१८ मंसिर २०७८, शनिबार

कोरोना अपडेटः आइतवार ५५७ जनामा संक्रमण, ३ को मृत्यु



 

आइतबार थप ५५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ७ हजार ६२५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख नौ हजार ५६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ६२५ जनाको परीक्षण भएको छ । हालसम्म ४३ लाख ६८ हजार ५१२ जनाको पीसीआर परीक्षण गरिएको छ।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा ८७७ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ८७ हजार ५०७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३४८ पुगेको छ।