१८ मंसिर २०७८, शनिबार

थप ५३३ जनामा संक्रमण, ९ को मृत्यु



 

काठमाडौ सोमबार देशभर थप ५ सय ३३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ६६४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४४१ तथा एन्टिजेन विधिबाट ९२ जना सङ्क्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा थप ४९० जना सङ्क्रमणमुक्त बनेका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ९२ हजार २७७ जना सङ्क्रमणमुक्त बनिसकेका छन् । नेपालमा निको हुने दर ९७।४ प्रतिशत पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ३१८ रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ९ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाएका छन् । हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४१६ जना पुगेको छ ।