जाडो बढ्योः यी खानेकुरा खानुस् चिसो लाग्नबाट जोगनिुस्



food pyramid turn into pie chart against white background

 

काठमाडौं / दिनदिनै जाडो बढिहेको छ । यस मौसममा चिसोवाट जोगिन शरीरको तापक्रम बढाउने खाना खानु राम्रो हुन्छ । तपाइँ जाडो मौसममा के खाँदै हुनुहुन्छ ? यदी अन्य समयको बेलाजस्तै खाइरहनुभएको छ भर्ने त्यस्तो खानामा परिवर्तन गर्नुपर्छ ।

जाडो याममा यी खानेकुरा खानुस् जसले प्रतिरोधात्मक क्षमतामा पनि सुधार हुन्छ र चिसोबाट बच्च सकिन्छ । यदि हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले राम्रोसँग काम गर्दछ र रोग लाग्न पनि दिदैन ।

वजन घटाउनको लागि अनुहारको चमकदेखि शरीरका टक्सिन फाल्नको लागिसम्म मह र तातोपानी खानुपर्छ । महमा मिनरल, भिटामिन, फ्लेभोनोइड्स र एन्जाइम भरपुर पाइन्छ ।

बदाममा म्यांगनिज, भिटामिन ई, प्रोटिन, ओमेगा ३ र ओमेगा ६ फ्याटी एसिडलगायत शरीरलाई अत्यावश्यक तत्व पाइन्छ । यसको बोक्रामा टयानिन हुन्छ जसले शरीरको पोषक तत्वलाई कायम राख्न सहयोग गर्नुका साथै शरीरलाई पनि तातो राख्न पोषण दिन्छ ।

ओटमिल एकदमै राम्रो ब्रेकफास्ट हो । एकदमै कम क्यालोरी र पोषणले भरपुर यसको नियमित प्रयोगले तपाईँको शक्ति दिन्छ । यसले शरीरबाट विषाक्त तत्व बाहिर निकालेर आन्द्रालाई समेत स्वस्थ्य राख्छ ।

आन्द्रालाई स्वास्थ्य राख्नुका साथै मेवाले पेटमा भएको अनेकौँ समस्यालाई हटाउँछ । खाली पेटमा मेवा खानु उत्तम हुन्छ । यसले कोलेस्ट्रोल घटाउनुका साथै तौल पनि घटाउँछ ।

साथै ल्वाङ, सुकुमेल, दालचिनी, एक टुक्रा अदुवा एक टुक्रा लसुन, एक चिम्टी बेसार राखेको पानी तातो बनाएर पिउने । बेला–बेलामा ग्रिन टिको सेवन गर्ने, पानी प्रशस्त पिउनुपर्छ।

 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं : दोस्रो कार्यकालका लागि निर्वाचित काठमाडौंको चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरिले अब नगरपालिकाले नगरस्तरीय ठूला र दीर्घकालीन प्रभाव पार्ने

युक्रेनी महिला एन्टोनिया सामोइलोभा जीवनकै सर्वाधिक ठूलो सपनाको रुपमा रहेको सगरमाथा आरोहणको संघारमा हुनुहुन्छ । उहाँको देश अहिले शक्तिशाली रुससँगको

काठमाडौ : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पून गत महिना मात्र युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान)को भ्रमणमा जानुभएको थियो। उक्त

काठमाडौ : छ दिन अघि सगरमाथा शिखरमा  पुगेको नेपाल अमेरिका मैत्री झन्डा अब संयुक्त राज्य अमेरिकाको सर्वोच्च शिखर डेनाली पर्वतको