काठमाडौंको कहाँ कहाँबाट लगाउन पाइन्छ बुस्टर डोज ?



 

 

काठमाडौ/ सरकारको निर्णयअनुसार कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन थालिएको छ । बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुका लागि उपलब्ध हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार जिल्लाका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने छ ।

काठमाडौंमा टेकु अस्पताल, प्रसुती गृह थापाथली, प्रहरी अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, कीर्तीपुर अस्पताललगायत स्थानमा बुस्टर डोज लगाउन सकिने जनाइएको छ ।

बुस्टर डोज लगाउनका लागि यसअघि कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा गरेको हुनुपर्ने छ ।

कोभिड १९ को संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको हो । आइतबारबाटै लगाउने भनिएको भए पनि काठमाडौँमा सोमबारबाट बुस्टर डोज लगाउन थालिने भएको हो ।

 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं : दोस्रो कार्यकालका लागि निर्वाचित काठमाडौंको चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरिले अब नगरपालिकाले नगरस्तरीय ठूला र दीर्घकालीन प्रभाव पार्ने

युक्रेनी महिला एन्टोनिया सामोइलोभा जीवनकै सर्वाधिक ठूलो सपनाको रुपमा रहेको सगरमाथा आरोहणको संघारमा हुनुहुन्छ । उहाँको देश अहिले शक्तिशाली रुससँगको

काठमाडौ : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पून गत महिना मात्र युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान)को भ्रमणमा जानुभएको थियो। उक्त

काठमाडौ : छ दिन अघि सगरमाथा शिखरमा  पुगेको नेपाल अमेरिका मैत्री झन्डा अब संयुक्त राज्य अमेरिकाको सर्वोच्च शिखर डेनाली पर्वतको