Logo

इतिहाससँग एउटा साक्षात्कार : बलभद्र, वीरभद्र र भगवती मन्दिर



नेपालका विभिन्न ऐतिहासिक स्थलहरू मध्ये कतिपयको नाम विश्वभर प्रख्यात छ । हरेक यस्ता ठाउँहरूको इतिहास सँग एउटा गहिरो सम्बन्ध लुकेको हुन्छ । इंचगुमा रहेको वीरभद्र कुँवरबाट निर्मित भगवती मन्दिरको पनि एउटा आफ्नै कथा छ ।
काठमाडौंको पश्चिम पटी चक्रपथ भन्दा कही किलो मिटर पर उकालो चढेपछि एउटा रिमाल बस्ती आइपुग्छ। अझ त्यहाँबाट सोझै माथि जाने हो भने इचंगु नारायण मध्ये एक हुन् । रिमालवस्तीबाट थोरै बेरको उकालो चढेपछि सोही गाउँको उत्तर पश्चिमतर्फ एउटा भगवती माताको मन्दिर अइपुग्छ । यस भगवती मन्दीरमा पुग्ने जो कोहीलाई पनि छेउको भग्नावशेष अवस्थामा रहेको र आजको दिनसम्म पनि सिंगै उभिइरहेको एउटा पुरानो घरको विषयमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक हुनसक्छ । यो घर नेपाली सेनाका अग्रज विरभद्र कुँवरको हो। जो, नेपालका वीर सेनापति बलभद्र कुँवरका दाजुभाई खलकमै पथ्र्ये। अहिले सम्म उभिएको पुरानो घर भने उनको पछिल्लो पुस्ताका सदस्यले बनाएका हुन् ।

अब फेरि रिमाल वस्ती तिरै फर्किउँ ।यहाँ समाजमा ‘गोविन्द बा’ नामले चिनिने एक जना बुढा बाजे भेटिन्छन् । करिब ८० वर्ष नाघेका बुढा राम्ररी काम सुन्दैनन्। तै पनि एउटा सानो नोट कापी र कलम उनको खल्तीमा सँधै हुने गर्छ। कहिले काहीँ उनको कानको स्पीकर चार्जमा रहेका बेला सोही खल्तीबाट कपी र कलम झिकेर आफूसँग कुरा गर्न खोज्ने व्यक्तिलाई दिन्छन् । यसै गरी कुराकानी गर्ने क्रममा गोविन्दबा ले इचंगु भगवति मन्दीर घुम्न जाने हो? भने । मैले पनि हुन्छ भनेँ । मन्दिर जाने बाटो उहाँकै घरबाट उकालो लाग्छ । केही बेर हिँडेपछि एउटा ठूलो नागकेशरको रुख भएको ठाउँ आइपुग्छ ।‘हामी सानो छँदा देखि अहिलेसम्म त्यो रुखमा फुल्ने फूलको बासना पूरै वस्तीमा फैलिएको हुन्छ,’ गोविन्द बा भन्छन् । सोही फूल नागको बिष लागेमा काम लाग्ने औषधि पनि भएको उनको भनाई छ । कुरो बुझद्ै जाँदा यो रुख त्यहाँ हुनुपछाडी पनि वीर भद्रकै परिवारको योगदान रहेछ । रुखको ठीक पश्चिम पटिको डाँडामा भगवतीको मन्दीर रहेको छ । गोविन्द बाको पछि म पनि सोही मन्दिरको ढोकामा पुग्छु । एउटा फलामे गेटले अड्याइएको सो ढोकामा कुँदिएको ‘श्री पुरानो गोरख गण’ मा आँखा रोकिन्छन्।

जब हामी प्रवेश गर्छौं, तब मलाई एउटा नौलो अनुभव हुन्छ । एकै छिनका लागि गोविन्द बा र म दुवै एउटै उमेरका बालक जस्तै बन्छौं । नेपालको गहिरो इतिहासमा बलभद्रको नाम हामी दुवैको निमित्त एउटा पुर्खाहरूको कल्पनाको आधार बन्न पुग्छ एक छिन हामी दुवै मौन हुन पुग्छौं । त्यसपछि विस्तारै गोविन्द बा भन्नुहुन्छ, अहिलेको गणले आएर यो ठाउँको पुननिर्माण गरेको हो। त्यसपछि मलाई त्यो ठाउँको महत्व मलाई विशेष रुपमा लाग्यो। जो कोही पनि आएर भिडभाड गर्न भने बन्देज गरिएको रहेछ जस्तो लाग्यो। हामी अघिल्तीर भगवती माताको मन्दीर बिचमा एउटा पुरानो स्तम्भ उभिएको थियो । गोविन्द बालाई त्यसबारे सोध्दा जवाफ पाइयो, त्यो स्तम्भको माथि भगवतिको प्रतिमा बनाइएको थियो। जुन अहिले बेपत्ता भएको छ। आजसम्म कसैले फेला परेको समाचार नल्याएको पनि उनले बताए । त्यो सुनीसकेपछि केही बेर भगवतीको मूर्ति रहँदा कस्तो हुँदो हो भन्ने कल्पनामा डुब्यौं। त्यसपछि मेरो आँखा अन्तै तिर पुगेर अडियो।

मन्दीरको दक्षिण भागमा एउटा फ्लेक्स टाँगिएको थियो। त्यसमा वीर बलभद्र कुँवरको चित्रसहित नालापानीको लँडाइमा उनको गणले अंग्रेज सेनाको प्रतिकार गरेको एउटा काल्पनिक चित्रण थियो। बेलायती सेनाहरूले पनि उनको सम्मानका साथ बलभद्रको नाममा नालापानीमा स्तम्भका साथ शिलालेखन गरेको थियो। यस्ता वीर योद्धाका दाजुभाइ मध्येका वीरभद्रलाई पनि उनी प्रति निकै सम्मान भएको हुनुपर्छ।

यस्तो सोचमा डुब्दा डुब्दै बाले मलाई परिसर छेउमा रहोको बारीतिर लगे । यस बारीमा विभिन्न खालका बोट बिरुवा राखिएको थियो रे । जुन बाहरू सानो छँदासमेत केही हद सम्म देख्न पाइएको थियो। गोविन्द बाको यो भनाई पछि मैले धेरै कुरा सोधिन । अब मेरो आँखा छेउमा रहेको केही पुराना इँटा र मन्दिरको छेउमा अहिलेसम्म अडिएको पुरानो घरमा दौडँदै थिए। छेउमा रहेको पर्खालले पनि केही न केही इतिहास बोकेको जस्तो । र हामीले सुन्न नसक्ने आवाजमा बोली रहेको जस्तो मलाई भान भइरहेको थियो ।

केही बेर त्यहाँ बसेर हामी फर्कियौं। बाटोमा फर्किँदा वीरभद्रका पछिल्ला पुस्ताले बनाएका रुखै रुखैको बँगैचा र वीरभद्रेश्वर महादेवको बारेमा कुरा गर्दै, त्यस स्थलहरू भएको ठाउँमा पार गर्दै हामी भगवती मन्दीर जाने डाँडाबाट ओर्लियौं। त्यसपछि दाजु सलिल र म बालाई बिदाई गरी घर फर्कियौं। केही दिन बितिसक्दा पनि मलाई त्यस ठाउँको विषयमा केही बढी जानकारी पाउने कौतुहलताले सताउन थालेको थियो। त्यसै क्रममा म एक दिन मेरो मामाघरका हजुरबा शिवहरि रिमालको घरमा पुगेँ सोही रिमाल वस्तीमा हुर्किएका हजुर बा नाताले गोविन्द बाको दाजु पर्छन् । मैले उनीसँग उक्त भगवति मन्दीर र वीरभद्र कुँवरका बारे केही सोधेँ । हजुरबाले धेरै कुरा विस्तारमा मलाई बताउनु भयो।

बलभद्र कुँवर वीर भद्र कुँवरका आप्ः्नै भाई रहेनछन् । त्यसबेलाको सरकारले उनलाई सो जग्गा बिर्ताका रुपमा हस्तान्तरण गरेको रहेछ। त्यसबेला उनीहरू जुनजुन ठाउँमा लडाइ गर्न जान्थे, त्यस ठाउँबाट महत्पूर्ण बोट बिरुवा हरू ल्याएर रोप्ने गर्दा रहेछन्। हजुर बाले सुने अनुसार एउटा बोट त श्रीलंकाको पनि थियो रे साथमा अरु पनि विभिन्न औषधि जटिबुटी र प्रशस्त मात्रामा रुद्राक्षको बोट रोपिएको थियो रे त्यसै गरी छेउमा उभिएको घर श्री ३ चन्द्र शमशेरकी पत्नी बालकुमारी दरबारको रुपमा रहेको पनि थाहा पाएँ। यसरी गोविन्द बा सँगको मेरो भगवती माता मन्दीरको यात्रा निकै रोमान्चक हुन पुग्यो । नेपालको इतिहासमा यस स्थलको महत्व कतै न कतै जिवन्त छ जस्तो पनि लाग्यो।

वीरभद्रले बनाएको भगवतीको माताको स्तम्भमा शायद केही अलौकिक शक्तिको बास हुनुपर्छ जसले हामी नेपालीहरूलाई एउटा स्वतन्त्र इतिहास भएको देश हो भनि विश्व सामु चिनाउन मद्दत गर्छ ।
मन्दिरको दक्षिण भागमा एउटा फ्लेक्स टाँगिएको थियो। त्यसमा वीर बलभद्र कुँवरको चित्रसहित नालापानीको लँडाइमा उनको गणले अंग्रेज सेनाको प्रतिकार गरेको एउटा काल्पनिक चित्रसमेत थियो। बेलायती सेनाहरूले पनि उनको सम्मानका साथ बलभद्रको नाममा नालापानीमा स्तम्भका साथ शिलालेखन गरेको थियो। यस्ता वीर योद्धाका दाजुभाइ मध्येका वीरभद्रलाई पनि उनीप्रति निकै सम्मान भएको हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्