Logo

आजको दिन (खुकुरी झिक्दा रूवावासी)




शुभप्रभात !! नमो नमः

आज २०७७ साल जेष्ठ ३२ गते

आषाढ कृष्ण नवमी

तदनुसार जुन १४ आइतबार 

लकडाउन: आज ८३ औं दिन


आजको कोरोना अपडेट

नेपाल

कुल पसिआर परीक्षण –१ लाख २७ हजार दुई सय ८८

कुल पोजेटिभ केस —-५ हजार ३ सय ३५

डिस्चार्जड केस —-९ सय १३

 मृत्यु —- १८  जना

क्वारेन्टाइनमा —-१ लाख ५० हजार ५ सय ४९

आइसोलेशन ~४ हजार ४ सय ४

विश्वभर

(अहिले बिहान ६ :00  बजेसम्ममा)

कुल संक्रमित : 78  लाख  55 हजार  2 सय  58 जना

निको भएका :  40 लाख 19 हजार 2 सय 33 जना

मृत्यु :   4 लाख  31 हजार  7 सय  28 जना

स्रोत:  वर्डोमिटर्स

आजको राशिफलम्

मेष राशि: धन खर्च
वृष राशि: मिष्ठान्न भोजन
मिथुन राशि: चिन्ता मुक्त
कर्कट राशि: हानी
सिंह राशि: विवाद
कन्या राशि: यात्रा
तुला राशि: अधिक व्यय
वृश्चिक राशि: असान्त
धनु राशि: चिन्ता
मकर राशि: मित्र द्वारा लाभ
कुम्भ राशि: शोक
मीन राशि: प्रसन्नता

ज्येतिष ~ उमेश दुलाल
काठमाडौंको मौसम
 वदली, केही ठाउँ वर्षा
तापक्रम
बढीमा : २७ डिग्रि सेल्सियसघटिमा : २१ डिग्रि सेल्सियससूर्योदय : बिहान ५: ०७
सूर्यास्त : साँझ ७: ००

इतिहास

खुकुरी झिक्दा रूवावासी

सन् १९८२ मा आजकै दिन फकल्याण्ड युद्धको अन्त्य भएको थियो । गोर्खाली सेनासहितको बेलायती शक्तिसमक्ष अन्र्जेटिनी फौजले आत्मसमर्पण गरेको थियो । गोर्खा शैनिकहरुका अनुसार आत्मसमर्पण गर्ने बेलामा सैनिक् प्रचलन हुनसार आत्मसमर्पण कर्ता सैनिकको बुट काटनु पर्छ । त्यसका लागि गोर्खाली सैनिकले खुकुरी निकाले पछि आत्मसमर्पण गरिसकेको अर्जेन्टिनी फौजमा रुवाबासी चलेको थियो । त्यसको कारण गोर्खाली सेनाले पछि मात्र थाहा पाए — अर्जेन्टिनी सेनामा आतंक फैलाइएको थियो, ”गोर्खाली सेनाले एक पटक दापबाट खुकुरी निकालेपछि कसैलाई नकाटी दाप भित्र फर्काउँदैनन् ”।

प्रतिक्रिया दिनुहोस्