७०० ले बढ्यो सुनको भाउ कति पुग्यो ?



काठमाडौ १८ पुस

आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भएको हो ।

बढेको मूल्यअनुसार बजारमा छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ र चाँदी एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा ७०० रुपैयाँले नै वृद्धि हुँदै ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अस्ती शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ  / प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । नेपाली कांग्रेसका सभापति देउवा गत असार २९

  काठमाडौ / प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहको चुनाव एक वर्षभित्र गर्ने वताएका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौ  / पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौं । काठमाडौं उपत्यकामा आजराति १२ बजेदखि जोरबिजोर प्रणाली लागू हुने भनिए पनि केही क्षेत्रका सवारीसाधनमा जोरबिजोर प्रणाली लागू नहुने