Logo

८ सय ९९ थपिए, ५ सय ८८ निको



काठमाडौं  : नेपालमा गत २४ घन्टामा थप  १ हजार २ सय २१  जनामा  कोभिड १९  संक्रमण देखिएको छ । यो समेत गरी हालसम्म कुल  ३८ हजार ५ सय ६१ जना नेपाली कोभिड १९ बाट संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार  गत २४ घन्टामा कुल  ८ सय ९९  जनाको पिसिआर परीक्षण गरिएको थियो । आजसम्म कुल ६ लाख ८३  हजार २ सय ४२ जनाको पिसिआर परिक्षण गरिएको छ।

प्रवक्ता गौतमका अनुसार काठमाडौ उपत्यकामा २ सय ९८ जनामा कोरोना संक्रमण  देखिएको छ।  यसै अवधिमा  काठमाडौंमा  १ सय ९० , ललितपुरमा ६७ र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण भएको छ ।
कुल संक्रमित मध्ये  १  सय ३२ ब्यक्ति सघन उपचार कक्ष आइसियुमा छन् भने ति मध्ये १६ जना भेन्टिेलेटरमा छन् ।

गत २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भएर घर जानेको संख्या ५ सय ८८ रहेको छ । यसरी  कोरोनाबाट सन्क्रमणबाट मुक्त हुनेको संख्या आजसमेत गरी कुल २१ हजार ४ सय १० पुगेको  छ । यो कुल संक्रमणको ५४ प्रतिशत हो।

गत २४ घन्टामा चार वर्षे बालिका सहित ७ जना थपिएपछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने २ सय  २८ पुगेको छ ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या  ७ हजार ३ सय ३७ रहेको छ भने सक्रिया संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्