ब्राउन सुगरसहित पक्राउ परेका वडा अध्यक्ष पूर्वपक्षका लागि जेल चलान



फाईल फोटो

कार्तिक ०९,वीरगंज। प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका पर्साको पकाहमैनपुर गाउँपालिकाका वडा अध्यक्ष पूर्वपक्षका लागि जेल चलान भएका छन् ।

गत साउन ३ गते सरकारी नम्बर प्लेटको गाडीमा ब्राउन सुगरसहित पक्राउ परेका पकाहमेनपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अमेरिका सहनी पुर्पक्षको लागि जेल चलान भएका हुन ।

पर्सा जिल्ला अदालतले सहनीलाई लागूऔषध मुदामा पुर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको प्रहरीले जनाएको छ । वडा अध्यक्षसहित सोही स्थानका राम आदेश सहनीलाई पनि जिल्ला अदालतले सोमबार जेल चलान गर्न आदेश दिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनुभएको छ ।

यसैगरि सोही वडाका वडा सदस्य बलिष्टर सहनीलाई जिल्ला अदालतले एक लाख धरौटीमा छाडने आदेश दिएको खनालले बताउनु भयो ।
गत साउन ३ गते वडा अध्यक्ष अमेरिका सहनीसहित वडा सदस्य बलिष्टर सहनी र राम आदेश सहनीलाई लागूऔषध खैरो हेराईनसहित प्रहरीले पक्राउ गरेको थियो ।

राति साढे १० बजेको समयमा तीनैजनालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले लागूऔषधसहित नियन्त्रणमा लिएको थियो । चेकजाँचको क्रममा प्रहरीले वडा अध्यक्ष सहनीले चलाएको ना १ ब ३५९५ नम्बरको मोटरसाइकलबाट ७९ ग्राम खैरो हिरोइन बरामद गरेको थियो ।

यस्तै उनको पछाडि ना ६२ प १९४२ नम्बरको अर्को मोटरसाइकलमा आउदै गरेका वडा सदस्य बलिष्टर र पछाडि बसेका रामआदेशलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ  / प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । नेपाली कांग्रेसका सभापति देउवा गत असार २९

  काठमाडौ / प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहको चुनाव एक वर्षभित्र गर्ने वताएका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौ  / पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौं । काठमाडौं उपत्यकामा आजराति १२ बजेदखि जोरबिजोर प्रणाली लागू हुने भनिए पनि केही क्षेत्रका सवारीसाधनमा जोरबिजोर प्रणाली लागू नहुने