शुक्रबार १०,७०३ जनामा संक्रमण, सकृय संक्रमित कति पुगे ?



काठमाडौ  / पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको नमुना परीक्षण भएको थियो ।

त्यस्तै सोही अवधिमा ७६६ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ ।

पछिल्लो संक्रमित संगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १० हजार ७ र पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९६ हजार ५८४ जना पुगेको छ भने संक्रमितमध्ये ८ लाख १९ हजार ५७५ जना निको भएका छन् । यस्तै कुल मृतकको संख्या ११ हजार ६३५ जना पुगेको छ ।

मन्त्रालयकमा अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ४ हजार २७९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका तीनै जिल्लामा गरी कुल ५ हजार २९९ जनामा संक्रमण पुष्टि भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं : दोस्रो कार्यकालका लागि निर्वाचित काठमाडौंको चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरिले अब नगरपालिकाले नगरस्तरीय ठूला र दीर्घकालीन प्रभाव पार्ने

युक्रेनी महिला एन्टोनिया सामोइलोभा जीवनकै सर्वाधिक ठूलो सपनाको रुपमा रहेको सगरमाथा आरोहणको संघारमा हुनुहुन्छ । उहाँको देश अहिले शक्तिशाली रुससँगको

काठमाडौ : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पून गत महिना मात्र युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान)को भ्रमणमा जानुभएको थियो। उक्त

काठमाडौ : छ दिन अघि सगरमाथा शिखरमा  पुगेको नेपाल अमेरिका मैत्री झन्डा अब संयुक्त राज्य अमेरिकाको सर्वोच्च शिखर डेनाली पर्वतको