Logo

किन कोही तरकारी किनोस् ………………………?



 तरकारीमा हुने अत्याधिक खर्च बचाउने, आफ्नो स्वास्थ्य जोगाउने र फोहोर व्यवस्थापनमा सघाउने भरपर्दौ उपायका रुपमा काठमाडौं महानगरले हरेक घरमा भारइल बनाउँदै छ कौसीमा तरकारी खेती ।

करिब ३ वर्ष भयो मध्यशहर अर्थात काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित कालीमाटी डोलकी उमा गौतमले भहिनाभर तरकारीमागर्ने खर्च झन्डै आधाले घटेको ।
बाध्य हुँदा बाहेक उनी र उनको परिवारको छाक आफैले फलाएको तरकारीले टार्छ । त्यस्तो तरकारी, जसमा आफ्नौ पसिनाको सुगन्ध छ । त्यस्तो तरकारी, जसमा विषादी र रासायनिक मल नहालिएको ग्यारेन्टी उपभोक्ता स्वयंले गर्न सक्छ । यस्तो तरकारी, जसलाई बिचौलियाले छोएकै छैन बरु उब्जिएको थलोबाटै सोझै भान्छामा पुगेको छ र यस्तो तरकारी, जसको उपभोक्ता उत्पादक आफैं हो ।

एकै छिन सोचौं , भातखाने संस्कृतिका हामी केही दशक यता त्यो भातलाई भन्दा तरकारीलाई कयौं बढी खर्च गरिरहेका छौं । भलै भेट हुँदा अभिवादन नै ‘खाना (भात) खानुभयो ?’ भनेर सोध्ने जाती हौं, नेपाली । तर हाम्रो कमाईको अधिकांश हिस्सा भातमाभन्दा तरकारीमा गइरहेको छ ।माछा मासु, च्याउ, पातका रुपमा खाइने सागहरु, मुला, तरुल आदिका रुपमा खाइने जरा वर्ग, फुलको रुपमा खाइने काउली बन्दालगायतका वर्ग, बोडी सिमिदेखि रुख कटहरसम्मका रुपमा खाइने फल वर्ग इत्यादी ।

खानामा विविधता आउनु निश्चय पनि खुसीको कुरा हो । सामान्य हिसाबले खानामा सन्तुलित भोजनको आवश्यकतालाई विविध प्रकारका तरकारीले पुरा गरी पनि रहेका छन् । तर कृत्रिम मुल्य वृद्धि गरी विक्रि हुने बजारबाट धेरै प्रकारका तरकारी किनेर सँधै जसो भोजन सन्तुलन मिलाउन खोज्दा घर चलाउने बजेट नै असन्तुलित बन्ने खतरा हुन्छ । त्यसैले सन्तुलित भोजन होस वा नहोस् व्यवहारमा चल्ने र सजिलै पाइने तरकारीबाट छाक टार्नुपर्ने अवस्था धेरैको छ ।

यो अवस्थाबाट क्रमशः मुक्त हुँदै हुनहुन्छ उमा । थरी थरीका तरकारी रोपेर गोडमेलमा मिहिनेत गर्दा केही न केही आफैले फलाएको फल भान्छामा आइपुग्छ । कोइरालो जस्ता कौशीमा फलाउन नसकिने केही प्रकार बाहेक ।

कौसीमा तरकारी फलाउन अरु काम छोडेर बस्नु पनि पर्दैन । बिहान बेलुकाको समय दिए पुग्छ । आफू बाहेक पति र छोरीलाई पनि तरकारीको गोडमेलमा व्यवस्त गराउने उमालाई चल्तीमा रहेको मर्निङवाक नगरे पनि चाहिने जति शारीरिक अभ्यास भएको छ ।
उमाको यो अनुकरणीय अभ्यासले वरपरका छिमेकीलाई पनि प्रेरणा मिलेको छ । बारी र करेसा नभए पनि घरका खाली ठाउँको उपयोग गरी पैसा र स्वास्थ्य दुबै बचाउने तिर लागेकाका छन् छिमेकी समेत ।

तरकारी खेतीको यो लगत काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ ले तालिम दिएपछि लागेको हो उमालाई ।

त्यसो तर झन्डै ५० हजार महानगर बासीलाई यस्तो तालिम दिने योजना महानगरको रहेको वडा सदस्य सृजना भेटवाल बताउनुहुन्छ । यसो गर्दा काठमाडौंमा हरेक दिन उत्पादन हुने घरेलु फोहोरको निकै ठूलो हिस्सा घरमै तह लाग्ने आशा महानगरको छ ।

प्रतिक्रिया दिनुहोस्