१८ मंसिर २०७८, शनिबार

एक कप ताssतो कफि ………………..



कवि शिरोमणि लेखनाथ पौड्यालले हिउँदका दिन आएको देखेकै समय अर्थात यो समय नेपाली समाजले हिउँदसँगै कफी आएको देख्दै छ । कपडा, घाम र आगो जस्तै मात नलगाईकनै शरीर तताउने पेय बनेको छ कफी । यसैको साक्षी छन्, दुबईको प्रशिद्ध स्टार बक्समा सन् २००० देखि २००८ सम्म प्रमुख कफि उत्पादक भएर काम गरेका, त्यसैमा अनुसन्धान गरेका वरिस्टा कफि स्कुलका तालिम निर्देशक माधव देवकोटा ।
दुबैबाट फर्केर क्यानडाजाने सोच बनाएका देवकोटा देशमा कफीको बढदो रहेको संकेत पाएपछि स्वदेशमै बसे । संसारका ४० देशका कफीको स्वाद पाएको उनको जिब्रोले बाहिरी विश्वले स्वादिष्ट मान्ने कोलम्बियन कफि जस्तै स्वाद नेपाली माटोको कफीमा भेटपछि यतै जमे ।
हिमालयन जाभाको फैलदो आउटलेट र कफी संस्कृतिको बढदो विस्तारले उनको अनुमानलाई सही र फापसिद्ध गरिदियो । उनका अनुसार यहाँ अंग्रेजी वर्णमालाको तीन वटा सी जमेको छ । पहिलो कफी, त्यसपछि कन्भर्सेसन(कफी गफ) र कम्प्युनिटी (एक्लै कफी पिउन आएकोले भेटाउने साथी संगत) । तिनै देवकोटासँग घामछायाँले गरेको कुराकानीमा आधारित यो सामग्री । ……………

विशेषता
अल्कोहलविहीन पेय पदार्थ
बोटफल्ने फलको दाना मुख्य स्रोत ।
विश्वमा दोस्रो ठूलो व्यापार हुने सामग्री (पहिलो प्रेटोल)
थकान मेटने साधन
कफीमा रहेको क्याफिन तत्व रगतमार्फत स्पाइनल कर्डमा र त्यहाँबाट केन्द्रीय स्नायु प्रणालीमा जान्छ । त्यसपछि त्यहाँ रहेको कोषलाई उत्साहित गराइदिन्छ । जसले गर्दा दिनभरको थकान मेटदै फेरि शारीरिक वा मानसिक काम गर्न तयार हुने गरी पुनर्ताजगी दिन्छ ।
गर्मीमा पनि ………….
कफी तातोका लागि मात्र पिउने वा जाडो कम गर्न मात्र भन्ने सोच विस्तारै परिवर्तिद हुँदैछ । कडा गर्मीमा पनि बरफका टुक्रा राखेर तथा ब्लेन्डेट गरे अर्ध तरल कफि पाइपको सहायताले पिएको राजधानीमा सजिलै देखिन्छ ।

कफीका जात
व्यावसायिक उत्पादन — अरबिका र रोबोस्टा
नौसय सुगन्ध
संसारभर ७५ प्रतिशत अरबिका
यसकारण नेपाली कफी
नेपाली अरबिका जैविक गुणयुक्त (अग्र्यानिक) कफी
क्याफिन कम
तीन देखि छ हजार मिटरको उत्पादन
उच्च हिमाली सुगन्ध
स्वाथ्यलाई उपयोगी

कफी टाइम लाइन

आठौदेखि १२ सताब्दीबीच
कफि सुरुमा भेटिएको देश इथोपियामा काल्दी नामक गोठालोले कफिको बोट भेटेको थियो । त्यसलाई सुरुमा योगीहरूले बिहान सबेरै उठनका निद्रा भगाउने साधनका रूपमा प्रयोग गरे । सुरुमा कफीका दानालाई सुकाउने र नभुटिकनै उमालेर पिउने चलन चल्यो ।
इथोपियाबाट व्यापारिकमार्ग हुँदै अरब पुग्यो कफी र त्यहाँबाट टर्की । रोस्टन गर्ने मुलुक टर्की हो । कफी पेयका रूपमा पनि यही देशमा विकासित भयो । अहिले पनि टर्किस कफी प्रशिद्ध छ ।
१५ औं सताब्दी
कफी टर्कीबाट युरोपमा प्रवेश गर्यो। त्यहाँ अत्यन्त भाइबे्रन्ट रूपमा कफी सँंस्कृतिको विकास भयो ।
१७ औं सम्म
कफी सँंस्कृतिको थप विकास
१९ औ सताब्दी
आधुनिक कफीको सुरुवात । इटालीमा विकसित कफी विश्वव्यापी बन्यो ।

नेपालमा कफी आयो

सन् १९३८
गुल्मीको आँपचौरमा साधु हिरा गिरीले बर्माबाट ल्याएको कफी बोट रोपे ।
भित्रिएको लामोसमय सम्म अज्ञात रुपमा फल्यो र झर्यो कसैलाई यसबारे थाहा भएन ।
१९८०
राजा वीरेन्द्रले भारतबाट कफीको बोट ल्याएर किसानलाई वितरण गरेृ ।
सन् १९९२
रुपन्देहीमा नेपाल कफी कम्पनी स्थापना ।
२००२ पछि
नगदे बालीका रूपमा विकास हुन सुरु ।
कफीमा छ सम्भावना
ड्ड किसानलाई बाली पाँच वर्षमा अरबिकाले आम्दानी दिने ।
ड्ड घुम्न आउने पर्यटकलाई नेपाली कफीको बढदो मोह ।
ड्ड ६० हजार हेक्टर कफी खेति युक्त जमिन जहाँ मान्छे बसेका छैनन् ।
ड्ड त्यसमध्ये उपयोगमा एक हजार सात सय ६८ मात्र उपयोग
ड्ड उत्पादन मात्र ४ हजार २५ टन…. माग विदेशमा मात्र ५ हजार टन (बर्बन अरिबीका राम्रो प्रजातिको मानिन भएकोले)
ड्ड बढदो कफी सँस्कृति

बहु जिब्रो, बहु स्वाद

बु्रइन
….. उमाल्लेर बनाउने
टर्कीस तरिका
Espresso तरिका एस्पेसो मेसिनको प्रयोगबाट बनाइने
फिल्टरको प्रयोग … कोन फिल्टर (कोन आकारको, ड्रीप ब्लुअर, प्ल्याट आकार फिल्टरबाट)
कफी प्रेस (फेन्च प्रेस)
कफिलाई दबावमा राखेर धुलो बनाएर केही पानी राखी चार मिनेटपछि प्रेस गर्ने ।
(सबै एक्प्रेसको मेथड)
लोकप्रिय.. पपुलर क्याप्चिनो आदि
स्वादका दुई प्रकार
कोर —विश्वभर उही स्वाद
सिग्नेचर —देश अनुसारको विशेषता

कपै पिच्छे थरिथरी
क्याप्चीनो
एफकेसो — दूध उमोलेको आधि क्रिमी फोम ।
(सुरुमा एसपे्रसो, बाँकी ५० प्रतिशत स्टीम र सबै भन्दा माथि ५० क्रिमी फोम)
क्याफेलाते —. एसप्रेसो, ७५ प्रतिशत उमालेको दूध, २५ प्रतिशत दूधको फोम
अमेरिकानो — ७५ प्रतिशत तातो पानी २५ एसप्रेसो कफि
(रेसिपीमा थोरै तलमाथि हुँदा पनि स्वादमा धेरै फरक)
कफिको पहिलो सुर्को गिजामा दौडाउँदा अम्ल बढी भए अमिलोपना आउँछ । त्यसअनुसार आफूले खोजेको स्वादमा छ छैन जाँच्न सकिन्छ ।

भौगोलिक क्षेत्र अनुसारका तीन स्वाद

अमेरिकन —ल्याटिन वा उत्तरी अमेरिकाका ग्वाटेमाला क्युवा आदिसमेत
अफ्रिका —अरेबिया इथोपिया
एसिया प्यासेफिक — इन्डोनेसियान, भियतानमा

प्रचलित भनाई ‘भूगोल नै स्वाद’
कफीले वातावरण समात्छ । त्यसैले यसको स्वाद र बास्ना पनि स्थानीय वातावरण अनुसारको हुन्छ । उदाहरण — अमेरिकामा कोकाउ वाल नटको बास्ना
अफ्रिकामा —— फलफुल
एसियाली क्षेत्रमा — मसला, माटोको गन्ध, च्याउको वास्ना

स्वाद भुटदा पनि फरक फरक हुन्छ ।

नेपाली स्वाद — कम मानववस्ती युक्त ठाउँमा चल्न ताजा हिमाली हावा, फल्नका लागि लामो समय लाग्ने भएकाले तिख्खर स्वाद ।
कफी सँस्कृति र साँस्कृतिक आदान प्रदान
एसियाली क्षेत्रमा चिया सँस्कृतिलाई उछिन्दै। युरोपमा हिमाली हर्बल चिया लोकप्रिय बन्दै
उदाहरण — ठमेलको त्रिदेवी एउटा केपी हाउसका रूपमा सन् १९९९मा स्थापित हिमालयन जाभा अहिले ठमेल, बसन्तपुर दरबार क्षेत्र, दरबारमार्ग, राइजिङ मल , सिटि सेन्टर , सिभिल मल, ब्लुबर्ड जोमसोम लुक्ला समेत गरी १० ठाउँमा विस्तार । पोखरामा पनि स्थापित हुँदै ।