११ आश्विन २०७८, सोमबार

मदन माडसाब र मामु रिता : एकै घाम एकै पानी ८० वर्षे जिन्दगानी



कलम शक्तिले मदनमणीलाई ९७ वर्षको उमेरमा पनि ९३ वर्षक पत्नी सहित सृजनामा डोर्याई रहे

??
को छ ।
रूपेश आचार्य

पश्चिमा देश तिर ८० घन्टा पनि टिक्दैन रे जोडी । विस्तारै यो रोग पुर्वतिर पनि सर्दै आउँदैछ । यति नै बेला नेपाली साहित्य र पत्रकारिताका मूर्धन्य स्रष्टा मदन मणी आचार्य दिक्षित र उनी जीवन संगिनी रिता दिक्षित आफ्नो दाम्पत्य जीवनको ८० औं वार्षिकोत्सव मनाउँदै थिए ।
८० वर्ष ! झण्डै एक हजार पूर्ण चन्द्रमा देखिने यतिका वर्ष बाँच्नुै पाउनु नै अहो भाग्य मानिन्छ । खास गरी हाम्रो जस्तो केही वर्ष यता ७० वर्षेको औषत आयु प्राप्त गरेको देशमा । अहिले बाँची रहेकोको प्रौढ पुस्ताका धेरै अभिभावकले ८० वर्षे खुटकिलो पार गर्नै पाएनन् । त्यसैले ९० वर्षे पुगेको मानिसलाई मात्र मानव नभनेर मानवेत्तर सम्मान दिइन्छ । देवताका जत्तिकै सम्मान गर्छ कनिष्ठ पुस्ताले ।

९७ वर्ष पुगेका मदनमणी र ९३ वर्ष पुगेकी रितालाई त्यही सम्मान मिल्यो शनिबार । संस्कृतिविद् वीणा पौड्यालले यो सम्मानलाई प्रकट रुपमै भन्नुभयो, ‘‘दूई जनाको जन्मोत्सव, दाम्पत्य जीवनको ८० औं वार्षिकोत्सव, मदनमणी माड्सावको ४२ औं कृति मेरी माताको विमोचन । धार्मिक रुपमा अत्यन्त लोभलाग्दो मानिने त्रिवेणीको संगममा स्नान गरे जत्तिकै अनूभूति भयो । त्यो त्रिवेणीकै बीचमा गौरी शंकर रुपी रिता र मदनमणी भएको मन्दिरमा पसे जस्तो’’

८० वर्षे दाम्पत्य जीवनले फगत गृहस्थ दैनिकी मात्र गुजारेका हैनन् । मदनमणि दिक्षितले नेपाली साहित्यलाई माधवी र भूमि सुक्तका रुपमा दुई यस्ता अत्युल्य कृति दिएका छन्। जो विश्वस्तरीय नेपाली सृजनाकोको मानक बन्न सक्छन् । सानो देश नेपाल, १० करोड भन्दा कमले बोल्ने नेपाली भाषा र देशको अहिलेसम्म निर्धो स्थिति नहुँदो हो त ? नोबल लगायतका सृजनामा दिइन ठूला अन्तराष्टिय पुरस्कार माधवीले देशमा भित्र्याइसकेको हुन्थ्यो। मदनमणीका धेरै जसो कृतिको रसास्वादन गरिसकेका राजनीतिज्ञ, साहित्यकार तथा पत्रकार रघुजी पन्त ।
यो स्तरको सृजनाको सृष्टिमा मदनमणी पत्नी रिताको भूमिका कम छैन । उनको निरन्तरको साथ सहयोगले नै मदन मणीलाई ‘अक्षर शीरोमणी’को स्थान सम्म पुर्याएको छ ।
मदनमणीको विविधता पूर्ण शतकिय जीवनलाई एउटा विश्वविद्यालयको उपमा दिनुभएको छ, पोखराबाट सृजना फूलाउँदै आउनुभएका शुक्र अधिकारीले । भन्नुहुन्छ, ‘एउटा विद्यालयका विविध संकाय जस्तै मदनमणीमा राजनीति, फोटोग्राफी, पत्रकारिता, साहित्य, दर्शन र विविध विषयको भण्डार पाइन्छ’
नेपाली बामपन्थीहरुले सर्वाधिक उच्चारण गरेका शब्द मध्ये पर्छ द्वन्द्वात्मक भौतिकवाद । कुनैबेला पुष्पलालका संगाती मदनमणीले माधवी र अन्य कृतिहरु मार्फत द्वन्द्वात्मक भौतिकवादको व्याख्या विश्लेषण र मानव जीवनमा त्यसको प्रयोगलाइकर्् उच्चतम् स्तरमा व्यख्या गरेको बताउनुहुन्छ डा हरि सिलवाल ।
साहित्य अनुरागीहरुले नेपाली वाङमयका यि मनिषीलाई शत वर्षोन्मुख उमेरसम्म सकृय र सपत्नी पाउनु ओहो भाग्य मान्ने नै भए । परिवारजन दिक्षित दम्पत्तिले ८० औं वर्ष गाँठ मनाइरहेक यो क्षण दिएबापत आभार प्रकट गरिरहेका छन् ।
त्यसलाई मुखर गर्दै मदनका नाती मनिष दिक्षितले आफू बाजेले पढने किताबसँगै हुर्किको प्रशंग सुनाउनु भयो । सँगै मनिषले यो पनि छुटाउनु भएन, कि एक जना प्रतिभावान् ‘सर्ट टेम्पर्ड’ स्रष्टालाई ८० वर्षसम्म साथ र भर दिएर नेपाली साहित्य भण्डारलाई अतुल्य कृतियुक्त पार्नमा योगदान दिएकी आफ्नै बजैको तपस्या कति महान छ ।
मदनमणिका कृतिबारे राम्ररी सोधगरेका कृष्णप्रसाद दाहाल र कवि दिनेश अधिकारी मदनमणीलाई सर्वाधिक मनपरेको आफ्नो कृति ‘मेरी निलिमा’ का दार्शनिक भाव विभिन्न रसबारे प्रष्ट पार्दै भन्नुहुन्छ, ‘पाठकले माधवीलाई मदनमणीको सर्वाधिक राम्रो कृति माने पनि माड्साबलाई मन परेको कृति भने मेरी निलिमा नै हो’ ।
चर्चित आख्यानकार ध्रुव चन्द्र गौतम, मदनमणीको सम्पादनमा निस्किने त्यतिबेलाको चर्चित पत्रिका समिक्षा पहिलो पटक कविता छापिएको बेलाको खुसी व्यक्त गर्न खोज्दै भन्नुहुन्छ, मदन मणीले आफ्ना कृतिमा भूमिका आफू भन्दा कनिष्ठलाई लगाउनु हुन्थ्यो । यसबाट थुपै स्रष्टाहरुले अघि बढने मौका पाए । राजनीतिज्ञ महेश आचार्यले मदनमणीका कृतिमा देखिने नारी प्रधान भावबारे चर्चा गर्नुका साथै यो उमेरसम्म निरन्तर सृजना गर्न सक्ने क्षमता धेरै अनुसन्धानकर्ताहरुको विषय वस्तु बनाउन सकिने बताउनुभयो ।
निश्चय नै शतवर्षोन्मुख शरीरका कान लगायतका अवयवहरुले शत प्रतिशत भर दिदैेनन् । तर मदनमणीको सृजना प्रेमले यो अवरोधलाई समेत चिरेर अर्को पुस्तक को रुप लिँदैछ । जसमा उहाँ कलमकै शक्तिको महिमा मण्डन गर्दै हुनुहुन्छ । कलमको त्यो त्यही शक्ति हुनसक्छ जसले मदनमणीलाई ९७ वर्षको उमेरमा पनि ९३ वर्षक पत्नी सहित सृजनामा डोर्याई रहेको छ । डोर्याइरहेको छ ।