सम्भावनाले भरिएको रामगढवा अझै पछाडी किन;राजेशमान सिंह



वैशाख २१,पर्सा।
सम्भावनै सम्भावनाले भरिएको रामगढवा अझै पनि पछाडी किन भनेर राजेशमान सिंहले प्रश्न गर्नु भएको छ। जनता समाजवादी पार्टी नेपाल,पर्साबाट वीरगंज महानगरपालिकाका मेयर पदका उम्मेदवार राजेशमान सिंहले यसो प्रश्न गरेका हुन्। स्थानीय तह निर्वाचन नजिकै गर्दा घरदैलोमा होमिएका उम्मेदवार राजेशमान सिंहले स्थानीयसंग यसो प्रश्न गर्दै यो विषयमा सचेत रहन आग्रह गरेका हुन्।

वीरगंज महानगरपालिका को वडा २४ रामगढवामा आज आयोजित घरदैलोमा बोल्दै सिंहले थप,”रामगढवा महानगरपालिकाको शहरी क्षेत्रसँग सबैभन्दा नजिकको टोल हो, यस टोल नजिकै आइसीपी र सुक्खा बन्दरगाह जस्ता महत्वपूर्ण भौतिक संरचनाहरु छन् । तरपनि यस टोलको विकास अपेक्षित रुपमे हुन सकेको छैन । टोलको विकासमा महानगरपालिका उदासिन छ,शहरी विकास डिभिजन कार्यालयले सडक नबनाएको भए यहाँ सडक पूर्वाधारसमेत विकास हुन् सक्दैनथ्यो” भन्नु भयो।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ को रामगढवास्थित नयाँ बस्तिका वासिन्दाहरुसंग भेटघाट गर्ने क्रममा सिंहले यसो भन्नु भएको हो ।
विकासको अपेक्षामा यहाँका स्थानीयले साढे ४ वर्ष बिताई सक्नुभयो अब उहाँहरु परिवर्तन खोज्दै हुनहुन्छ । र त्यो परिवर्तन केवल जनता समाजवादी पार्टीका जनप्रतिनिधिले ल्याउन सक्ने उहाँको भनाई छ । ”त्यसैले पनि आसन्न स्थानीय तहको निर्वाचनमा उहाँहरुले आफ्नो मत छाता छापमा दिएर जसपाका उम्मेदवारहरुलाई जिताउने निर्णय गर्नुभएको छ” उहाँले भन्नु भयो।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ को रामगढवास्थित नयाँ बस्तिका वासिन्दाहरु पनि जसपामाथि भरोसा गर्न थालेका छन्। रामगढवामा जसपाको घरदैलोमा स्थानीयको समर्थनबाट जसपाबाट वीरगंजका मेयर पदका उम्मेदवार राजेशमान सिंहको पक्ष अझै बलियो हुदै गएको छ। मधेश प्रदेशको एक मात्रै महानगर वीरगंजको मेयर पदका लागि निवर्तमान मेयर विजय सरावगी र जसपाबाट राजेशमान सिंह बीच कडा प्रतिष्पर्धा देखिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं : दोस्रो कार्यकालका लागि निर्वाचित काठमाडौंको चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरिले अब नगरपालिकाले नगरस्तरीय ठूला र दीर्घकालीन प्रभाव पार्ने

युक्रेनी महिला एन्टोनिया सामोइलोभा जीवनकै सर्वाधिक ठूलो सपनाको रुपमा रहेको सगरमाथा आरोहणको संघारमा हुनुहुन्छ । उहाँको देश अहिले शक्तिशाली रुससँगको

काठमाडौ : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पून गत महिना मात्र युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान)को भ्रमणमा जानुभएको थियो। उक्त

काठमाडौ : छ दिन अघि सगरमाथा शिखरमा  पुगेको नेपाल अमेरिका मैत्री झन्डा अब संयुक्त राज्य अमेरिकाको सर्वोच्च शिखर डेनाली पर्वतको