कसरी पुर्याइदै छ काँग्रेसको केन्द्रीय कार्यसमितिमा ३३ महिला ?



काठमाडौ १८ पुस

नेपाली काँग्रेसको केन्द्रीय कार्यासमितिमा शनिबार दुइ जना मनोनितमा परे । हालसम्म केन्द्रीय कार्यासमितिमा महिलाको संख्या ४३ पुगेको छ । देउवाले हिजो १० मध्ये २ जना महिला उमा रेग्मी सुजाता कोइरालालाई मनोनित गरेका हुन् ।

कार्यसमितिमा सभापतिसहित १ सय ३५ जना निर्वाचित हुँदा ४१ जना महिलाको निर्वाचित भैसकेका छन् निर्वाचित सबै आरक्षण कोटाबाट मात्र आएका हुन् ।

ति मध्ये सहमहामन्त्री एक, महिला खुलातर्फ ९, प्रत्येक प्रदेशबाट महिला कोटाबाट आएका ७, खसआर्य महिलातर्फ ६, आदिवासी जनजाति महिलातर्फका ७, मधेसी महिलातर्फका ४, दलित महिलातर्फका ४, थारु महिलातर्फ २ र मुस्लिम महिलातर्फ १ गरी जम्मा ४१ जना निर्वाचित भएका थिए ।

जम्मा १ सय ६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउनुपर्ने प्रावधान छ । सो अनुरुप महिलाको संख्या पुर्याउन ५५ जना महिला हुनुपर्छ । काँग्रेस सभापति शेरबहादुर देउवाले कार्यसमितिमा ३३ प्रतिशत महिला पुर्याउन अब १२ जना महिला मनोनित गर्नुपर्नेछ ।

जसमध्ये देउवाले शनिबार १० जना रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा.प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनित गरेका छन् ।

काँग्रेसमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठसहित १३ पदाधिकारी रहन्छन् ।

 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ  / प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । नेपाली कांग्रेसका सभापति देउवा गत असार २९

  काठमाडौ / प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहको चुनाव एक वर्षभित्र गर्ने वताएका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौ  / पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौं । काठमाडौं उपत्यकामा आजराति १२ बजेदखि जोरबिजोर प्रणाली लागू हुने भनिए पनि केही क्षेत्रका सवारीसाधनमा जोरबिजोर प्रणाली लागू नहुने