कविताः जाग्नेछु पक्कै पनि



 

नारी हो अवला भनेर अपमान गर्ने र गाँस काटिने ।
विश्वासै नहुने र मान नदिने बोल्ने, कुरा छाँटिने ।।
यै हो लिङ्ग विभेद भन्नु जसले बुझ्दैन आधा भनी ।।
हारेको यदि ठानियो अव भने उभ्भिन्छु बाधा बनी ।।

आफ्नै त्याग र प्रेम पोषण गरी मेट्नु छ तृष्णा जति ।
बत्तिमा पुतली सरी बहकिदै आफै जलेका कति ।।
अत्याचार गरी दबाइरहने सीता र राधा भनी ।
भोग्य झैं यदि हेरियो जब भने रोक्ने छु बाधा बनी ।।

हामी छौं ममतामयी सहृदयी हाम्रो छ आफ्नैपना ।
नारी नै जननी र शक्ति घरका काली र वीरङ्गना ।।
स्वर्गै झैं घर यो बनाउन भनी खट्ने इराधा पनि ।
विथोल्ने यदि दुष्प्रयास हुन गो उत्रन्छु बाधा बनी ।।

हीराका गहना र पाषणहरु ठान्छु म उस्तै भनी ।
आफ्नै पौरखको छ गुन्द्रुक ढिडो खान्छु म निस्तै पनि ।।
भारी दौलतको र चाकर विना बाँच्नेछु साधा अनि ।
मर्दाङ्गी यदि निर्दयी जब भयो जाग्नेछु बाधा बनी ।।

 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं : दोस्रो कार्यकालका लागि निर्वाचित काठमाडौंको चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरिले अब नगरपालिकाले नगरस्तरीय ठूला र दीर्घकालीन प्रभाव पार्ने

युक्रेनी महिला एन्टोनिया सामोइलोभा जीवनकै सर्वाधिक ठूलो सपनाको रुपमा रहेको सगरमाथा आरोहणको संघारमा हुनुहुन्छ । उहाँको देश अहिले शक्तिशाली रुससँगको

काठमाडौ : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पून गत महिना मात्र युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान)को भ्रमणमा जानुभएको थियो। उक्त

काठमाडौ : छ दिन अघि सगरमाथा शिखरमा  पुगेको नेपाल अमेरिका मैत्री झन्डा अब संयुक्त राज्य अमेरिकाको सर्वोच्च शिखर डेनाली पर्वतको