Logo

पर्यटन बचाउन यसो गरौं ,,,



कोरोना भाइरस सिर्जित यो आधी  बेहेरिमा पर्यटनको दीयो निभ्छ कि जस्तै गरि धिप धिप्प गरिरहेको छ । तै पनि मरेको छैन अंझ आशा    ।                                                                  COVID-19 माहामारी मा हम्रो पर्यटन विश्वलाईनै आक्रान्त बनाईरहेको कोभिड-१९ माहामारीले मानब जीवननै प्रभाबित बनिरहेको यस परिस्थितिमा सम्पुर्ण उध्योग ब्यवसाय पनि प्रभाबित नै छ । त्यसमा पनि पर्यटन उध्योग अझै प्रभाबित भएको छ।
जतिसुकै उत्कृष्ट पर्यटकीय गन्तब्य भएपनि पर्यटन भनेकै मानिसहरूको हिडडुल, आवत जावत नै हो। यस महामारीबाट बच्ने उपाय भनेकै सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले पर्यटकहरूको आवागमन रोकिएको छ जस्ले गर्दा पर्यटन ब्यवसायको अनिश्चितता बढेको छ। विश्वमा हुने साना-ठुला सबै खाले घटनाहरूले सर्वप्रथम प्रभाबित पार्ने यो ब्यवसाय संवेदनशिल, जोखिमयुक्त् ब्यवसाय हो। यो परिस्थितिमा पर्यटन मानिसहरूको आवश्यक्ता भित्र पर्दैन। यो महामारी पुर्ण रुपमा नियन्त्रणमा नआए सम्म पर्यटकहरूको भ्रमण गर्ने योजना नबन्ने हुँदा सामान्य अवस्था नआए सम्म पर्यटन क्षेत्रलाई कसरी बचाउने भन्ने नै अहिलेको मुल प्रश्न हो।

हालको परिस्थितिमा बिशेषगरी पर्यटन क्षेत्रमा लगानी गर्ने लगानीकर्ता हरुमा आफ्नो लगानी र ब्यवसायलाई कसरी बचाउने भन्ने एक प्रकारको अत्यास देखिएको छ। पर्यटन एउटा यस्तो ब्यवसाय हो जुन हामी कच्चा पदार्थ आयात नगरी विश्व बजारमा हम्रो product हरूको प्रचार प्रसार गरी पर्यटन भित्र्याएर उनिहरूलाई गांस, बाँस, कला, संस्कृति, मनोरन्जन देखि अन्य सेवाहरू बिक्रीगरी बिदेशी मुद्रा आर्जन गर्न सक्छौँ। यस सँगसंगै जोडिएका अन्य ब्यवसाय तथा यसले समाजमा पुर्याएको योगदानको बिषयमा त अझै गहिरो अध्यन नै भएको छैन। त्यसैले अन्य उद्योगसङै यो ब्यवसायलाई पनि एउटै डालोमा राखेर हेर्नेहो भने पर्यटनका लगानीकर्तालाई अन्याय हुन जान्छ। नेपाली सन्दर्भमा केही समय यता पर्यटन क्षेत्रमा थुप्रै लगानी आकर्षित भएको देखिन्छ। साना-ठूला लगानीकर्तादेखि नेपालका औध्योगिक घरानाका परिचित अनुहार समेत पर्यटन क्षेत्रमा आँखा लगाउँदै ठूला ठूला होटेलहरुमा लगानी गरिरहेका छन्। अझ कोरोना कहर अघि त पर्यटन वर्ष २०२० लक्षित ठूला लगानीको क्रम नै बढिरहेको थियो। यसरी पर्यटन क्षेत्रमा साना ठुला गरी करीब डेड खर्ब रुपैया भन्दा बढिको लगानी रहेको देखिन्छ भने प्रत्यक्ष रुपमा करिब ५ लाख जानाले रोजगारी पाएका छन्। राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रले ४ प्रतिसतको GDPमा योगदान पुर्याएको यस क्षेत्रलाई बचाउनु सरकारको पनि प्रमुख दायित्व हो।  जनता बलियो भएमात्र सरकार र अर्थतन्त्र बलियो हुने हो।

निजिक्षेत्रले जहिले पनि सरकारको कमजोरी देख्ने र सरकारले निजिक्षेत्रलाई बढि नाफामुखि वा ब्यापारमुखि देख्ने एक खालको पुरानो रोग भनौ या प्रवृतिलाई अन्त गरी यो ब्यवसाय सामान्य अवस्थामा नफर्कदासम्म बचाई राख्नु ब्यवसायी र सरकार दुबैको दायित्व हो। आर्थिक बर्ष २०७७/७८ को बार्षिक बजेट तथा हालै राष्ट्र बैंक बाट घोषित मौद्रिक नीतिले केही हद्दसम्म संबोधन भएपनि यो पर्याप्त छैन। प्रमुखत ३ प्रकारका समस्याबाट ब्यवसायी गुज्रीरहेका छन्। सर्व प्रथम श्रमिकहरूप्रतिको दायित्वको बोझ हम्रो परम्परागत श्रम नीति तथा श्रमिक ट्रेड युनियन हरूको कारण ब्यवसायीहरूले आफ्ना श्रमिक कटौति तथा ब्यवस्थापन आफु अनुकुल गर्न सक्दैनन्। दोश्रो बैंकको किस्ता तथा ब्याजको बोझ देखिन्छ। तेश्रो लीज तथा घर भांडामा लिएर ब्यवसाय गर्ने ब्यवसायीहरूलाई लीज तथा भांडाको समस्या छ। यस्तो अवस्थामा यदि पर्यटन क्षेत्रलाई बचाउने हो भने राज्यले कम्तिमा ३ बर्षे योजना बनाई श्रमिकहरूको तलब लगाएत ब्याज ब्यवस्थापन गर्न निर्ब्याजी ऋणको ब्यवस्था गर्नुपर्ने आवश्यक्ता छ। अस्तित्वमा रहेको ऋणको ब्याजलाई न्युनिकरण गरी किस्ता तिर्ने समय कम्तिमा २ बर्ष सारिनुपर्ने छ र तेश्रो बर्षदेखि मात्र ब्याजमा सरलीकरण गर्दै सावाँ ब्याज तिर्नेगरी ब्यवस्था गरिदिन आवश्यक छ। कम्तिमा २ बर्ष पर्यटन ब्यवसाय सामान्य अवस्थामा आउने देखिदैन। करिब २ बर्ष कम्तिमा ५०% मात्र कर्मचारीहरूको न्युनतम तलब ब्यवस्थापन गरी बाँकी ५०% कर्मचारीहरूलाई बेतलबी बिदामा राख्नेगरी नीतिगत ब्यवस्था गरीन आवश्यक छ। मरेको छैन अझ आशा। भनिन्छ बिनासले बिकास निमत्याउँछ। एकदिन पक्कै पनि मानबजातिले यो विस्वब्यापि रुपमा रहेको कोरोना माहामारीमाथी जीत हाशिल गर्ने छ र पर्यटन ब्यवसायमा हामी पुरानै लयमा फर्कने छौँ। यो समयलाई ब्यवसायीहरूले समय ब्यतित गर्ने मात्रै नभई कोरोना माहामारी पछी अझ विश्व बजारमा प्रतिस्पर्धी कसरी बन्न सकिन्छ र पर्यटकलाई दिने गुण्स्तरिय सेवा सुविधा कसरी अझ स्तरीकरण गर्न सकिन्छ भन्ने बिषय मा यो समयलाई सदुपयोग गर्न सकछौँ।                     बिगतमा नेपालले धेरै राजनैतिक अस्थिरता भोग्नुपर्यो।  बिभिन्न किसिमका आन्दोलन, बन्द, हड्ताल र हामीले पर्यटकलाई दिने सेवा सुबिधाको गुणस्तरमा समेत कमि आएको कारण, राज्य समयन्त्रको अस्त व्यस्तता फोहोर मैला ब्यवस्थापन हुन नसक्नु सडक तथा बिमान स्थल जस्तो भौतिक पुर्वाधारको अवस्था एकदम कमजोर भएका कारण नेपाल घुम्न आउने स्तरीय खर्चालु पर्यटकहरू बिस्तारै विश्वका अन्य गन्तब्य तिर मोडिन थाले। यो संगै संख्या बढाउने नाम मा पर्यटन ब्यवसायीहरू बीचमै लाज मर्दो अश्वस्थ फोहोरी प्रतिस्पर्रधाले पनि बजार खस्कीएको अवस्था छ। सरकारले भन्ने गरेको आर्थिक समृद्द नेपाल पक्कै बनाउने हो भने वास्तबमै पर्यटन नै मुख्य आधार बन्न सकछ। विश्व पर्यटन बजारमा समेत प्रतिस्पर्धा हुने खाल्को पर्यटन मैत्री नीतिनियम को तर्जुमा, बिभिन्न भौतिक पूर्वाधारको सुधार, निर्माण, एतिहासिक, सांस्कृतिक, पुरातात्विक सम्पदाहरूको पुर्णनिर्माण, संरक्षण, सम्बर्दन गर्दै भौतिक बिकास निर्माणमा हम्रो आफ्नै संस्कृति र मौलिकता झल्काउन भुल्न हुँदैन। हाम्रो जस्तो कृषि प्रधान देश कृषिलाई प्रत्यक्ष रुपमा पर्यटन संगै जोड्दै बिभिन्न खाले खाद्यवस्तु, पसुजन्य वस्तुहरू पेयपदार्थ हरू तथा बिभिन्न बिदेशी ब्राण्डका मदिराहरूको आयातलाई न्युनिकरण गर्दै नेपालमै उत्पादित फलफुलहरू तथा खाद्यबस्तु बाट उच्च स्तरको मदिरा उत्पादन तथा बिक्री बितरण गर्न सकिने गरी हाल बिद्यमान नीति कानुनहरूलाई परिमार्जन गर्न जरुरी छ। जसले गर्दा हमीले विदेशीने करोडौ रकम बचाउन सकछौँ।                        हजारौँ रोजगारी सृजना गर्न सकछौँ। नेपालमा हाल आन्तरिक पर्यटकको हिस्सा केवल १८-२०% मात्र रहेकोले हामी विदेशी पर्यटकहरूकै भर पर्नुपर्ने भएकाले कसरी विश्व बजारबाट स्तरीय तथा खर्चालु पर्यटक भित्र्याउन सकिन्छ भन्ने तर्फ ध्यान केन्द्रित गर्दै यस्को लागि ठोस नीति सहित तयारी गर्नु आवश्यक छ। धार्मिक, सांस्कृतिक हिसाबमा हामी विश्वमै अब्बल त छँदै छौँ अब परमपरागत हिसाबले पशुपतिनाथ, बुद्द, सागरमाथा मात्र नभई प्राकृतिक भौगोलिक भु-बनावट तथा प्राकृतिक सौन्दर्यताले पनि नेपाल विश्वकै उत्कृष्ट गन्तब्य हो। अझ साहसिक पर्यटनको लागी पनि उत्कृष्ट छ। WTO को एक तथ्याकं अनुसार ४०% पर्यटक विश्वभर साहसिक पर्यटनको लगी घुम्ने गर्छन्। साहसिक पर्यटनको लागी जस्तै: bunjee jumping, paragliding, air balooning, zipline, mountain biking, rock climbing, white water rafting, canyoning, sking, ice sketting, mountain marathon, high-land sports, kayaking, को लागी विश्व बजारमा पर्याप्त marketing गर्ने र अन्तराष्टीय स्तरका खेलहरुको आयोजना तथा अझ विदेशी प्रायोजकहरूलाई भित्र्याउन पर्दछ। sathai gulf, elephant polo जस्ता खेलहरूको पनि आयोजना गर्न सकिन्छ। हिमाल आरोहण लाई अझ सहज बनाउनुपर्छ। नयाँ नयाँ हिमश्रृ़ंखलाको लागी पनि आरोहण खुल्ला गर्न जरुरी छ। पर्यटन बिकासको नाममा हाल निर्माण भईरहेको view tower, hill station, जुन प्राकृतिक बनजंगल विनास गरी निर्माण गर्ने क्रम रोक्नुपर्छ। नया adventure trekking trail route हरूको बिकास गर्नु पर्दछ। अझै लुकेर बसेका बिभिन्न प्राकृतिक गुफाहरू(caves), झरनाहरू(falls) हरू सम्मको पहुँच बढाउन भौतिक पूर्वाधारको बिकास हुनुपर्दछ। बिभिन्न खाले research हरू जस्तै चराचुरूंगी, बनस्पति, बन्यजन्तु आदि अनुसन्धान का लागी आउन चाहने पर्यटकहरूलाई पनि विश्व बजारमा प्रचार प्रसार गर्नु पर्दछ। अन्तत समग्र पर्यटन बिकासकोलागी राज्यले दीर्घकालीन ठोस नीति निर्माणको लागी परमपरागत पर्यटन नीतिमा सुधार गर्न ढीला गर्नैहुन्न। पर्यटन बिकासका लागी सरकार द्वारा स्थापना भएका सम्पुर्ण निकायहरू अझ सक्रिय हुन जरुरी छ। यस व्यवसायमा संलग्न सम्पुर्ण व्यवसायीहरूले पनि अस्वस्थ प्रतिस्पर्धा नगरी व्यवसायीक गुणस्तरिय सेवा सुबिधामा जोड दिन जरुरी छ। ग्रामीणमुखि पर्यटनको अवधारणालाई बिकास गर्दै समग्र नेपाली समुदायलाई समेत पर्यटन मैत्री बनाउन सके भविष्य उज्वल छ। –  (लेखक बिगत २५ बर्ष देखि पर्यटन क्षत्रसँग समलंन रही हाल चित्लाङ रिसोर्टको संचालक हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्