Logo

बिनायोलाई कसले चिनायो खै ?



नेपाली सभ्यताको चिनोको रुपमा जोगाइ राख्ने तथा विश्वभर फैलाउने माध्यम बन्नसक्ने यि बाजाहरु स्वदेशीलाई नै चिनाउनु पर्ने अवस्थामा छन्

धेरै कमलाई थाहा छ, मान्छेको खप्परबाट बनेको कपर डमरु, नली हाडबाट बनेको काङलिङ्ग हाडे बाँसुरी, हिमाली मृगको अंगबाट तयार पारिएको हाडे बाँसुरी । यिनका धुन त कुरै छोडौं, नामै पनि लोकबाजाका विज्ञलाई मात्र थाहा छ ।
अरु त अरु बासको चोयाबाट निर्मित बाजा बिनायो सुन्ने मानिस
नै हराइसकेका छन् । भलै त्यो बिनायो बुढापाकाको गीतमा भने अझै छ :

“रिन्टिङ. रिन्टिङ नबजाऊ बिनायो
बिनायोले मन मेरो छिनायो…सान्नानी”

https://www.youtube.com/watch?v=JmyfciGdXb8&feature=share

मन छिनाउने बिनायो आफैं छिन्न लागेको तार जस्तो भएको छ अहिले

गितार, तबला, हारमोनियम वा पीयानो नसुन्ने कोही छैन तर बिनायो सबैले सुनेका छैनन् । नेपाली समाजमा लोकबाजाहरुको हालत यस्तै छ । नेपालमै सृष्टी भएका र विश्वभरका संगीत पारखीलाई चकित पार्न सक्ने धुन निकाल्ने बाजाहरु अहिले लोप हुने अवस्थामा
यसता धेरैवटा लोकले बिर्सन थालेका लोकबाजाहरु नेपाल लोक बाजा संग्रहालय त्रिपुरेश्वरमा देख्न सकिन्छ ।
नेपाली सभ्यताको चिनोको रुपमा जोगाइ राख्ने तथा विश्वभर फैलाउने माध्यम बन्नसक्ने यि बाजाहरु स्वदेशीलाई नै चिनाउनु पर्ने अवस्थामा छन् । विदेशीहरुमा नेपाल मोह जगाउने उद्देश्य राखेर मनाउन थालिएको नेपाल भ्रमण वर्षका लागि पर्यटन आकर्षण गर्ने राम्रो विषय वस्तु नेपाली लोकबाजाहरु हुन सक्छन् भन्ने तर्फ सम्बन्धितहरुको ध्यान गएकै छैन ।

नेपाल लोकबाजा संग्रहालयमा करिव १३ सय ५० भन्दा बढी बाजाहरू रहेका छन् । ती बाजाहरूमध्ये करिव ६५ वटा भन्दा बढी बाजाहरू २०७२को विनाशकारी भूकम्पमा परेर धुलोपिठो भएका छन्। त्यही आकारका बाजाहरू अन्यत्र खोज्न कठिन भएको जानकारी समितिका संरक्षक रामबहादुर कँडेलले घामछायाँलाई दिनुभयो ।
पुराना बाजा आकर्षक धुनले मनै लालायित पार्ने बाजाहरू नेपालमा छन् तर ती नेपालमा निर्मित बाजाहरू खोज्न नेपाल लोकबाजाका संरक्षक कडेल भन्नुहुन्छ । नेपालमा निर्मित बाजाहरु नगन्य रुपमा रहेका छन् ।

विसं २०५२ सालमा नेपाली लोक बाजा संग्रहालयको स्थापना भएको थियो । नेपालीमा प्रचलित बाजाहरु ढोलक , सनाई, झ्याम्टा जस्ता चर्चित बाजाहरु पनि यसै संग्रालयमा सम्मेलित छन् ।पुराना मौलिक संस्कृति झल्कने बाजाहरुले भरिपुर्ण अवस्थामा संग्रालयभित्र रहेको छ । नेपालमा विश्व चकित पार्ने बाजाहरु भएपनि तर नेपालको कुनै ध्यानकार्षण नरहेको संरक्षक कँडेलले बताउनु भयो ।
पछिल्लो समय भ्रमण वर्ष सुरु भएसँगै विभिन्न स्थानहरुको पहिचान गर्ने क्रममा व्यस्त हुदाँ नेपाल सरकारका पदाधिकारीहरु संग्रहालय भ्रमण गर्न त आए तर त्यो भ्रमणमा नै सिमित हुनपुगेको पनि उहाँले बताउनुभयो । सरकारको राम्ररी चासो नदिँदा यतिबेला समितिका पदाधिकारीहरु व्यतिगत खर्चमै संग्रहालयको सुरक्षा गर्न बाध्य भएका छन् । यसबारे बारम्बार सरकारलाई गुनासो पोख्दा सरकारले आश्वासन मात्र दिएको भनाई उहाँको छ ।

 

नेपालको बाजाहरुले विश्व हल्लाउने क्षमता बोके पनि तर ती बाजाहरु कतै हराएर जान्छ कि भन्ने डरको विषय बनेको छ, कँडेलको भनाई छ । यस्तो अवस्थामा संग्रहालय भने नेपालमा अझैपनि सार्वजनिक जानकारीमा नआएका रैथाने बाजा कुनै छन् कि भन्ने कुराको खोजीमा छ । संग्र्हालय लागि रहेको पनि जानकारी कँडेले दिनुभयो ।
आधुनिक बाजाहरुकै प्रभावमा परेका नेपाली श्रोताले परम्परागत बाजा त्यति सुनेका छैनन् र चिनेका पनि छैनन् । तर नेपाली बाजा प्राय समाजमा पराम्परागत रुपमा रहि रहेका भने हुन्छन् ।
अहिले पनि गीतहरु बनाउन नेपाली बाजाको उतिकै महत्व रहेको छ । भ्रमण वर्षको लागी जति महत्व बाकेको स्थानको प्रचार गरिएको छ , त्यति नै नेपाली बाजाको प्रचारप्रसारमा नेपाली बाजाले विश्व चकित बनाउने विश्वास पनि संग्रहालयको छ ।

प्रतिक्रिया दिनुहोस्