बजाजको आधिकारिक सर्भिस अब कीर्तिपुर मै

आफ्नो सवारी साधनको नियमित वा आकस्मिक मर्मत सम्हार गर्न वा कुनै जेनुयिन पार्ट पुर्जा किन्नका लागि घरबाट टाढा पुग्नुपर्ने समस्याबाट कीर्तिपुरबासीले छुटकारा पाउने भएका छन् ।
बाइकको लोकप्रिय ब्राण्ड बजाजको आधिकारिक सर्भिस केन्द्र स्टार मोटरबाईक वर्क शप हालै कीर्तिपुर नयाँ बजारस्थित माछापुछ्रे बैंकसँगै खुलेको छ । यसले बजाज बाईक प्रयोग गरिरहेकाहरुलाई समय र पैसा दुवैको बचत हुने गरी घर दैलोमै सेवा दिन थालेको छ ।
सेवा सञ्चालन सुरु भएको अवसरमा वर्कशपले न्यू ओपनिङ अफर घोषणा गर्दै आगामी अप्रिल २१ तारिखसम्म स्पेयर पार्टसमा १० प्रतिशत र लेवर चार्जमा २५ प्रतिशत छुट दिने भएको छ । यसबाहेक सोही अवधिमा मोटरसाइकलको परिक्षण र धुने कार्यसमेत निःशुल्क हुने भएको छ ।
हरेक दिन बिहान ८ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म खुल्ने यो वर्कशप शनिबार पनि बिहान ८ः०० बजे देखि अपरान्ह ३ः०० बजेसम्म खुल्ने छ ।