Logo

कफीका कपहरुमा उठेको तेस्रो तरंग



कफी सपमा बसेर कफी खाँदै हुनुहुन्छ । एक पटक सुरुप्प पार्दा झन्डै चियाको बास्नासहितको मधुर कफी स्वाद आँउछ र चाकु जस्तै गुलियोपन छ भने जान्नुहोस्, त्यो कफी इलामको माटोमा उम्रिएको हो । यो स्वादलिँदै एक कफ कफी पिईसके पछि तपाँइको जिब्रोमा झन्डै मुन्तला टोके जस्तो अनुभूति हुन्छ । इलामेली कफीको यो प्रोफाइल स्वाद हो ।

होइन, यदी कफीको स्वाद त्यस्तो छँदै छैन । पाकेको आँपको बास्ना र ताजा अलैंचीको स्वाद जिब्रोले पाइरहेको छ भने चाहीँ त्यो कफी इलामेली नभएर लम्जुंगे हो । त्यसले लम्जुंग माटोको स्वाद बोकेको छ ।

कफी सपमा आएर बस्ने ग्राहकले चियाको बास्ना आउने मधुर कफी नभएर कडा फ्ल्ेवर खोज्यो भने बु्रशालाका कर्मचारीले त्यो ग्राहकलाई भन्ने छन् । ‘त्यसो भए तपाई इलामको होइन लमजुंगको कफी पिउनुहोस्’ । भोलीपल्ट आउने ग्राहकले भन्नसक्छ, ‘लम्जुंगको कफी दिनुहोस् है ?’
अर्को खालको कफीमा चिया र अलैंची सबैको स्वाद छ, गुलियोमा पि नट बटर जस्तो आउँछ अनि पिइसकेपछि पाकेको लप्सीजस्तो गुलियो र अमिलो मिश्रित स्वाद छ भने थाहा पाउनुस्, त्यो कफी उपत्यका नजिकको ठाउँ धादिङको माटोमा फलेको कफी हो ।


अर्थात् अब ग्राहकले कफीको स्वाद दूध हालिएको वा नहालिएको भन्नेमा होइन कुन जिल्लागत रुपमा पाउने समय आएको छ । एक कप कफ चाख्दा पिउँदा पारखीहरुले एकै पटक थरी स्वादको पनि उपस्वादहरु पाउँछन् ।

अर्थात् गुलियो अनुभूति हुन्छ भने कस्तो खाले गुलियो ? तितो हो भने कस्तो? अलैंची खाँदा अन्तिमतिर अनुभव हुने जस्तो प्रिय तीतो वा काँक्रोको भेट्नुतर्फको भाग जस्तो अप्रिय तितो? प्ःलेवर आआफ्नै हुन्छ, । कतिलाई कफीमा काठको जस्तो गन्ध मन पर्छ भने कतिलाई धुवाँको गन्ध । त्यस्तै अमिलो पनि थरिथरीका कागतीको, सुन्तलाको लप्सीको वा अरु नै खालको अमिलो ? थर्ड वेभको कुरा त्यही हो ।
अर्को कुरा आफ्टर टेस्टको हो । कपको कफी सिध्याए पछि जिब्रोमा कस्तो स्वाद बसिरहेको छ त ? लम्जुंगको दूध पोखरी नामक स्थानमा उच्च उच्चाइ र अत्यधिक चिसोमा उम्रिएको कफिको अर्कै स्वाद बस्न सक्छ ।

अब किसानले कफी कसरी टिपे कसरी सुकाए र कसरी प्रशोधन गरे भन्ने कुराले स्वाद फरक पार्छ झम्सी खेलमा कफीको तेस्रो तरंग प्रवाह गरिरहेको बु्रशालाका सह संस्थापक एवं वरिष्टा कफी विज्ञ प्रतिक श्रेष्ठ भन्नुहुन्छ, ‘उही आलु पनि भिन्न ठाउँको भिन्न स्वाद हुने र विभिन्न तरिकाले परिकार बनाउँदा भिन्नै खालेको स्वाद आउँछ, त्यसै गरी टिप्ना साथ घाममा सुकाइएको वा टिपेर प्रशोधन गरेर सोझै बजारमा पठाइएका कफीका दानाहरुले फरक फरक स्वाद बोक्छन्’ ।

त्यस्तै बु्रइङ अर्थात् तयार गर्ने रेसिपीका आधारमा त्यही कफीलाई फरक स्वादमा प्रस्तुत गर्न सकिन्छ ।
ग्राहकलाई बु्रशालाले टेबुलमै विविध स्वादका कफीको मेनु प्रस्तुत गर्छ । त्यो विविधताको मुल आधार भने परम्परागत जस्तो, अमेरिकानो, लाटे वा क्याप्चिनो होइन इलाम, लम्जुंग वा धादिङको भन्न थालिएको छ ।

प्रतिक थप्नुहुन्छ परम्परागत विविधतालाई पनि अब जिल्लागत विविधताले पुनवर्गिकरण गरेको छ । अमेरिकानो वा लाटे खान्छु भन्नेलाई लम्जुंगमा उत्पादिन दानाबाट तयार गरिएको कफी दिइने गरिएको छ भने । क्याप्चिनो खानेलाई इलाम र धादिंगको मिश्रित् दानाबाट तयार गर्ने गरिएको छ ।

यो पनि पढ्नुहोस्…..

एक कप ताssतो कफि ………………..

https://www.ghamchhaya.com/?p=30

कफी उत्पादनको थलोमै गएर किसान सँग सहकार्य गर्ने र सकेसम्म मौलिक एवं उत्कृष्ट उत्पादनका लागि प्रोत्साहित गरिन्छ । सम्भव भएसम्म उत्पादनस्थलको मौलिक स्वाद त्यो कफीले बोकोस् भन्ने उद्देश्यले त्यसो गरिन्छ ।
यसरी उत्पादन गरिएको कफीको जब हरिया दाना हात लाग्छन् त्यसलाई ल्याएर भुटने काम गरिन्छ । त्यो नै सर्वाधिक संवेदनशील काम हुन जान्छ । किनकी भुट्दाको बेला तापक्रम, आर्दता र भुटने समयमा थोरै मात्र फरक आउँदा पनि कफीको स्वाद र गुणमा आकाश पातालको फरक पर्न जान्छ । साँच्चैको कफी पारखीले त गुनासो नै गर्ने अवस्था बन्छ , प्रतिक भन्नुहुन्छ ।


कफिलाई थोरै मात्र बढी भुटेर डडाउँदा बढी कालो हुन्छ र स्वाद तीतो हुन जान्छ । कतिलाई त त्यही तितो मन पर्ला तर त्यस्तो कफीमा उत्पादन थलोमा हावा पानी अनुरुपको मौलिक स्वाद हराएर जान्छ । प्राकृतिक रुपमा कफीको दाना भित्र हुने गुलियो तत्व नै नष्ट हुन्छ ।
मौलिक तत्वलाई जोगाएर भुटिसकेपछि त्यसलाई ‘बु्र’ गर्ने अर्थात तयार गर्ने काम हुन्छ । ब्रु गर्दा पनि त्यो मौलिक तत्व कफीको कपमा दुरुस्तै उतार्नु पर्छ त्यसपछि बल्ल ब्रुशालाले अहिले गर्दै आएको ‘‘थर्ड वेभ’’ कफीको उद्देश्य पुरा हुन्छ ।

यसैका लागि मेशिन काम लाग्दैन हातले नै गर्नुपर्छ । हातले जस्तो प्राकृतिक तत्वको संरक्षण मेशिनले गर्न सक्तैन । हातले त्यही काम गर्दा कफीको प्राकृतिक स्वाद खुलेर आउँछ ।
यो स्वाद खुलेको कफी चुस्की लिने ग्राहकलाई अनुभव हुन्छ ः कफी कुन जिल्लाको माटोमा उम्रिएको हो, कसरी भुटिएको हो र बु्र कसरी भएको हो ? आदि । जसरी वाइनको विविधतालाई गहिरो गरी पर्गेल्न सकिन्छ ।

यसले कफी पिऊने विश्वव्यापी सँस्कृतिमा तेस्रो तरंग सृजना गरेको छ । पहिलो कफी पत्ता लागेको, दोस्रो कफीको उपभोग विश्वव्यापी भएका तरंगहरु थिए भने अहिले उत्पन्न भएको तेस्रो तरंग हो, हरेक माटोमा उम्रिएका कफीको आआफ्नै स्वाद ।

यति पढी सकेपछि अब हेरौं कफीमा तेस्रो तरंग सृजना गर्ने बु्रइङको एक झलक

प्रतिक्रिया दिनुहोस्