Logo

वियोगान्त सिर्जनामा किन धेरै आकर्षण ?



संयोगान्त नाटक ,कथा र उपन्यासहरु एकैछिन हेरुञ्जेल रमाईला लाग्छन् । सबै कुरा शान्तिपूर्वक मिलिरहेकै हुन्छन् । तर यस्तो साहित्यले तक्षण हाँसोको रमाईलो मात्र प्रदान गर्दछ । यसको उडान सतहमा मात्र हुन्छ यसमा भावनाका उचाई र गहिराई हुँदैन भएपनि ज्यादै कम मात्र हुन्छ आनन्दमा आनन्द नै मान्नु र दर्दमा दर्द भएकै अनुभब गर्नुको अबिधा अर्थमात्र प्रकट भएको हुन्छ ।

पाठकलाई बढि मर्माहत पार्ने मुर्छना दिने र भावनाभूतिको गहिराईमा पु¥याउने काम साहित्यको लाक्षणिक अर्थबाट मात्र पुरा हुन्छ । त्यस्तै ब्यञ्जनले पनि ब्यङ्गात्क अर्थ बताएर पाठक वा द्रष्टालाई आल्हादित तुल्याउँछ । हुनत अबिधा अर्थ अभिब्यक्त हुने साहित्यले पनि पाठक वा द्रष्टालाई बेस्सरी छुन्छ तरपनि त्यसबाट खासै परिवर्तन उर्जाहरु उत्पादन हुँदैनन् र जति साहित्यले दिएको छ त्यत्ति मात्र रोजकतामा संयोगान्तको अध्याय समाम्त हुन्छ ।
कसैको हाँसो ा मुस्कानको जवाफ हाँसेरै दिनु अभिदाको अर्थ उद्बोधन हो । हाँसोलाई गम्भिर भएर बुझ्दै त्यसभित्रको भाबार्थ ब्यञ्जनातिर बिश्लेषण गर्न सुरु गर्नचाहिँ हाँसोको लक्षण बृत्ति फेला पार्न खोज्नु हो
त्यतीखेर मन मष्तिस्कले धेरै कसरत गर्न थाल्छ र बैधिक उर्जा बढिरहेको हुन्छ । मिहेनत पछिको अनुभूतिको प्र्राप्ति पनि उच्चकोटिकै हुन्छ । त्यतीमात्र नभएर उपन्यास,नाटक वा कथाका पात्रहरु पिडा र यातनामा रहँदासम्म पाठकले पनि उहि पिडा र यातनाकै गहिराई सहचर्य गरिएको हुन्छ । अर्थात् कलाजगत्को पात्रको बर्णित ब्यथाको अनुभब पाठकले पनि राम्ररी गरीरहेकै हुन्छन् ।


महाकवि लक्ष्मीप्रसाद देबकोटाको सुलोचना काब्यमा अनग्य सुलोचनाको भाबनात्मक प्रेम सम्बन्धको प्रसङ्ग निकै पिडादायक हुन्छ । सहदयि पाठकले पनि यहि पिडा अनुभब गरिरहेको हुन्छ । यतिखेर दुख हुनु र अरुलाई पनि यस्तो दुखेसो आफ्नै अर्थमा बताउनुले एउटा सतहको सम्प्रेषणको अर्थ समेट्छ भने फेरी भित्रको गम्भिर बुझाईमा त्यो पाठकलाई पनि बुझ्न खोज्ने अर्को पाठक वा द्रष्टाले सुलोचना काब्यभित्रको गहिराईमा पसेर त्यो पाठक र त्यो काब्य दुबैको लक्षणारुपी दोस्रो तहको अर्थ बुझ्न सफल बन्दछ । पाठकले काब्यको पात्र अनङ्गसँगसँगै दुखःको अनुभब गरि आफूलाई अनङ्गसँग दाँजेर हेर्छ र आफूलाई त्यहि घटना नदोहोरिएकोमा अनुभूतिको तेस्रो तहमा पाठक अनङ्गको बेदनालाई राम्ररी बुझेर त्यो दुःखरुपी बाक्राको भित्र रहेको एउटा बिषादलाई आनन्दमा अनुवाद गर्दछ । त्यसैले उ सुलोचना नाटक राम्रो छ भनेर आनन्द मान्छ । अनि यो आनन्द अरुलाई पनि बाँड्छ ।

साहित्य क्षेत्रका यसता अनुभूतिका तहहरुलाई मानब सभ्यताले उजागर गरेको शरिर र आत्माको दार्शनिक बिश्लेषणसँगै राखेर बुझ्न सकिन्छ । कुरो एकै भएपनि बुझाईका तहहरु अनेकन हुन्छन् र झन् बुझाईको गहिराई त अघाध हुन्छ । यस परिप्रेक्ष्यमा बियोगान्त साहित्य संयोगान्त भन्दा बढि प्रभाबशाली बन्दछ ,चर्चित हुन्छ र लोकप्रिय पनि ।

त्यसैले दुखका कुरा ,अरुका पिडा,अरुका कष्ट र हृदयबिदारक घटनाहरुमा मानिस कठैबरा कस्तो दुख प¥यो भन्दै त्यहि भावाभिव्यञ्जनमा भित्रपट्टिको विज बिन्दुमा उसले हल्का सन्तोष र आनन्द लिईरहेको हुन्छ । यो मानबजातिको अनौठो भाबको तह हो र यसमा बिचरण गरेर पनि पाठक हिंस्रक बन्दैन र कोमलकान्त करुण भएरै रहन्छ ।

प्रतिक्रिया दिनुहोस्