एकैदिन १० हजार भन्दा बढीमा कोरोना संक्रमण



 

काठमाडौं ।    पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै जनामा कोरोना संक्रमण भएको छ। आज १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो । १७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८७३० र १० हजार २५८ जनाको एन्टीजेन परीक्षण गर्दा १५२८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज ५६२ जनाले कोरोना जितेका छन्। साथै एक जनाको मृत्यु भएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं : दोस्रो कार्यकालका लागि निर्वाचित काठमाडौंको चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरिले अब नगरपालिकाले नगरस्तरीय ठूला र दीर्घकालीन प्रभाव पार्ने

युक्रेनी महिला एन्टोनिया सामोइलोभा जीवनकै सर्वाधिक ठूलो सपनाको रुपमा रहेको सगरमाथा आरोहणको संघारमा हुनुहुन्छ । उहाँको देश अहिले शक्तिशाली रुससँगको

काठमाडौ : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पून गत महिना मात्र युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान)को भ्रमणमा जानुभएको थियो। उक्त

काठमाडौ : छ दिन अघि सगरमाथा शिखरमा  पुगेको नेपाल अमेरिका मैत्री झन्डा अब संयुक्त राज्य अमेरिकाको सर्वोच्च शिखर डेनाली पर्वतको