Logo

मास्कले छोपेको दसैं बजार 



हामीले ग्राहकहरुका लागि सेनिटाइजर राखेका छौ । कोहि ग्राहकहरुले मास्क नलागाएको अवस्थामा मास्क पनि दिने गरेका छौ साथै हामीले हरेक दिन आफ्नो पसल पनि सेनिटाइज गने गरेका छौँ । कर्मचारीहरुलाई पनि मास्क राम्ररि  लगाउन र सामाजिक दुरी कायम गर्न समेत भनेको पिपुल एस इस्माट, न्यूड पसलका संचालक केशब उपाध्यायले बताउनुभयो ।
“कोरोनाको माहामारीका कारण व्यापार चाहि सोचे जस्तो छैन्, पहिले राम्रो व्यापार हुन्थ्यो । दशै नजिक भएता पनि कोरोना भाइरसका कारण ग्राहकहरु किनमेलका लागि आउन डराएका छन् “,भन्ने उहाँले बताउनुभयो ।
इमानुअल मोबाइल कियर प्र.लि का कर्मचारी शिव तामाङ पनि, “ग्राहकहरुको चहलपहल धेरै कम भएको र पहिलेका ग्राहकहरु साथै अनलाइनबाट चाहि सामानहरुको अर्डर आउने क्रम  बढेको  ”  । ” हामीले सेनिटाइज र मास्कको प्रयोग अनिवार्य गरेका छौ ।” बताउनुहुन्छ ।
यसैगरि जोशी भ्याग सोपका संचालक राहुल जयस्वालले पनि “आफ्नो पसलमा सेनिटाइज र मास्कको प्रयोग अनिवार्य गरेका छन् । समय–समयमा सेनिटाइजको प्रयोग गर्ने गरेको छौ । कोरोना भाइरसले सबै व्यापार यस्तै भएको छ, पहिले ८० हजार रुपैयाँ  सम्म हुने व्यापार अहिले १० हजार हुन पनि गाह्ररो, उहाँले बताउनुभयो ।

बौद्धस्थित बस्दै आइकी निमा लामा मोबाइल खरिद गर्न आउनु भएको थियो । “लामो समयदेखि घरभित्र बस्न बाध्य भएका हामी लकडाउन खुुकुलो भएपछि मोबाइल किन्न आयौं । “आफनो साथीसँग इमानुअल मोबाइल कियर प्र.लि मा मोबाइल किन्दै रहेकी उहाँले घामछायाँ डटकमसँग भन्नुभयो।
“कोरोना भाइरसको डर त छ तर हामी पूरा सुरक्षा अपनाएर हिडेका छौँ । पसलेहरुले पनि आफूले सक्दो सुरक्षा अपनाएको महसुस पनि हामीले गरौ । यसरी सरकारले लकडाउन मात्र गरेर भाइरस नलाग्ने होइन हामी सबैले सूरक्षा अपनाएमा सहज हुने हो” उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्