महिलाको सुरक्षा, सम्मान र रोजगारी सरकारको प्रतिवद्धता मन्त्री श्रेष्ठ



 

काठमाडौं, मंसिर २२

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले महिलाको सुरक्षा, सम्मान र रोजगारीलाई सरकारले प्राथमिकता दिएको बताएकाछन ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौंमा आयोजना गरेको तेस्रो महिला सम्मेलनलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले राज्यका हरेक निकायमा महिलाहरुको समान सहभागिता, मर्यादित रोजगारी र कार्यस्थलमा महिला हिंसा न्युनिकरणका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

मन्त्री श्रेष्ठले संगठित तथा असंगठित क्षेत्रमा कार्यरत महिलाहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागि गराउन सरकार प्रतिवद्ध रहेको बताए । रोजगारीमा महिलाका लागि आरक्षणको व्यवस्थाले महिलाको प्रतिनिधित्व बढाउनुका साथै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

सबै क्षेत्रका श्रमिकका लागि उचित श्रम अभ्यास, आधारभूत श्रमिक अधिकार र सामाजिक सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताउनुहुँदै मन्त्री श्रेष्ठले ज्यालामा असमानता रहेको अनौपचारिक क्षेत्रमा महिला कामदार बढी रहेकोले उनिहरुको समस्या सम्वोधन गरिने बताए ।

आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाहरूले अवसर प्राप्त गर्ने गरी रोजगारी वृद्धि गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यमान ऐन–कानुनको प्रभावकारी कार्यान्वयनका साथै महिलाहरूमा आत्मविश्वास बढाउन, व्यावसायिक सीप तथा क्षमता विकास गर्नुका साथै हिंसा, शोषण र भेदभावको अन्त्य गरी कार्यक्षेत्र महिलामैत्री बनाउनुपर्ने बताएका थिए ।

 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ  / प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । नेपाली कांग्रेसका सभापति देउवा गत असार २९

  काठमाडौ / प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहको चुनाव एक वर्षभित्र गर्ने वताएका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौ  / पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौं । काठमाडौं उपत्यकामा आजराति १२ बजेदखि जोरबिजोर प्रणाली लागू हुने भनिए पनि केही क्षेत्रका सवारीसाधनमा जोरबिजोर प्रणाली लागू नहुने