विश्वभर जोखिम बढ्दै, एकैदिन ४ हजार ९७८ जना संक्रमितले गुमाए ज्यान



काठमाडौँ  /  पछिल्लो २४ घण्टामा विश्वभर १९ लाख १२ हजारभन्दा बढी कोरोना संक्रमित भएका छन्। सबैभन्दा बढी अमेरिकामा ३ लाख २८ हजार, स्पेनमा १ लाख १० हजार, फ्रान्समा १ लाख २ हजार र अर्जेन्टिनामा १ लाख २ हजार छन् ।

त्यसैगरी बेलायतमा ८४ हजार, इटलीमा ८३ हजार, ब्राजिलमा ७६ हजार र टर्कीमा ६४ हजारमा संक्रमित भएका छन्।

त्यस्तै सोही अवधिमा ४ हजार ९७८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकामा ४२२, रुसमा ६७०, फ्रान्समा २९६, इटलीमा २८७, ब्राजिलमा १६२, टर्कीमा १६२, जर्मनीमा १४३, अर्जेन्टिनामा १९१ र कोलम्बियामा १३४ जना रहेका छन्। योसँगै अहिलेसम्म ५५ लाख ६३ हजारको कोरोनाबाट मृत्यु भइसकेको छ।

हालसम्म ३३ करोड १० लाख ८२ हजारभन्दा धेरै कोरोना संक्रमित भएका छन्। जसमध्ये २६ करोड ८९ लाख ४१ हजार संक्रमणमुक्त भएका छन्।

 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं : दोस्रो कार्यकालका लागि निर्वाचित काठमाडौंको चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरिले अब नगरपालिकाले नगरस्तरीय ठूला र दीर्घकालीन प्रभाव पार्ने

युक्रेनी महिला एन्टोनिया सामोइलोभा जीवनकै सर्वाधिक ठूलो सपनाको रुपमा रहेको सगरमाथा आरोहणको संघारमा हुनुहुन्छ । उहाँको देश अहिले शक्तिशाली रुससँगको

काठमाडौ : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पून गत महिना मात्र युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान)को भ्रमणमा जानुभएको थियो। उक्त

काठमाडौ : छ दिन अघि सगरमाथा शिखरमा  पुगेको नेपाल अमेरिका मैत्री झन्डा अब संयुक्त राज्य अमेरिकाको सर्वोच्च शिखर डेनाली पर्वतको