त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरु अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौ / प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा सामाजिक दूरी कायम भए÷नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड–१९ का मापदण्ड पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन समेत दिनुभएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड–१९का मापदण्ड पालना भए÷नभएको अनुगमन गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले परीक्षा हलमा कोभिड–१९ का मापदण्ड नभएको पाइएमा केही हप्ता परीक्षा स्थगित समेत गर्ने गरी प्रक्रिया अघि बढाउन मुख्यसचिव बैरागीलाई निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

केन्ट इन्स्टिच्युट अष्ट्रेलियाले यसै साता काठमाडौंमा एजेन्ट मिट को आयोजना गरेको छ। कलेजका बारेमा नेपाल स्थित प्रतिनिधिहरूलाई ताजा जानकारी प्रदान

काठमाडौं : दोस्रो कार्यकालका लागि निर्वाचित काठमाडौंको चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरिले अब नगरपालिकाले नगरस्तरीय ठूला र दीर्घकालीन प्रभाव पार्ने

युक्रेनी महिला एन्टोनिया सामोइलोभा जीवनकै सर्वाधिक ठूलो सपनाको रुपमा रहेको सगरमाथा आरोहणको संघारमा हुनुहुन्छ । उहाँको देश अहिले शक्तिशाली रुससँगको

काठमाडौं : भारतको सिटि विश्वविध्यालयले नेपाल लगायत विभिन्न देशका विद्यार्थीलाइ २५ करोड भारतीय रुपैयाँको छात्रवृत्ति दिने भएको छ । राजधानीमा