चौथो भर्चुअल इडियु फेयर आज देखि



देशभित्रका कलेजहरुको जानकारी एउटै थलोबाट प्रवाह गर्न राजधानीमा आजदेखि चौथो भर्चुअल इडियु फेयर सुरु भएको छ। आगामी १५ दिनसम्म चल्ने यो शैक्षिक मेलामा काठमाडौं र उपत्यका बाहिरका १ सयभन्दा बढी कलेजले आफुले संचालन गरेका स्नातक तहका कार्यक्रमहरु बारेको जानकारी भर्चुअल माध्यमबाट विद्यार्थी र अभिभावकलाई  दिने छ्न । भर्चुअल माध्यमबाटै विद्यार्थीले कलेजले पढाउने विषय, भवन र खेलमैदानलगायतको वातावरणको अवलोकन गर्न सक्नेछन् । यस पटक व्यवस्थापन, विज्ञान, सूचना प्रविधि, स्वास्थ्य विज्ञान ,सामाजिक शास्त्र र मानविकी जस्ता कार्यक्रम चलाउने कलेज सहभागी छ्न । फेयरको शुभारम्भ गर्दै पोखरा विश्वविध्यालयका उपकुलपति प्रेमनारायण अर्यालले नेपाललाई विदेशी विद्यार्थीको आकर्षक गन्तव्य बनाउन निजि कलेजले गरेका प्रयास सर्हानीय भएको बताउनुभयो । फेयरका सम्य्योजक रामहरि सिलवालका अनुसार १५ दिनको अवधिमा करिब ५ लाख विद्यार्थी र तिनका अभिभावक सहभागी हुनेछन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ  / प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । नेपाली कांग्रेसका सभापति देउवा गत असार २९

  काठमाडौ / प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहको चुनाव एक वर्षभित्र गर्ने वताएका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौ  / पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौं । काठमाडौं उपत्यकामा आजराति १२ बजेदखि जोरबिजोर प्रणाली लागू हुने भनिए पनि केही क्षेत्रका सवारीसाधनमा जोरबिजोर प्रणाली लागू नहुने