माहामारीकैबिच फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य , के मा कति बढाइयो ?



 

काठमाडौँ ६ माघ /  कोरोना भाइरसको महामारीले मुलुक आक्रान्त भैरहेका बेला नेपाल आयल निगमले जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेको भन्दै निगमले इन्डियन आयल कर्पोरेशन (आइओस) लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको हो ।

निगमका अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा, डिजेलमा छ रुपैयाँ ३३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा छ ।

तर हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर नौ रुपैयाँ ६३ पैसा, अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर २९ रुपैयाँ तीन पैसा र मट्टितेलमा प्रतिलिटर २२ रुपैयाँ ६४ पैसा नाफा रहेको छ ।

निगमले वुधबार राती १२ बजेदेखि लागू हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिर रु पाँच तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको हो ।

मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२, पेट्रोलको मूल्य १३९, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर रु १०६ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर ९९५ अमेरिकी डलर पुगेको छ । एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

निगमले पछिल्लो पटक मिति २०७८ कात्तिक २४ गते मूल्य समायोजन गरेको थियो । पेट्रोलियमको मूल्य बढे पनि अझै निगमलाई १५ दिनमा रु एक अर्ब ८८ करोड घाटा हुने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वैशाख ०२, पर्सा। पर्साको वीरगंज महानगरपालिकाको मत परिणामको जोड गलत भएको देखिएको छ । स्थानीय तह निर्वाचन भएको दुई दिन

वैशाख २१,पर्सा। सम्भावनै सम्भावनाले भरिएको रामगढवा अझै पनि पछाडी किन भनेर राजेशमान सिंहले प्रश्न गर्नु भएको छ। जनता समाजवादी पार्टी

वैशाख १९,पर्सा। छाता नै छाताले भरिदै गएको छ पर्सागढ़ी नगरपालिका। स्थानीय तह निर्वाचन नजिकिदै गर्दा विभिन्न पार्टीहरु बीच कडा प्रतिष्पर्धा

वैशाख १५,पर्सा। पर्सामा जसपाको घरदैलो कार्यक्रमको रौनक छाएको छ। वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी