कोरोना अपडेटः ह्वात्तै बढ्यो संक्रमण, आज मात्र थपिए २ हजार ४४४ जना



काठमाडौ नेपालमा एकैदिन २ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा २४४४ जनामा संक्रमण पुष्टी भएको हो । पिसिआर परीक्षणबाट १९८१ र एन्टिजेन परीक्षणबाट ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३३ जनामा कोरोना परीक्षण गरिएको थियो। अहिले देशभर ९ हजार ५ सय २२ जना कोरोनाका संक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन्।

यस्तै ३१३ जना संक्रमणबाट मुक्त भएका छन्। यसैगरी काठमाडौं उपत्यकामा १२८६ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ  / प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । नेपाली कांग्रेसका सभापति देउवा गत असार २९

  काठमाडौ / प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहको चुनाव एक वर्षभित्र गर्ने वताएका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौ  / पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौं । काठमाडौं उपत्यकामा आजराति १२ बजेदखि जोरबिजोर प्रणाली लागू हुने भनिए पनि केही क्षेत्रका सवारीसाधनमा जोरबिजोर प्रणाली लागू नहुने