Logo

फास्टट्र्याक नेतृत्व निर्माणस्थलमै




मधेशलाई काठमाडौंसँग सर्वाधिक छोटो र छिटो मार्गबाट जोडने काठमाडौं निजगढ द्रुतमार्ग निर्माणको प्रगति बारे विस्तृत बुझ्न आयोजनाको उच्चस्तरीय टोली निर्माणस्थलमै पुगेको छ ।
आयोजना प्रमुख नेपाली सेनाका उपरथि योगेन्द्र बहादुर खाँडको नेतृत्वमा गत आइतबार देखि अनुगमन थालेको उक्त टोलीले दु्रतमार्ग निर्माणका लागि विभिन्न १० स्थानमा निर्मित क्याम्प र तिनको मातहतमा भइरहेका कामहरुबारे स्थलगत अवलोकन गरिरहेको छ । नेपाली सेनाले ७६.२ किलोमिटर लामो द्रुतमार्गमध्ये ५४ किलोमिटर क्षेत्रको मार्गाधिकार भित्र सडक निर्माणका प्रारम्भिक कार्यहरु धमाधम गरिरहेको छ । उक्त कार्य अन्तर्गत, मार्गाधिकार भित्र रुख कटान, माटो काटने तथा पुर्ने लगायतका कार्यहरु पर्छन् ।
स्थलगत अध्ययनबाट निर्माण कार्यको अद्यावधिक अवस्था बुझ्ने, निर्माणको गतिमा तिव्रता ल्याउन आवश्यक मार्गनिर्देशन दिने भएको उपरथि खाँडले बताए । टेलिफोन सम्पर्कमा उनले भने, “ सिंगो देश र जनताको चासो रहेको यो आयोजना समय मै सम्पन्न गर्न तत्काल देखिएका समस्याहरुको निकास पहिल्याउनु पर्ने हुन्छ । अनुगमनबाट दु्रतमार्ग निर्माणलाई तिव्रता दिन आवश्यक नीति तय गर्ने कार्य सहज हुनेछ ।
राष्ट्रिय गौरवको काठमाडौैैं तराई मधेश दु्रतमार्ग अर्थात् ाबकत तचबअप देशको राजधानी काठमाडौंलाई तराईसँग अहिलेसम्मकै सर्वाधिक छिटो र छोटो मार्गबाट जोड्ने सडक आयोजना हो । संवैधानिक प्रावधान र भरपर्दो विगतका आधारमा नेपाल सरकारले नेपाली सेनालाई यस दु्रतमार्गको निर्माण व्यवस्थापनको जिम्मेवारी दिएको हो ।
उपत्यकादेखि बाराको निजगढसम्म ७६.२ किलो मिटर लम्बाइको यो दु्रतमार्ग Large Bridge, Interchange हरु तथा तीन वटा सुरुङमार्ग लगायत देशको आधुनिक सडक निर्माणमा अहिले सम्मकै नविनतम् विशेषतायुक्त हुनेछ ।
द्रुतमार्गको निर्माण पश्चात राजधानी काठमाडौबाट छुटेको सवारी साधन करिब एक घन्टा अवधिमा बाराको निजगढ पुग्नसक्छ । सोही स्थानसम्म वतर्मान समयमा उपलब्ध सडक मार्गहरुबाट करिब ५ देखि ७ घन्टासम्म लाग्ने गरेको छ । दु्रतमार्गले छोटो समयमा र कम ढुवानी खर्चमै सामानहरुलाई सीमा पार पु¥याउन सहयोग गरी नेपाली व्यवसायीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धी क्षमता बढाउन समेत मद्दत गर्ने देखिन्छ । यसरी यो सडक देशको समृद्धिकै दु्रतमार्ग बन्नसक्छ ।
साथै मार्गाधिकार भित्रै बिजुली, पेट्रलियम पाइप, अप्टिकल फाइबर आदि प्रसारणलाईन बढाउन सकिने भएका कारण दु्रतमार्ग विकासका अन्य पुर्वाधारको आधार पनि हो ।

प्रतिक्रिया दिनुहोस्