Logo

निको हुने प्रतिशत बढ्यो, संक्रमण दर उच्च नै



काठमाडौं, नेपालमा गत २४ घन्टामा १ हजार १ सय ७० जना व्यक्तिलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या छ मन्त्रालयको आजको नियमत राष्टिय अप्डेट कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार गत २४ घन्टामा १० हजार ८ सय ७८ जनामा पिसिआर परीक्षण गरिएको थियो । हालसम्म कुल ५५ हजार ३ सय २९ जना नेपालीमा कोभिड १९ संक्रमण भएको छ ।
डा गौतमका अनुसार कोरोना संक्रमण मुक्त भई घर जानेको संख्या ८ सय ५९ रहेको छ ।
यसरी कोरोनाबाट संक्रमणबाट मुक्त हुनेको संख्या आजसमेत गरी कुल ३९ हजार ५ सय ७६ पुगेको छ ।
गत २४ घन्टामा १५ जनाको निधन भएपछि कोरोनाबाट निधन हुनेहरुको संख्या ३ सय ६० पुगेको छ ।
यसै गरी हाल १ सय ७९ आइसियुमा छन् भने भेन्टिलेटरमा २९ रहेका छन् ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या ६ हजार ८ सय ९२ रहेको छ भने सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ रहेको छ । आजसम्म जम्मा ८ लाख ५१ हजार ४ सय ५ वटा पि.सी.आर परिक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्