संक्रमणदर बढेको अवस्थामा लकडाउन हुन्छ कि हुँदैन ? यस्तो छ सरकारको तयारी



 

काठमाडौ / गत साता देखि यता देशभर कोरोना संक्रमणदर बढ्दै गएको छ । पुस २३ गते १४ हजार ९७१ जनामा परीक्षण गरेकामध्ये २६२ कोरोना भाइरसका सङ्क्रमित रहेकोमा पुस २६ गते हिजो ११ हजार ४२९ परीक्षण गरेकामध्ये एक हजार ४४६ सङ्क्रमति देखिएका छन् । साथै नेपालमा हाल सात हजार ८५५ सक्रिय सङ्क्रमति पुगेका छन् । यसरी अहिले दैनिक सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।

पुस १९ गते कूल परीक्षणमध्ये २।६ प्रतिशतमा रहेको सङ्क्रमण हिजो पुस २६ गते कूल परीक्षण गरेकोमध्ये १२।७ प्रतिशतमा सङ्क्रमण पुगेको छ । यस्तै पुस २५ गते कूल परीक्षण गरेकोमध्ये ९।२ प्रतिशतमा सङ्क्रमण दर रहेको थियो ।

यसैगरी पुस २० गते ४.२ प्रतिशत, पुस २१ गते ४.३ प्रतिशत पुस २२ गते ४.५ प्रतिशत, पुस २३ गते ६.५ प्रतिशत, पुस २४ गते ७.१ प्रतिशत कूल सङ्क्रमण दर रहेको थियो ।

सरकारले केही दिनयता संक्रमण तीव्र रुपमा बढेसँगै रोकथाम गर्न पनि तयारी थालिसकेको बताएको छ । हालसम्म नेपालमा २६ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । ओमिक्रोन भेरियन्टका कारण जोखिमपूर्ण अवस्था आउन नदिन सरकारले तयारी थालिसकेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्राले बताइन् ।

ओमिक्रोन भेरियन्टको एस जिन नेगेटिभको संख्या बढ्नु भनेको ओमिक्रोनको संक्रमण बढ्नु हो । पत्ता लगाइएका सबै एस जिन नेगेटिभ व्यक्तिहरुलाई कन्ट्रयाक ट्रेसिङको काम नियमित रुपमा भइरहेको उनको भनाइ छ ।

के छ तयारी ?

सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि १५ दिनसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरु बन्द गराएको छ । सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुमार्फत् सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमणकै कारणले अहिलेसम्म नै बन्दाबन्दी ९लकडाउन०को अवस्थामा पुगिहाल्ने कुनै निर्णय गरेको छैन । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले अहिलेको अवस्थामा बन्दाबन्दी गरिहाल्ने सोच मन्त्रालयको नभएको वताए । मन्त्रालयले जुन क्षेत्रमा सङ्क्रमणको दर बढी हुन्छ सोही क्षेत्रमा मात्र स्मार्ट लकडाउन गर्ने तयारीमा रहेको छ ।

मन्त्रालयले ‘स्मार्ट लकडाउन’ गर्ने अधिकार भनेर सम्बन्धित जिल्लाको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई दिएको छ । जिल्ला र स्थानीय तहमा कति सङ्क्रमितसम्मलाई उपचार गर्न सकिन्छ त्यसको पनि अब लेखाजोखा हुनुपर्ने अवस्था छ । मन्त्रालयले सम्भावित जोखिम रोक्नका लागि खोप अभियानलाई तीव्रता दिएको छ । प्रतिदिन पाँच लाख जनालाई खोप लगाउन सक्ने क्षमता मन्त्रालयसँगै रहेको छ ।

ओमिक्रोन भेरियन्ट रोक्न यस्तो छ तयारी

सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर अहिले सम्भावित तेस्रो लहरको जोमिख हुननदिन अस्पताललाई तयारी अवस्थामा राखेको छ । उपत्यकाका र देशभरिका अस्पताललाई अक्सिजन, सघन उपचार कक्ष (आइसियु०, हाई डिपेन्डेन्सी युनिट ९एचडियु०, भेन्टिलेटर, आइसोलेशनको तयारी अवस्थामा राखेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा डा समीरकुमार अधिकारीका अनुसार यहाँ सघन उपचार कक्ष दुई हजार ७९७, भेन्टिलेटर एक हजार ८, एचडियु तीन हजार ८४६ उपलब्ध छन् । यस्तै अक्सिजन सिलिण्डर १३ हजार ९३९, अक्सिजन कन्सन्टे«टर ६९३ रहेका छन् । यसैगरी २५ अक्सिजन टयाङ्कमा १९ वटार १०७ मध्ये ८७ अक्जिसन प्लान्ट सञ्चालनमा आइसकेको छ । उपत्यकामा दुई हजार ४९४ आइसोलेशन शय्या, ३२४ एचडियु, ४४५ आइसियु र २५४ भेन्टिलेटर रहेका छन् ।

प्रदेश नं १ मा ११ वटा प्रदेश २ मा छ वटा, बागमती प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा १७, लुम्बिनी प्रदेशमा १८ वटा, कर्णाली प्रदेशमा ७ वटा र सुदूरपश्चिम प्रदेशमा पाँच वटा अक्सिजन प्लान्ट स्थापना गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ  / प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । नेपाली कांग्रेसका सभापति देउवा गत असार २९

  काठमाडौ / प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहको चुनाव एक वर्षभित्र गर्ने वताएका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौ  / पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौं । काठमाडौं उपत्यकामा आजराति १२ बजेदखि जोरबिजोर प्रणाली लागू हुने भनिए पनि केही क्षेत्रका सवारीसाधनमा जोरबिजोर प्रणाली लागू नहुने