‘जुल्मी दहेज’ को एक दिने च्यारिटी शो त्रिमुर्ती सिनेमा हलमा 



असार २१, पर्सा ।
समाजिक विकृती दहेज प्रथा,लैङ्गिक विविधता र बाल विवाहलाई मुल मुद्धा बनाई निर्माण भएको भोजपुरी फिल्म ‘जुल्मी दहेज’ को एक दिने च्य्यारिटी शो वीरगंजको त्रिमुर्ती सिनेमा हलमा प्रदर्शन हुने भएको छ ।
वीरगंजेली कलाकारहरुको अभिनय रहेको ‘जुल्मी दहेज’ फिल्म यहिं असार २५ गते च्यारिटी शो प्रदर्शन हुन लागेको उक्त फिल्म निर्माण कम्पनी बाबा बी फिल्मले जनाएको छ ।
वीरगंजको वीरगंज क्लेज प्रा.लि.मा आयोजना भएको पत्रकार सम्मेलनमा फिल्म र प्रदर्शन बारे जानकारी गराईएको छ ।
च्यारिटी शोका लागि टिकेट शुल्क पनि निर्धारण गरिएको छ । दुई शो प्रदर्शनको मौका प्राप्त गरेको ‘जुल्मी दहेज’ हेर्नका लागि चार किसिमको टिकेट निर्धारण गरिएको छ ।
बिहान ८ बजेको विधार्थी शो का लागि कक्षा ९ देखि माथिका विधार्थीहरुका लागि १५० र २०० को टिकेट शुल्क तोकिएको छ । भने दिनको १२ बजेको शो का लागि २०० र ३०० मुल्य पर्ने टिकेट तोकिएको छ ।
बाबा बी फिल्मले निर्माण गरेको यस फिल्मलाई च्यारिटि शो प्रदर्शन गर्न पाएकोमा खुशी हुँदै निर्माण कम्पनिले फिल्म र प्रदर्शन बारे जानकारी गराउन आयोजना पत्रकार सम्मेलन गरेको हो ।
नेपालको तराई भुभाग,पहाडि भुभाग एवं छिमेकी भारतको बिहारमा समेत छायांकन गरिएको फिल्मका निर्देशक कृष्णा पण्डितले बताउनु भयो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले,” नाफा मुलक नभई पुरै समाजिक जनचेतनाको लागि मिल्म निर्माण गरिएको छ” भन्नू भयो ।
४ जनाको संयुक्त लगानी रहेको ‘जुल्मी दहेज’ निर्माण गर्न १८ लाख ८५ हजार लागत लागेको छ ।
भुवन पण्डित ,ज्ञानेन्द्र सिंह,मुन्ना मुस्कान र सुरेन्द्र यादवको संयुक्त लगानी रहेको फिल्मका निर्देशक पण्डितले जानकारी दिनुभयो ।
फिल्म भोजपुरी भाषामा निर्माण गरिएको निर्देशक पण्डितले बताउनु भयो । २ घण्टा १० मिनेट लामो फिल्ममा ७ वटा गीत समावेश गरिएको पनि निर्माण कम्पनिले जनाएको छ ।
कृष्ण हमराहिले लेख्नु भएको फिल्ममा मुन्ना मुस्कानले संगित दिनु भएको छ । फिल्मको मुख्य भुमिकामा मुन्ना मुस्कान,श्रुति सहनी,स्नेहा चौधरी,मुखलाल प्र. साह,ज्ञानेन्द्र सिंह,भागिरत साह,संगिता तिवारी,सुरेन्द्र यादव,नेहा यादव,सन्तोष कुमार, नितेश निर्मल लगायतका वीरगंजेली कलाकारहरुलाई देख्न पाइन्छ ।
 उक्त च्यारिटी शो बाट प्राप्त भएको रकमको केही अंश समाजिक कार्यमा समेत लगानी गर्ने निर्माण पक्षले उद्धघोष गरेको छ ।
यो भन्दा पहिला बाबा बी फिल्मले माई हई ममताके दरिया,सपना द ड्रीम्स लगायतको छोटो फिल्म एवं दर्जनौं म्युजिक भिडियो निर्माण गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ : निजी विद्यालयको छाता संगठन प्याब्सनले आइटि फेडेरेसन नेपाल र पुस्तकालय विकास फोरमको सहकार्यमा आगामी ३ वर्ष भित्र पुस्तकालय

सानोठिमीः सरकारले विद्यालय शिक्षालाई व्यवस्थित गर्न चार वटा प्रमुख मापदण्डहरु ल्याउने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले

नेकपा एमाले अध्यक्ष केपी ओलीले मलको विषयमा सरकारले अल्मल्याउने काम मात्रै गरिरहेको बताउनुभएकोे छ। पार्टी निकट अखिल नेपाल किसान महासङ्गको

काठमाडौं : निजी विद्यालय सञ्चालक र प्रधानअध्यापकहरुको नेतृत्वदायी र व्यवस्थापकीय क्षमता बढाउन काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशनले विशेष तालिम कार्यक्रम