पर्सागढी राजनीतिक दलका प्रमुखको प्रतिबद्धताः बालबालिकाको सर्वाङ्गीन बिकासको योजना ल्याउँछौ



वीरगञ्ज, २३ बैशाख ।

पर्साको पर्सागढी नगरपालिकामा राजनीतिक दलका नेतृत्व र बालबालिकाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचलाई मध्यनजर गर्दै राजनीतिक दलका प्रतिबद्धता पत्रमा बालबालिकाका सवाल र निर्वाचनमा बालबालिकाको प्रयोगका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डिकेए अष्ट्रिय र पर्सागढी नगरपालिकाको समन्वयमा युवालयले पर्सागढीको बढनिहारस्थित श्री जनता मा.विमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पर्सागढी नगरपालिकास्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनीधिहरुले निर्वाचन प्रचार प्रसारमा बालबालिकाको प्रयोग नगर्ने र पार्टीका घोषणा पत्रमा पनि बालबालिकाकोलागि विशेष योजना समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी पर्सागढी नगर समितिका अध्यक्ष अशोक यादवले बालबालिकाका हक अधिकारसँगै उनीहरुको क्षमता अभिवृद्धि र व्यक्तित्व विकासका लागि योजाहरु ल्याउने बताए । नेपाली कांग्रेस पर्सागढी नगर समितिका उपसभापति अक्षय प्रसाद यादवले शैक्षिक गुणस्तर बृद्धिसँगै अतिरिक्त क्रियाकलापमा जोड दिए ।

नेकपा माओवादी केन्द्र पर्सागढी नगर समितिका सचिव बिक्रम कार्कीले विद्यालयलाई राजनीतिकदेखि टाढा राख्नुपर्ने बताउँदै बालबालिकाको सर्वांगिन बिकासका लागि अभिभावकसँगै शिक्षकहरु पनि जिम्मेवार बन्नुपर्ने धारणा राखे । नेकपा एमाले पर्सा जिल्ला कमिटी सदस्य दिपेश नेपाले भोलीको भविष्यहरुलाई आजैदेखि प्राथमिकता दिनुपर्नेमा स्थानीय सरकारले कुनै योजना नल्याएको आरोप लगाए । जनता मा.वि.का सहायक प्रधानाध्यापक डिल्लीराम आचार्यले शिक्षाको क्षेत्रमा स्थानीय सरकारपछि पनि खासै उपलब्धी हुन नसकेको स्विकार गरे । कार्यक्रममा राजनीतिक दलका प्रतिनीधि, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, विद्यालयका शिक्षक, शिक्षिका, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको बिकास साहले जानकारी दिए । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्यनारायण वि.क.ले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं : दोस्रो कार्यकालका लागि निर्वाचित काठमाडौंको चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरिले अब नगरपालिकाले नगरस्तरीय ठूला र दीर्घकालीन प्रभाव पार्ने

युक्रेनी महिला एन्टोनिया सामोइलोभा जीवनकै सर्वाधिक ठूलो सपनाको रुपमा रहेको सगरमाथा आरोहणको संघारमा हुनुहुन्छ । उहाँको देश अहिले शक्तिशाली रुससँगको

काठमाडौ : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पून गत महिना मात्र युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान)को भ्रमणमा जानुभएको थियो। उक्त

काठमाडौ : छ दिन अघि सगरमाथा शिखरमा  पुगेको नेपाल अमेरिका मैत्री झन्डा अब संयुक्त राज्य अमेरिकाको सर्वोच्च शिखर डेनाली पर्वतको