Logo

अति सेवनले निम्त्याएको खति



 

 

ब्याक्टेरियाहरुको प्रतिजैविकी प्रतिरोध क्षमता विकसित भए पछिको यो युगमा औषधि ले कामै गर्न नसकेपछि दोस्रो विश्वविश्व युद्ध अगाडीको अवस्थामा पुग्दैछ मानिस

 

 

 

 

 

बोलीचालिमा एन्टिबायोटिक भनेर चिनिने औषधि जसको शाब्दिक अर्थ हुन्छ । प्रतिजैविक प्रतिरोध । सन् १९२८ मा अलेकजेण्डर फ्लेमिङले आकस्मिक रुपमा आविष्कार गरेका पेन्निसिलिन सँगै सुरु भएको एन्टि बायोटिक्सको इतिहास अहिले नितान्त नौलो मोडमा पुगेको छ । स्कटिस वैज्ञानिक फ्लेमिङले आकस्मिक रुपमै पत्ता लगाएको यो ओषधिले दोस्रो विश्व युद्धका घाइते सैनिकहरुलाई मर्नबाट बचाई अमेरिका र बेलायत सहितको अलाईड ग्रुपको विजय गराउन महत्वपूर्ण योगदान गरेको थियो । नत्र त्यस अघि अधिकांश सैनिकहरु घाइते हुन्थ्ये र घाउ बढदै गएपछि हात खुट्टा काट्नु पर्ने र कतिपय अवस्थामा एउटै घाउको संक्रमण फैलिँदै गएर मर्नेसमेत अवस्था सिर्जना हुन्थ्यो ।
यसरी ९० वर्षअघि संजिवनी बुटीको रुपमा आएको एन्टिबायोटिक अहिलेको समयमा आएर विषसरह बनेको छ । ‘जहाँसम्म एन्टिबायोटिकको कुरा छ, हामी यतिबेला पेनिन्सिलिन आविष्कार हुनुभन्दा अघिको युग (ब्याक्टेरियासँग लडने कुनै पनि औषधि नभएको अवस्था) तर्फ पुग्न आटँेका छौं । त्यतिबेला औषधि नहुनु र अहिले भएका एन्टिबायोटिक्सले मानव शरीरमा काम नगर्नु उस्तै हो ।
यस्तो स्थिति मानवले एन्टिबायोटिकको दुरुपयोग गर्नाले उत्पन भएको हो । विकसित देशहरुले मानवको यो गल्तिलाई पत्ता लगाएर पार पाउने उपाय खोजेका छन् र ठोस कदम पनि चालेका छन् । चिकित्सकको सिफारिस विना एन्टिबायोटिक्स बेच्नै पाईन्दैन त्यहाँ । नेपाल जस्ता देशमा पनि त्यस्तो नियम नभएको होइन तर कसैले पनि त्यसलाई मान्दैन । औषधि पसलमा कुनै पनि एन्टिबायोटिक्सको नाम लिएर गएमा तत्काल दिइन्छ । नियम भए पनि आजसम्म कुनै पनि औषधि पसलेलाई विना पे्रस्कृप्सन एन्टिबायोटिक्स दिएकोमा कारबाही गरिएको छैन। त्यस्तो समस्या विकसित देशमा पनि थियो त्यहाँ अब १० पटक सोचेर मात्र एन्टिबायोटिक्स दिनुपर्ने अवस्था सृजना गरिएको छ । नेपाल जस्तो देशमा भने अहिले पनि अरु पक्ष विचारै नगरी चिकित्सकले दिने र बिरामीले आफू खुसी किनेर खाने प्रवृत्ति आम रुपमा छ । कुनै पनि पदार्थको निश्चित मात्र हुन्छ जसको अतिशय र अनावश्यक ठाउँमा प्रयोग गरे त्यो पदार्थको उपयोगिता घट्नमात्र नभइ त्यसले हानी समेत गर्छ । चाहे ति पदार्थ मानवलाई अतिआवश्यक मानिएका पानी र अक्सिजन नै किन नुहन् । ‘यसमा पाँच दिन खानुपर्ने एन्टिबायोटिकस तीन दिन मात्र खाने र रोग कम हुँदै गएको भनेर पूरा मात्रा नखाने’ प्रवृत्ति समेत पर्दछन् ।
हाम्रो देशमा विचित्रको अवस्था छ । शहरमा पाउन सजिलो भएकै कारणबाट एन्टिबायोटिक्स् जथाभावी खाइरहेका छन् भने हुम्ला जुम्ला जस्ता ठाउँमा खानै पर्ने अवस्थाका बिरामीले पनि नपाउने स्थिति छ । यसरी कतै पहुँच भएका कारणले चाहिने भन्दा बढी प्रयोग भएको छ भने कतै पहुँच नपुगेकै कारणले चाहिने जति पुग्न सकेको छैन् । ्
एन्टिबायोटिक्स्सँग जोडिएको अर्को खतरनाक पक्ष भनेको चाहीँ कुखुरा, बंगुर आदि घरपालुवा जनावरमा यसको प्रयोग हो । अमेरिका जस्ता देशहरुमा यसरी एन्टिबायोटिक्स् प्रयोग गर्नै पाइदैन । मात्रा नियन्त्रण गरेर मात्रै दिन पाइन्छ । कुखुरालाई रोगै लाग्नु अघि दानामै एन्टियोबायोटिक्स् दिइन्छ । कुनै न कुनै दिन काँचो मासु खाइन्छ र मानवमा कुखुराको मासुमार्फत एन्टिबायोटिक्स प्रतिरोध विकास भएको छ ।
सबै भन्दा ठूलो कुरा भनेको चाहीँ एन्टिबायोटिक्स रोग लागेपछि खानुपर्ने कुरा भएकोेले रोग लाग्न नदिनु बुद्धिमानी हुने पनि दक्षित बताउनुुहुन्छ । खोप र सरसफाइबाट ठूला रोगहरुबाट जोगिन सकिन्छ भने किन एन्टिबायोटिक्स् खानु पर्ने अवस्था तर्फ जाने? एन्टिबायोटिक्स्को यो खराब पक्षबाट सामान्य दुई कुरामा मात्रै ध्यान दिने हो भने पनि धेरै हदसम्म बच्न सकिन्छ । त्यसमा पहिलो हो ….खोप । विज्ञानले मानवलाई दिएको एउटा यस्तो वरदान हो खोप जसले एक पटक लगाए पनि जीवन भर त्यसरोग सँग लड्न सक्ने क्षमता दिन्छ । अहिले त हेपाटाइटिस बि आदिको खोप पनि पाइन थालेका छन् । र दोस्रो हो, सरसफाइमा ध्यान पु¥याउने कार्य अर्थात् साबुन पानी हात धुने कुरा । यि दुई कुरा मात्र गर्न सके पनि मानिस धेरै हदसम्म एन्टिबायोटिक्स् सेवन गर्नु नपर्ने अवस्थामा पुग्छ र त्यसको हानीकारक असर बाट बच्छ।

अब यसमा सरकारले के गर्दै छ भन्ने कुरा तर्फ हेर्ने हो भने स्थिति लाज मर्दो छ । थुपै विज्ञहरु सम्मिलित एन्बिायोटिक्स् सम्बन्धि नीति बन्यो । त्यसबेला देखि हालसम्म पनि तीन जना मन्त्री फरिईसकेको भए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयको नेतृत्वमा पशुपंक्षी विकास मन्त्रालयसमेतको सहभागितमा बनेको त्यो नीतिमा एन्टिबायोटिक्स्को दुरुपयोग र त्यसबाट बच्न सरकार, अस्पताल, चिकित्सक, औषधि विक्रता र बिरामीले समेत के के गर्नुपर्छ भन्ने विषयमा राम्ररी लेखिएको छ । चिकित्सले सल्यक्रिया आदि गर्दा सामुहिक छलपल र विस्तृत अध्ययन पछि मात्र एन्टिबायोटिक्स् चलाउन पाउने र पशुपंक्षी पालनका क्रममा दानामा एन्टिबायोटिक्स् राख्न पाईदैन भन्नेकुरा स्पष्ट रुपमा लेखिएको छ । तै पनि कार्यान्वय भएको छैन । अर्को तर्फ केही अपवादबाहेक अन्य चिकित्सकहरले विरामीलाई हतपतमा एन्टिबायोटिक्स् दिइ हाल्ने पद्धति देखिन्छ । त्यसैले यसमा चिकित्सक पनि उत्तिकै दोषी छन् । त्यसैले त्यो नीति लागू भएको दिन धेरै हद सम्म समस्या समाधान हुन्छ
बिरामीको आफन्तले पनि सामान्य रुघाखोकी लाग्दा समेत तत्कालै बजारमा गएर एन्टिबायोटिक्स् किनेर खाइ हाल्ने प्रवृत्ति छ । यसलाई निरुत्साहित गर्ने पर्छ । औषधि चिकित्सकलाई सोधेर मात्र किन्ने । जतिमात्रा भनिएको छ त्यति मात्र खाने र पुरा डोज औषधि खाने आदि बानी गर्नुपर्छ ।
संक्रमणीय रोगहरुसम्बद्ध अनुसन्धानकर्ता समीरमणि दिक्षितसँगको कुराकानीमा आधारित

प्रतिक्रिया दिनुहोस्