने विदेशी पर्यटक नै हुन् । हाम्रो लौजमा ६० प्रतिशत अन्तराष्ट्रिय पर्यटकहरु दोहोर्याएर आउने गरेका थिए । ति मध्येकै केही पर्यटकहरु हरुले चासो देखाएर “आर यु ओपन” (तपाईको होटल खुल्लै छ ?) भनि रहेकोे जानकारी उहाँले दिनुभयो । उहाँका अनुसार अलि अलि आउने आन्तरिक पर्यटकबाट व्यवसाय फेरी चल्ने भो भन्ने सँगै कोरोना संक्रमण डर पनि बढने गरेको छ । त्यसैले आगन्तुकहरुलाई ७२ घण्टा भित्रको पीसिआर रिपोर्ट बुझाउन अनिवार्य गरिएको छ ।


व्यवसायमा ठूलै धक्का लागेको अवस्था भए पनि स्थानीयहरुले हाँसी खुसी बस्न बने छोडेका छैनन् । अहिले “मुटुमाथि ढुंगा राख हास्नु  पर्या  छ”,ग्याल्जेन बताउनुहुन्छ ।

नाम्चेबजारमै विगत बाह्र वर्षदेखि शेर्पा बरिस्ता क्याफे संचालन गर्दै आउनु भएका, पासाङ छिरिङ शेर्पा पहिले आठ सय देखि एक हजार दुई सय भन्दा अधिक पर्यटकहरु आउने गरेकोमा अहिले बिजोक भएको बताउनु हुन्छ । अन्यत्र त असर परेको छ भने अधिकांश व्यक्ति पर्यटन मै आधारित रहेको यहाँ त झन् के भएको होला ? उहाँको प्रश्न छ ।
अहिले यति एयरलाइन्स र हनी गाइड प्याकेज ल्याएपछि थोरै भए पनि स्वदेशी पर्यटकहरु काठमाडौंबाट आउन थालेका छन् । हप्तामा पन्ध्रदेखि बीसजना सम्म आन्तरिक पर्यटकहरु आउन थालेका कारण अलि अलि व्यापार चल्न थालेको छ । धेरै जस्तो नेपाली पर्यटकमा नाम्चे महँगो छ भन्ने छाप परेकोमा त्यो विस्तारै हटने शेर्पा बताउनु हुन्छ । व्यवसायीलाई फेरि पनि प्रतिक्षा त विदेशी पर्यटक कै छ ।

 

 

प्रतिक्रिया दिनुहोस्