निर्वाचन आयोगको अनियमितता;सहमती बिना नै खोलियो मत पेटिका



वैशाख ०२,पर्सा ।
स्थानीय तह निर्वाचन सकिए लगतै देशै भरी मतगणना भइरहेको बेला वीरगंजमा मत गणनाको विषयमा विवाद उत्पन्न भएको छ ।
वीरगंज महानगरपालिकाको वडा नम्बर ३१ को मतगणनामा निर्वाचन आयोगको अनियमितता देखिएको माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार नन्दकिशोर पंजियारले बताउनु भएको छ ।
जानकारी नै नगराईकन आयोगले मत पेटिका खोलेको उहाँले बताउनु भयो । ‘खाना खान बाहिर गएको बेला माओवादी केन्द्रका कुनै पनि पार्टी प्रतिनिधि भित्र नरहेको बेला मत पेटिका खोलेर आयोगले मत गणना गर्न सुरु गरेको’ उहाँले भन्नू भयो ।
‘कुनै पनि मत पेटिका खोल्नु अगाडि सबै पार्टीका प्रतिनिधिहरु सङ्ग सहमती गरेर मात्रै मत पेटिका खोल्नु पर्नेमा जानकारी नै नगराई मत पेटिका खोली मत गणना सुरु गरेको देखेर आयोगले अनियमितता गरेको संका लागेको छ’ उहाँले थप्नु भयो ।
 यति मात्रै नभई मुचुल्का माग गर्दा समेत निर्वाचन आयोगले बेवास्ता गर्दै आएको उहांले आरोप लगाउनु भएको छ । मत पेटिका उठ्नु पुर्व उठाईएको मुचुल्का माग गर्दा निर्वाचन आयोगले नदिएको उहाँको भनाई छ । मतदान स्थलको सर्वदलीय सहमतिबाट देखिएको मत र मत गणना स्थलमा देखिएको मत संख्या पनि समान नभएको उहाँले भन्नू भएको छ ।
वीरगंज महानगरपालिकाको वडा नम्बर ३१ मा मतदान पश्चात् मत पेटिका उठ्नु पुर्व रिपोर्टिङ गरिएको मत संख्या ३०६६ रहेको थियो भने मत गणना स्थल सम्म आईपुगदा मतपत्र संख्या ३०७० बताएपछी चर्काचर्की भएपछि निर्वाचन आयोगले त्यसलाई सच्याउदै ३०६९ बताएको छ ।
हाल माओवादी केन्द्रका पार्टी प्रतिनिधि मत गणना स्थल छोडी बाहिर निस्किए पनि भित्र मत गणना जारी रहेको छ । मतगणना पुन: गर्ने माग सहित माओवादी केन्द्रले प्रमुख निर्वाचन आयोग अधिकृत समक्ष निवेदन पेश गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेकपा एमाले अध्यक्ष केपी ओलीले मलको विषयमा सरकारले अल्मल्याउने काम मात्रै गरिरहेको बताउनुभएकोे छ। पार्टी निकट अखिल नेपाल किसान महासङ्गको

काठमाडौं : निजी विद्यालय सञ्चालक र प्रधानअध्यापकहरुको नेतृत्वदायी र व्यवस्थापकीय क्षमता बढाउन काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशनले विशेष तालिम कार्यक्रम

मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा म उहाँको सम्मानपुर्वक स्मरण गर्न चाहन्छु । त्यसो त उहाँसँग मेरो राजनीतिक संगत त्यति

काठमाडौं : यसवर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार धरानका अर्गानिक कृषक कृष्ण राईले पाउने भएका छन् । भण्डारीको ७१ औं जन्म